मुख्य समाचार

उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा छ : मन्त्री भण्डारी

पाटन (ललितपुर), ११ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा रहेको बताएका छन्। ‘समृद्धिका लागि सम्पदा संरक्षण’ नाराका साथ ललितपुर रत्न तथा आभूषण सङ्घ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा आजदेखि सुरु भएको ‘पाटन हेरिटेज जेम एण्ड ज्वेलरी एक्स्पो–२०२४’ को उद्घाटन गर्दै मन्त्री भण्डारीले यति बेला नीतिगत सुधार जटिलतालाई समाधान गर्नेतर्फ सरकार लागिपरेको बताए। उनले सरकारी तवरबाट लगानीकर्तामैत्री र परियोजनामैत्री वातावरण बनाउने क्रमबद्ध कार्ययोजना तय भएको बताए। “आर्थिक मन्दीले सुनचाँदी… पुरा पढौ

आयोगद्वारा उपभोक्ताको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं, ११ असोज । राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । दसैँ, तिहार र छठ पर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य खाद्यान्न तथा अन्य वस्तुको बिक्री वितरणको अवस्था र उपलब्धता, सार्वजनिक यातायातको व्यवस्थापनलगायतका विषयमा आयोगले अनुगमन गरिरहेको उल्लेख गर्दै आयोगले सो आग्रह गरेको हो । “आम उपभोक्ताको अधिकार संरक्षणार्थ चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतलाई सहज, सुलभ, मर्यादित, सुरक्षित र मानव अधिकारमैत्री बनाउन जरुरी छ”, आयोगका… पुरा पढौ

विकासलाई गति दिन संविधान संशोधन आवश्यक-मन्त्री दाहाल

मोरङ, ११ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन्। विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकको विकास निर्माण दु्रत गतिले अगाडि बढाउनका लागि निर्वाचन प्रणालीका बाधा अड्चन हटाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पारे । उनले निर्वाचन प्रणाली सुधार गर्ने सन्दर्भमा महिला, विभिन्न जातजातिको प्रतिनिधित्व स्थानीय रुपमा निर्वाचित गरेर ल्याउने, समानुपातिक व्यवस्था व्यवस्थित गर्ने सम्बन्धमा दलहरुबीच छलफल भइरहेको जानकारी दिए । मन्त्री दाहालले संविधान संशोधनबाट जनताले पाइरहेको अधिकार कुनै हालतमा… पुरा पढौ

काभ्रेमा बजेट अभावमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम रोकियो

काभ्रेपलाञ्चोक, ११ असोज । परम्परागत रूपमा स्थानीय समुदायले खेती गर्दै आएको परम्परागत (रैथाने) बाली प्रवर्द्धन–संरक्षण अभियान बजेट अभावका कारण रोकिएको छ । उक्त कार्यक्रमलाई तीव्रता दिइएको काभ्रेमा बजेट अभावमा दुई वर्षदेखि रोकिएको हो । आर्थिक वर्ष २०७८/ ७९ सम्म बागमती प्रदेश सरकारले उक्त कार्यक्रमलाई बजेट विनियोजन गर्दा जिल्लास्थित कृषि कार्यालयमार्फत रैथाने बाली प्रवर्द्धन एवं संरक्षण प्राथमिकताका साथ गर्दै आएको थियो । रैथाने बाली मूल्य शृङ्खला प्रवर्द्धन कार्यक्रमअन्तर्गत अघिल्लो आवमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा ४० हेक्टर जमिनमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम सुरु… पुरा पढौ

पर्यटकलाई स्वागत गर्दै लुम्बिनीमा पर्यटन दिवस मनाइयो

लुम्बिनी, ११ असोज । विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले पर्यटकलाई खादा र नेपाली ढाकाटोपी लगाइ स्वागत गर्नुभएको हो । जापानी नागरिक युकु शान, भारतीय विद्या बाग्दी र सुनिल बाग्दीलाई स्वागत गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका पर्यटनमन्त्री न्यौपानेले लुम्बिनी देशकै गौरव भएकाले यसको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकार साथमा रहने बताउनुभयो… पुरा पढौ

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी

काठमाडाैं, ११ असाेज । सिटिजन्स बैंक इन्टरनेसनलको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन। बि.सं २०६४ सालमा बैंककाे स्थापनादेखि सिटिजन्स बैंकमा आबद्ध उनले बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका निभाउँदै आएका थिए।  तनँहुमा जन्मेका अधिकारीसँग २० वर्षको बैङ्किङ अनुभव रहेको छ। त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन्। उनले बैंकको सामान्य सेवा विभाग, मानव संसाधन विभाग, र कर्पोरेट कम्युनिकेसन विभाग समेतको जिम्मेवारी वहन गर्दै आएका… पुरा पढौ

सुनमा अर्को नयाँ रेकर्ड, तोलाको १ लाख ६१ हजार २ सय

काठमाडौं, ११ असोज । सुनको भाउ दिनदिनै बढिरहेको छ । अघिल्लो दिन बिहिबार ऐतिहासिक उच्च रेकर्ड बनाएको सुनमा आज फेरि अर्को नयाँ रेकर्ड बनेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । चाडबाडकै बेलामा नेपालमा सुनको भाउले भने उच्च रेकर्ड बनाउदै आएको छ । बिहिबार छापावाल सुन तोलाको रुपैयाँ १ लाख ६० हजार ७ सय कायम भएर ऐतिहासिक उच्च रेकर्ड बनाएको थियो आज फेरि बढेर अर्काे नयाँ रेकर्ड बनेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ बढेर अर्को… पुरा पढौ

शान्ति प्रक्रियासम्बन्धी बाँकी कार्य छिटाे पूरा गर्न नेपाल प्रतिबद्ध छः प्रधानमन्त्री ओली

न्युयोर्क, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्दै उनले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताए। सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिए। सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि… पुरा पढौ

कालीगण्डकी करिडोरकाे जोमसोम-कागबेनीसम्म १३ किलोमिटर सडक कालोपत्र

म्याग्दी, ११ असोज . राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटर सडक कालोपत्र भएको छ । जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्र्तगत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न रु. २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाइले कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बताए। कागबेनी देखि कोरलातर्फ दुई किलोमिटर र एक्लेभट्टी देखि कागबेनी… पुरा पढौ

आगामी ३ दिन बिभिन्न स्थानमा भारी वर्षा र बाढीको उच्च जोखिम

काठमाडौं, ११ असोज । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो । असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम… पुरा पढौ