समाचार

प्रेन्सालाई ‘सरूभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार-२०८३’ अर्पण

पोखरा, २१ कात्तिक। सरूभक्त केन्द्रद्वारा शनिबार पाेखरामा आयोजित एक विशेष समारोहका बीच बाल अधिकार अभियन्ता प्रेन्सा रेग्मीलाई ‘सरूभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८३’ अर्पण गरिएको छ। पोखरा उद्योग वाणिज्य सङ्घ, गैह्रापाटनस्थित अमृत कक्षमा शनिबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको हो। पुरस्कार राशी नगद ५० हजार र सम्मान पत्र रहेकाे छ । मेयर आचार्यले भन्नुभयाे, "बालबालिकाको रुचि र क्षमता अनुसार उनीहरूलाई अघि बढ्न दिनुपर्छ। अभिभावकले आफ्ना इच्छा लाद्ने होइन, बालबालिकाको भावना र प्रतिभालाई बुझेर प्रोत्साहन गर्नुपर्छ।"… पुरा पढौ

यस्ताे छ तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिने प्राधिकरणकाे तयारी

काठमाडौं, २१ कात्तिक। नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट हुने अनुमान गरेको छ । प्राधिकरणले तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को पर्याप्त उपलब्ध गराउने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले तिहारको लक्ष्मीपूजाको दिन आवश्यक पर्ने विद्युत् आन्तरिक उत्पादनबाटै पर्याप्त हुने बताउनुभएको छ । सो अवधिमा विद्युत् उत्पादन करिब दुई हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ । उहाँले आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्ति सहज बनाउन पर्याप्त… पुरा पढौ

भोटेकोशी बाढीः बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक

काठमाडौं, २१ कात्तिक। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भाटेकोशी बाढीमा परी बेपत्ता भएका भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले ३२ जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरण मात्र सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना रहेका छन् । त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपरासी पूर्व, उपदयुर, काभ्रेपलाञ्चोक, नवलपरासी… पुरा पढौ

कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

काठमाडौं, २१ कात्तिक। कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदैछ । सूर्योदयकालमा त्रयोदशी तिथि भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज शनिबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई… पुरा पढौ

पूर्वआईजीपी कार्कीकाे रिट सर्वोच्च अदालतमा दर्ता

काठमाडौं, २० कात्तिक। नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै पूर्वआईजीपी दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ। आईजीपी पदबाट हटाइएका कार्कीले बिहीबार पेस गरेको रिट सर्वोच्चमा औपचारिक रूपमा दर्ता भएको हो। रिट दर्ता भए पनि सुनुवाइका लागि भने पेसी तोकिन बाँकी रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ। मुख्य घटनाक्रम र विवादको पृष्ठभूमि विवरणघटना/निर्णयनिवेदकपूर्व आईजीपी दानबहादुर कार्कीविपक्षीमन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमागदाबीआईजीपी पदमा पुनर्बहाली र मन्त्रिपरिषद् निर्णय बदरमन्त्रिपरिषद् निर्णय मितिकात्तिक १८ गतेवर्तमान आईजीपीडा. मनोजकुमार केसी (बुधबारदेखि… पुरा पढौ

यसकारण रोकियो मध्य कालीगण्डकी जलविद्युत आयोजनाको निर्माण

म्याग्दी, २० कात्तिक। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ । गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा निर्माण उपकरणलगायत भौतिक संरचनामा क्षति पुर्याएपछि निर्माणकार्य रोकिएको हो । बाढीबाट आयोजनामा करिब रु १८ देखि रु २० करोडबराबरको क्षति भएको आयोजना प्रमुख अजितविक्रम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कालीगण्डकी बाढीले सुकेबगरमा निर्माणाधीन बाँधको डाइभर्सन भत्काएर निर्माणस्थलमा गेग्रान थुपारेको… पुरा पढौ

आज धनतेरस पर्व: सुन, चाँदी, तामा तथा धातुका नयाँ भाँडाकुँडा किनेर घरमा राखिँदै

काठमाडौं, २० कात्तिक। कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामाआदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गर्ने परम्परा छ । यसरी पूजा आरधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ । आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशीजस्ता नामलेसमेत चिनिन्छ ।… पुरा पढौ

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं, २० कात्तिक। हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर १० मिनेट जाँदा हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समय सानाठूला भूकम्प जाने क्रम जारी छ । पुरा पढौ

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कपिलवस्तु, २० कात्तिक। कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं १, ७ र ९ का जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो । नगरपालिकाका अनुसार वडा नं १ का ७३, वडा नं ७ का ४९ र वडा नं ९ का १३९ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि… पुरा पढौ

आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, २० कात्तिक। नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । महाशाखाका अनुसार… पुरा पढौ