समाचार

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण

काठमाडौं, १८ कार्तिक। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ। बुधवार, मिति २०८३ कार्तिक १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरूमा छलफल गर्नुका साथै उक्त सामग्री हस्तान्तरण गरेको हो। सो अवसरमा नाडाका अध्यक्ष उप्रेतीले संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन परिस्थितिहरूमा सम्बन्धित संघसंस्था तथा कार्यालयहरूलाई… पुरा पढौ

कार्यकाल १७ महिना बाँकी छँदै हटाइएका आईजीपी कार्कीद्वारा कानुनी परामर्श सुरु

काठमाडौं, १८ कार्तिक । कार्यावधि १७ महिना बाँकी छँदै प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध कानुनी उपचार खोज्न परामर्श थाल्नुभएको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेसँगै उहाँले कानुन व्यवसायीहरूसँग छलफल सुरु गर्नुभएको हो। सरकारले कार्कीको स्थानमा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको छ भने गृह मन्त्रालयले केसीलाई बुधबारै दर्ज्यानी चिह्न लगाइदिने तयारी गरेको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सरकारको आकस्मिक मन्त्रिपरिषद् बैठक… पुरा पढौ

एआईजी मनोज केसी प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त

काठमाडौं, १८ कार्तिक । सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा पदोन्नति गर्ने निर्णय गरेको हो। नवनियुक्त प्रहरी महानिरीक्षक केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ। लामो समयदेखि अपराध अनुसन्धानका क्षेत्रमा उत्कृष्ट छवि बनाएका केसीले विभिन्न चर्चित तथा जटिल मुद्दाहरूको सफल अनुसन्धानको नेतृत्व गरिसक्नुभएको छ। उहाँको कार्यकुशलता र व्यावसायिक निष्ठालाई ध्यानमा राख्दै सरकारले उहाँलाई प्रहरी संगठनको नेतृत्व सम्हाल्ने… पुरा पढौ

कोप-३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

काठमाडौं, १८ कात्तिक। नेपालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा कार्बन व्यापारलाई सहज, प्रभावकारी र लाभदायी बनाउन कार्बन क्रेडिटको अन्तरराष्ट्रिय बजार सुनिश्चितताको विषय पनि प्रखररुपमा उठाउने भएको छ । आगामी सोमबारदेखि टर्कीको अन्ताल्यामा हुने सम्मेलनका लागि नेपालले कार्बन क्रेडिटको बजार पहुँच, व्यापार सहजीकरण तथा यसबाट प्राप्त हुने लाभ सुनिश्चित गर्ने विषय समेटेर राष्ट्रिय स्थितिपत्र तयार गरेको हो । नेपालको स्थितिपत्रको ११औँ नम्बरको बुँदामा कार्बन बजारको एजेण्डालाई समावेश गरिएको छ । सन् २०१५ को नोभेम्बर ३० देखि डिसेम्बर १२… पुरा पढौ

‘रविजी, गिरोहलाई हटाएर सरकार आफैँ सम्हाल्ने अवस्था आयो’ : पूर्वडिआइजी रमेश खरेल

काठमाडौं, १८ कार्तिक। पूर्व नेपाल प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारको नेतृत्व आफैँ सम्हाल्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको शैलीप्रति कडा आपत्ति जनाउँदै खरेलले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिनुभएको हो। खरेलले दुई तिहाइको जनादेश र 'जेनजी' विद्रोहपछिको जनसमर्थनको दुरुपयोग भइरहेको आरोप लगाउनुभएको छ। बिचौलिया राखेर राज्यका शक्तिशाली संरचनाहरूलाई पंगु बनाउने खेल भइरहेको उल्लेख गर्दै उहाँले फागुन २१ को चुनावपछि बालेन सत्तामा आउँदा लोकतन्त्र बलियो हुने आशा गरिए… पुरा पढौ

पर्यटन प्रवर्द्धनका लागि ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने

काठमाडौं, १८ कात्तिक। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने भएको छ ।नेपाल पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलको निर्देशनमा पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्न लागेको हो । बोर्डले नेपालका मौलिक चाडपर्व, संस्कृति र परम्पराको डिजिटल प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । मन्त्री पौडेलको निर्देशन अनुसार यसअघि बडादसैँको अवसरमा स्थानीय तह, पर्यटन सम्बद्ध सङ्घसंस्थालगायतको सहकार्यमा देशभरका १०० स्थानमा ‘लिङ्गे पिङ’ हालिएको थियो । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटनलाई डिजिटल माध्यमबाट… पुरा पढौ

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

भोजपुर, १८ कात्तिक। मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटकको बसाइ सहज बनाउन आवश्यक घरबास (होमस्टे) तथा अन्य पूर्वाधार निर्माणमा वनसम्बन्धी कानुनी व्यवस्थाका कारण समस्या भएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । पदमार्गको अधिकांश क्षेत्र वनभित्र पर्ने भएकाले पर्यटकको खानपान तथा आवासका लागि आवश्यक संरचना निर्माणमा कठिनाइ भइरहेको उनीहरूको भनाइ छ । मङ्गलबार भोजपुरमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको ‘होमस्टे दर्ता शिविरसम्बन्धी समन्वयात्मक छलफल’ कार्यक्रमका सहभागी जनप्रतिनिधि तथा सरोकारवालाले पर्यटकीय क्षेत्रको विकासका लागि वनसम्बन्धी कानुनी व्यवस्थामा सहजीकरण गर्नुपर्नेमा जोड दिएका… पुरा पढौ

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

मनाङ, १८ कात्तिक। अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले अक्टोबरसम्म कुल ३० हजार ६६२ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका जानकारी दिनुभयो । उहाँका अनुसार १९ हजार १४० पुरुष, ११ हजार ५१२ महिला र अन्य १० पर्यटकले भ्रमण गरेका हुन् । आयोजनाका अनुसार, भारतीय पाँच हजार ४९, इजरायलका दुई हजार ७६८, जर्मनका एक हजार… पुरा पढौ

तिहारको साइत सार्वजनिक: कात्तिक २५ गते बिहान ११:०७ बजे भाइटीकाको उत्तम साइत

काठमाडौं, १७ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहारका विभिन्न पर्वहरूको निर्णय गर्दै भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११:०७ बजे रहेको छ। समितिले मध्याह्न कालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेहरूका लागि अभिजित् मुहूर्तको शुभ साइत निर्धारण गरिएको जनाएको छ। राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने भए पनि सर्वसाधारणका लागि मध्याह्न कालमा टीका लगाउन कुनै बाधा नरहेको समितिले स्पष्ट… पुरा पढौ

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्रिपरिषद् सामाजिक समितिका संयोजक डा. मिनेन्द्र प्रसाद रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र (मुद्दा) दायर गरेको छ। मुख्य विषयहरू: जग्गा सट्टापट्टामा अनियमितता: रिजाल क्यानिङ्ग एण्ड कम्पनी प्रा.लि.लाई फलफूल उद्योग सञ्चालनका लागि हदबन्दी छुटमा उपलब्ध गराइएको मोरङस्थित मूल्यवान सरकारी जग्गा सर्तविपरीत निजी प्रयोजनका लागि बिक्री तथा सट्टापट्टा गरी दुरुपयोग गरिएको पाइएको छ। ठूलो बिगो दाबी: प्रतिवादीहरूले आपसी मिलेमतोमा सरकारी जग्गा सट्टापत्ताको… पुरा पढौ