समाचार

आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, २० कात्तिक। नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । महाशाखाका अनुसार… पुरा पढौ

म्याक्स टाइगरकाे एउटा क्यानले दिलायो बाइक र स्कुटर, विजेताले बुझ्न थाले पुरस्कार

काठमाडौं, १९ कात्तिक । कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर ! सामान्य रूपमा किनिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानमा यस्तै भाग्यशाली बनेका विजेताको हातमा अब पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो । काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल हस्तान्तरण… पुरा पढौ

‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित

काठमाडौं, १९ कात्तिक। खानेपानी आयोजनाका योजना तथा डिजाइन, ढल व्यवस्थापन, फोहोरपानी प्रशोधन र सरसफाइ क्षेत्रका कानुनी व्यवस्थासहितका विषय समेटिएको ‘स्यानिटरी इन्जिनियरिङ’ नामक पुस्तक प्रकाशित भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठद्वारा लिखित उक्त पुस्तकमा खानेपानी, भूमिगत जल, फोहोरपानी व्यवस्थापन, सरसफाइ, वातावरण, जलप्रवाह, जलविज्ञान तथा खानेपानी, सरसफाइ र स्वच्छता (वास) क्षेत्रसँग सम्बन्धित ऐन, नियम तथा नीतिहरू समेटिएका छन् । नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रमा नेपाली परिवेशअनुकूल प्राविधिक सन्दर्भ सामग्रीको अभावलाई सम्बोधन गर्ने उद्देश्यले पुस्तक प्रकाशन… पुरा पढौ

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैनः सभापति थापा

ललितपुर, १९ कात्तिक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफू वा पार्टीका तर्फबाट कुनै आर्थिक लेनदेन तथा अनुचित काम नभएको स्पष्ट पार्नुभएको छ । सभापति थापाले आज सामाजिक सञ्जालमा श्रव्य सामग्री सम्प्रेषण गर्दै इनम सापकोटासँग जोडिएको भन्दै सार्वजनिक भएको अडियोको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनुभएको हो । पार्टीको आधिकारिकतासम्बन्धी विषयमा पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उहाँले उक्त प्रकरणलाई बदनियतपूर्ण हल्लाको संज्ञा दिनुभयो । सभापति थापाले पार्टी र… पुरा पढौ

आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च पुगे पूर्वआईजीपी कार्की

काठमाडौं, १९ कात्तिक । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध न्यायिक उपचारका लागि सर्वोच्च अदालत पुगेका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने र उनको ठाउँमा डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णय गैरकानुनी र स्वेच्छाचारी रहेको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्। कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरका अनुसार सरकारको निर्णय बदर गरी आईजीपी पदमै पुनर्वहालीको माग गर्दै रिट पेस… पुरा पढौ

पोखरामा ‘सातौं स्वन्ति नखः महोत्सव’ कात्तिक २१ गते हुने

पोखरा, १९ कात्तिक । संस्कार, संस्कृति संरक्षण, संवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यका साथ पोखरामा ‘सातौं स्वन्ति नखः महोत्सव–२०८३’ आयोजना हुने भएको छ। नेवाः मिसा पुचः कास्कीको आह्वान तथा पोखरा महानगरपालिका वडा नं. ९ को विशेष सहयोगमा यो महोत्सव हुन लागेको बिहिबार बिहान पाेखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएकाे हाे । तिहार, छठ पर्व–२०८३ तथा नेपाल संवत ११४७ को अवसर पारेर नेवाः मिसा पुचः चिप्लेढुङ्गाको मुख्य संयोजकत्वमा यो महोत्सव गर्न लागिएको हाे। कार्यक्रम आगामी २०८३ साल कात्तिक २१ गते, शनिबार मानव… पुरा पढौ

रेल सेवा व्यवस्थित गर्न जनसरोकार अभियानकाे माग

जनकपुर, १९ कात्तिक। जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ । अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै रेल सेवालाई थप व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउन आग्रह गरेको हो । अभियानले रेल यात्रुको सहज आवागमन, रेल्वे प्लेटफर्मको नियमित सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय तथा खानेपानीको उचित प्रबन्ध गर्न माग गरेको छ । रेल्वे स्टेसनमा रहेका भौतिक संरचनाको मर्मतसम्भार, विद्युतीय उपकरणको नियमित… पुरा पढौ

आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

काठमाडौं, १९ कात्तिक। नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । आज राति कोशी,… पुरा पढौ

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुससम्म थप

काठमाडौं, १९ कात्तिक। सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा त्यसअघिका सबै आर्थिक वर्षको कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुनेछ । कार्यालयका रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले कम्पनी सञ्चालकलाई समयमै विवरण अद्यावधिक गरी जरिवाना मिनाहाको सुविधाबाट… पुरा पढौ

सरकारले ‘भय र भ्रमको शासन’ बन्द गरोस्, सबै घटनाको निष्पक्ष छानबिन होस्: नेपाली कांग्रेस

काठमाडौं, १८ कार्तिक । नेपाली कांग्रेसले सरकार निरङ्कुश र स्वेच्छाचारी बन्दै गएको आरोप लगाउँदै ‘भय र भ्रमको शासन’ तत्काल बन्द गर्न माग गरेको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलद्वारा जारी वक्तव्यमा पार्टीको वैधानिकता र नेतृत्वविरुद्ध रचिएका आधारहीन आरोप, कृत्रिम भाष्य (Manufactured Narrative) र षड्यन्त्रहरूलाई पूर्ण रूपमा खारेज गरिएको छ। वक्तव्यमा उठाइएका मुख्य विषयहरू : १. पार्टीको वैधानिकता र १५औँ महाधिवेशन नेपाली कांग्रेसका अनुसार २०८२ पौषमा सम्पन्न विशेष केन्द्रीय महाधिवेशन निर्वाचन आयोगबाट अद्यावधिक भई सर्वोच्च अदालतबाट समेत वैधानिक ठहर भइसकेको छ। सोही… पुरा पढौ