समाचार

अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

काठमाडौं, २३ कात्तिक। नेपाली विद्यार्थीले पाँचौँ अन्तरराष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स– कनिष्ठतर्फ स्वर्ण पदक जितेका छन् । थाइल्यान्डको उबोन रात्चाथानीमा यही कात्तिक १५ देखि आज (नोभेम्बर १ देखि ८) सम्म आयोजित पाँचौँ अन्तरराष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स– कनिष्ठ (आइओएए–जेआर २०२६) मा नेपाली विद्यार्थी टोलीले सबैभन्दा ठूलो र अभूतपूर्व सफलता हासिल गरेको हो । विश्वभरका प्रतिभावान युवा मस्तिष्कमाझ भएको यस प्रतिस्पर्धामा नेपालले खगोल विज्ञान विधामा एक स्वर्ण, एक कास्य र एक सम्मानजनक उल्लेख (अनरेबल मेन्सन) उपाधि जित्न सफल भएको… पुरा पढौ

आजदेखि कोप-३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

काठमाडौं, २३ कात्तिक। गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनासकारी बाढीले निम्त्याएको क्षतिले नेपाललाई गहिरो पीडा दिएको छ । पीडा भुल्न अझै लामो समय लाग्ला । बाढीमा परी एक हजार ४५० भन्दा बढीको ज्यान गएको र पाँच हजारभन्दा बढी मानिस बेपत्ता भएको विवरणले विपद्को भयावह तस्बिर झल्काउँछ । यसबाट नेपालले अर्बौँको भौतिक क्षति व्यहोर्नुपरेको छ । यो चोट सेलाउन नपाउँदै गत असोज २५ गते गोरखाको बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले अर्को पीडा थप्यो । गत वर्ष पनि हिमताल फुटेर… पुरा पढौ

तिहारको चौथो दिन गाईपूजा गरिँदै

काठमाडौं, २३ कात्तिक। तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ । धार्मिक परम्पराअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ । नेपालका केही स्थान… पुरा पढौ

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

नारायणगढ (चितवन), २३ कात्तिक। चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार बिहान करिब ५:०० बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो । प्रहरी र सडक डिभिजन कार्यालयको पहलमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उहाँले बताउनुभयो । पहिरो हटाएर सडक खुलाउन एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । पुरा पढौ

तिहारको सांस्कृतिक महत्व उजागर हुन नसकेको संस्कृतिविद्हरुको भनाइ

काठमाडौं, २२ कात्तिक । सबै पशुलाई सम्मान गर्ने तिहारको सांस्कृतिक महत्व अझै पनि सही रुपमा जनसमक्ष उजागर हुन नसकेकाले यसको अध्ययन गरी प्रचारप्रसार गर्न संस्कृतिविद्हरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् । नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यम पञ्चकका अवसरमा धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले आयोजना गरेको तिहार र देउसी, भैलोको सांस्कृतिक महत्व विषयक अन्तरक्रिया कार्यक्रममा गुठी संस्थानका अध्यक्ष एवं संस्कृतिविद् डा गोविन्द टण्डनले काग, कुकुर, गाई, गोरु, हलि, बलि राजा, यमराज, यमुना, दाजुभाइ, दिदीबहिनीको पूजा हुने… पुरा पढौ

गोल्याण फाउन्डेसनकाे ‘एक दिनको माला होइन, हरेक दिनको माया’-कुकुर संरक्षण अभियान सुरु

काठमाडाैं, २२ कात्तिक । वर्षमा एक दिन मात्र कुकुरको गलामा सयपत्रीको माला पहिराएर पूजा गर्ने परम्परालाई वर्षैभरि माया र जिम्मेवारीमा बदल्ने प्रयास स्वरूप गोल्याण फाउन्डेसनले एउटा विशेष सामाजिक पहल सुरु गरेको छ। काठमाडौँ महानगरपालिका–१० स्थित छक्कुबक्कु टोल, नयाँबानेश्वर बाट औपचारिक सुरुवात गरिएको यस अभियानको मूल नारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ राखिएको छ। अभियानका मुख्य आकर्षण र योजनाहरू यो अभियान काठमाडौँ महानगरपालिका र वडा नं. १० कार्यालयको समन्वयमा ३ महिनाको पाइलट प्रोजेक्टका रूपमा अघि बढाइएको छ: दैनिक पोषिलो… पुरा पढौ

कुकुर तिहार र लक्ष्मीपूजा आज एकैदिन मनाइदै

काठमाडौं, २२ कात्तिक। तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइँदैछ भने बेलुकी माता लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइन्छ। १. कुकुर तिहार र नरक स्नान वैदिक सनातन संस्कृतिमा कुकुरलाई यमराजको दूत तथा मानव सुरक्षाको अत्यन्त बफादार सहयोगी मानिन्छ। परम्परागत धार्मिक मान्यतासँग जोडिएको यो पर्व आधुनिक युगमा आइपुग्दा सुरक्षा र अपराध अनुसन्धानका क्षेत्रमा समेत कुकुरको महत्वपूर्ण योगदानलाई स्मरण गर्दै मनाउने… पुरा पढौ

यस्ताे छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

काठमाडौं, २२ कात्तिक। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । आज राति देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।… पुरा पढौ

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्याे

म्याग्दी, २२ कात्तिक। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दसैँ, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा चहलपहल बढेको हो । मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले दसँैपछि दैनिक २०० जनाको हाराहारीमा नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आधार शिविरको भ्रमणमा गइरहेका जानकारी दिनुभयो । “गत असोजको मनसुनजन्य विपद्बाट क्षति नपुगेको र सुरक्षित भएकाले बिदा… पुरा पढौ

कार्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार

काठमाडौं, २२ कात्तिक। नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको… पुरा पढौ