समाचार

अक्सिजन सिलिण्डर लिन वाइडबडी जहाज आइतबार बेइजिङ उड्दै

काठमाडौं, २५ वैशाख । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ । वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज आइतबार बिहान ११ः३० बजे बेइजिङ… पुरा पढौ

कोरोनाविरुद्वको खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई उपप्रधानमन्त्रीको आग्रह

काठमाडौं, २४ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधा अन्तर्गत पाउने कोभिड–१९ विरुद्वको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तरगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरे ।‘भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले कोभ्याक्स अन्तरगत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्रसंघको सहजीकरणको अपेक्षा गरेको छ,’ उपप्रधानमन्त्री… पुरा पढौ

नेकपा (एमाले) जोगाउन गण्डकीका ११ अध्यक्षको अनुरोध

पोखरा, २४ वैशाख । नेकपा (एमाले) पार्टी जोगाउनुपर्ने भन्दै गण्डकी प्रदेशका ११ जिल्लाका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरेका छन् । उनीहरुले नेकपा एमाले पार्टी जीवन्त गतिशील पार्टी हो भन्दै पार्टीभित्र विगत वर्षहरुदेखि आन्तरिक अन्तरविरोध देखा परिरहेको र यो अन्तरसंघर्षले पार्टीलाई क्षति पुर्याईरहेको महसुस गरेको बताएका छन् । ‘कम्युनिष्टको इतिहास, आदर्श, मूल्यमान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेतालाई एकताबद्ध भइ नेकपा एमाले पार्टीलाई जोगाउन अनुरोध गर्दछौं, विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति जारी गर्नेमा कास्कीका कृष्णबहादुर थापा, स्याङ्जाका सूर्यप्रसाद शर्मा… पुरा पढौ

पोखराका सफल व्यवसायी कृष्णमान गुभाजु रहेनन्

पोखरा, २४ वैशाख । पोखराका सफल व्यवसायी कृष्णमान गुभाजुको ६२ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमणका कारण उनको ज्यान गएको हो । पोखराबाट हेलिकोप्टरमार्फत थप उपचारार्थ काठमाडौं लगिएकोमा उनको भक्तपुर इन्टरनेसनल हस्पिटलमा गएराति निधन भएको हो । उनलाई वैशाख १५ मा कोरोना पोजेटिभ देखिएको थियो । काठमाडौंका कुनै हस्पिटलमा पनि बेड नपाएपछि भक्तपुर इन्टरनेशनल हस्पिटल लगिएको परिवारजनले जनाएका छन । भक्तपुर इन्टरनेशनल हस्पिटलकाे लापर्बाही र अक्सिजन अभावमा उनको ज्यान गएको बताइएको छ । पोखराको मोहोरिया निवासी कृष्णमानले कृष… पुरा पढौ

संविधानको दिगो सम्बर्धनका लागि उम्मेदवारी : गृहमन्त्री थापा

मकवानपुर, २४ वैशाख । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले संविधानको दिगो सम्बर्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशन बमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताएका छन् । आफ्नो उम्मेदवारी दर्ता गराएर काठमाडौं फर्कने क्रममा आज स्थानीय सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त कुराकानीमा उनले नेकपा (एमाले) को सङ्गठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ताहरुले नेतामुखी नभई जनतामुखी हुनुपर्ने धारणा व्यक्त गरे । गृहमन्त्री थापाले सङ्घीय सरकारले जनताको शान्तिसुरक्षाका लागि सातै प्रदेशमा उच्च सतर्कताको साथ सुरक्षा निकायलाई परिचालन गरिरहेको… पुरा पढौ

गृहमन्त्री थापा र डा देवकोटाद्वारा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता

मकवानपुर, २४ वैशाख । नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । उनको उम्मेदवारीकाे प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहेका छन । गृहमन्त्री थापा आज आफ्नो मनोनयनपत्र दर्ता गर्न हेलिकोप्टरबाट हेटौंडा पुगेका हुन । सो पदमा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र)लगायत दलकाे समर्थनमा डा खिमलाल देवकोटाले पनि उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौंडाले… पुरा पढौ

मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते

पर्वत, २४ वैशाख । कुश्मा नगरपालिका–१० पीपलटारीमा मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् । वडा १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन्। घाइतेमध्ये १६ वर्षीय अमन परियार र ५७ वर्षीय माने परियारलाई गम्भीर चोट लागेको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका बिरामीलाई थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए। घाइते हुनेमा… पुरा पढौ

काठमाडाैं उपत्यकाका ठूला अस्पतालमा विभागको अनुगमन

काठमाडौं, २४ वैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गरेको छ । विभागले बिहीबार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका सात ठूला अस्पतालकोे अनुगमन गरेको हो । उपलब्ध सेवा, शुल्कसमेतका बारेमा केन्द्रित भई अस्पतालको अनुगमन गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । उनका अनुसार बिहीबार मीनभवनमा रहेको सिभिल अस्पताल, चावहिलमा रहेको ओम अस्पताल र मेडिकेयर, सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी), सुकेधारामा रहेको ह्याम्स, टोखामा… पुरा पढौ

समाजको विकासमा पोखरेलको महत्वपूर्ण योगदान’

काठमाडौं, २४ वैशाख । वाचन शिरोमणि पण्डित नारायण पोखरेलले छुवाछूत र जातीय विवेकका विरुद्धमा गरेको योगदानको स्मरण गरिएको छ । पोखरेलको १६औँ स्मृति दिवसका अवसरमा नारायण पोखरेल प्रतिष्ठानले आज वेभिनारबाट आयोजना गरेको ‘श्रद्धाञ्जलिसभा’ का वक्ताले आध्यात्मिक चिन्तनका माध्यमबाट समाज विकासमा पोखरेलले खेलेको भूमिकाको स्मरण गरे । कार्यक्रममा प्रतिष्ठानका संरक्षण अध्यक्ष एवम् वाचनप्रवीण दीनबन्धु पोखरेलले अध्यात्म क्षेत्रबाट पण्डित पोखरेलले मुलुकको विकासका लागि ठूलो भूमिका खेलेको बताए । भौतिकवाद र आध्यात्मिकवादको संयोजनबाट देशलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । विसं २०११ जेठ… पुरा पढौ

दुई अस्पतालमा पाँच सङ्क्रमितको मृत्यु

चितवन, २४ वैशाख  । चितवनमा रहेका दुई मेडिकल कलेजमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका रहेका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ की ६९ वर्षीया वृद्धा रहेकी छन् । उनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । निमोनियाको समस्या भई यही वैशाख १९ गते अस्पताल आएकी उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः५७ बजे मृत्यु… पुरा पढौ