समाचार

स्पुतनिक भी उपलब्ध गराउन रूसी महासंघ सकारात्मक

काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसी महासंघका राजदुत अलेक्सेइ नोभिकोभले भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रूसबाट खरीद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदुत नोभिकोभलाई आग्रह गरे । राजदुत नेभिकोभसहितका प्रतिनिधिले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका । भेटमा दुईपक्षीय सम्बन्धका अन्य आयामका साथै दुई देशबीचको सम्बन्ध प्रगाढ… पुरा पढौ

हवाई यात्रुलाई हरियो नम्बर प्लेटको ट्याक्सी

काठमाडौं, १६ वैशाख । निषेधाज्ञा अवधिमा त्रिभुवन विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने भएका छन् । विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुले विमानस्थलसम्म आवतजावत गर्न हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने जनाइएको हो । यस्तो सुविधा विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटका एयरर्पोट प्रिपेड ट्याक्सीको हकमा मात्र लागू हुने जनाइएको छ । हवाई यात्रुले वैधानिक हवाई टिकट, पासपोर्ट, भिसा देखाएकाे आधारमा विमानस्थलमा आवतजावत गर्न सक्नेछन् ।… पुरा पढौ

निषेधाज्ञा जारी भएका जिल्लामा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा र आवागमनमा रोक

काठमाडौं, १६ वैशाख । गृह मन्त्रालयले सरकारी आदेश (निषेधको आदेश)को पूर्ण पालना गर्न सर्र्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै आदेश अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सबैमा अनुरोध गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासका अतिरिक्त सबै सरोकार पक्षको सहयोग एवं सहकार्य जरुरी रहेको उल्लेख गरेको छ । गृह… पुरा पढौ

पार्टीप्रति प्रतिबद्ध रहेको जनमोर्चाका सांसद शाहीको प्रस्टोक्ती, अस्पतालको बेडबाटै आयो विज्ञप्ति

पोखरा, १६ वैशाख । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि बुधबार सदनमा मतदान गर्ने कार्यसूचीकै दिन बिरामी भएको भन्दै सदन चलेका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफू पार्टीप्रति प्रतिवद्ध रहेको प्रष्ट गरेका छन् । पोखराको चरक मेमोरियल अस्पतालको कोभिड बार्डमा बुधबारदेखि उपचाररत् सांसद शाहीले भोलिपल्ट बिहीबारमात्र विज्ञप्ति जारी गरी आफ्नो पार्टी राष्ट्रिय जनमोर्चा नेपालको निर्णयप्रति प्रतिबद्ध रहेको र अविश्वासको प्रस्तावको पक्षमै मतदान गर्ने प्रष्ट पारेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक… पुरा पढौ

प्रदेशसभा सदस्य शाही प्रकरणबारे सत्यतथ्य बुझिने

गण्डकी, १६ वैशाख । राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सम्बन्धमा छलफल भई निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेका अवस्थामा शाही प्रदेशसभामा अनुपस्थित भई अस्पतालमा भेटिएका थिए । जनमोर्चाले अविश्वासका प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको थियो । प्रदेशसभा सदस्य शाहीका सम्बन्धमा सत्यतथ्य बुझ्न पार्टीका तर्फबाट महासचिव मनोज भट्ट पोखरामा रहेकाे प्रवक्ता दुर्गा पौडेलबाट थाहा भएकाे छ । यसैबीच आजै पार्टीले वक्तव्य जारी गर्दै गण्डकी प्रदेशका आफ्ना… पुरा पढौ

सांसद शाहीलाई तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

पोखरा, १६ वैशाख । नेपाली कांग्रेस कास्कीले गण्डकी प्रदेश सभामा सरकार विरुद्धको अविश्वासको प्रस्तावमा कार्य व्यवस्था परामर्श समितिले तय गरेको कार्यसूचि अन्र्तगत मतदानको तयारी भैरहेको अवस्थामा सांसदलाई वदनियतपूर्वक रहस्यमय तरिकाले अनुपस्थित गराईएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सभापति कृष्ण बहादुर केसीले आज एक विज्ञप्ति प्रकाशित गरी सांसदलाई वदनियतपूर्वक अनुपस्थित गराईएको घटनामा सरकार स्वयं संलग्न रहनु असंवैधानिक र अप्रजातान्त्रिक क्रियाकलाप भएको बताएका छन् । साथै उनले तत्काल शाहीको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । सभापति केसीले अविश्वासको प्रस्ताव… पुरा पढौ

काठमाडौं, भक्तपुर र ललितपुरका पेट्रोलपम्प खुलै रहने : निगम

काठमाडौंं, १६ वैशाख । निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौं उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन् । निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोलपम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय खुला रहेको पनि निमगका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजदेखि लागू हुने… पुरा पढौ

महामारीविरुद्धको खोपमा पहुँच, वित्तीय सहायता र ऋणमोचन महत्वपूर्ण हुने

काठमाडौं, १६ वैशाख । नेपालले कोभिड–१९ महामारीको अहिलेको अवस्थामा अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका विकासोन्मुख राज्यहरूका निम्ति अन्तर्राष्ट्रिय सहयोग अरिहार्य भएको उल्लेख गर्दै महामारीविरुद्धको खोपमा पहुँच, वित्तीय सहायता र ऋणमोचन महत्वपूर्ण हुनेमा जोड दिएको छ । बैङ्ककमा जारी एशिया प्रशान्तका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक सामाजिक आयोग (युएनइस्क्याप)को ७७औँ बैठकका सन्दर्भमा आयोजित अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका राज्यहरूको बैठकलाई अप्रत्यक्षरूपमा सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले अन्तर्राष्ट्रिय सहायताबाट जोखिममा रहेको ती राष्ट्रको अर्थतन्त्र उठाउन… पुरा पढौ

दक्षिण कोरियामा प्रवासीको सङ्ख्या पाँच वर्षयताकै कम

सउल, वैशाख १६ । दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । मङ्गलबार प्रकाशित एक सरकारी तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको सङ्ख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका कारण प्रवासीको सङ्ख्या कम भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । गत मार्चको गणनाअनुसार कोरियामा प्रवासीको सङ्ख्या १९ लाख ९९ हजार रहेको छ । गत वर्ष कोरियामा प्रवासीको कुल सङ्ख्या २२ लाख थियो । उक्त सङ्ख्यालाई आधार मानेर हेर्दा यो… पुरा पढौ

ओखलढुङ्गामा पाइप बम फेला, नेपाली सेनाद्वारा डिस्पोज

ओखलढुङ्गा, १६ वैशाख । ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । बम भेटिएको खबर आएपछि प्रहरी चौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्लास्टिकले बेरेको अवस्थामा पाइप बम एक थान र अन्य दुई थान शङ्कास्पद वस्तु पहिचान गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले… पुरा पढौ