काठमाडौं, १४ चैत । बौद्ध साहित्यमा महत्वपूर्ण धार्मिक दस्तावेजका रुपमा मानिएको अष्टसहस्रिका प्रज्ञा पारमिता नेपाली भाषामा बजारमा आएको छ । बुद्ध वचन अनुवाद समिति नेपालद्वारा प्रकाशित सो कृति भोट भाषाबाट नेपालीमा अनुवाद गरिएको छ । यसमा वैदिक दर्शन र बौद्ध दर्शनबीचको निकट सम्बन्धलाई देखाइएको छ । साहित्यमा आत्म, अनात्मा र शून्यता विषयको दार्शनिक पक्षलाई समेटिएको छ । विभिन्न गुम्बाका प्रमुख लामा, धर्मगुरु, सङ्घसंथाका प्रतिनिधिलगायतको उपस्थितिमा बौद्धस्थित होटल हार्मिकामा आज आयोजित कार्यक्रममा विमोचन गरिएको कृतिमा शाक्यमुनि बुद्धले दिएको ज्ञानलाई बोध गरी…
पुरा पढौ