समाचार

दशैं मनाएर काठमाडौँ फर्किने यात्रुले चहलपहल बढ्यो

काठमाडौँ, ९ कात्तिक । दशैं मनाउन घर तथा आफन्तका गएकाहरु काठमाडौँ फर्कने क्रम बढेको छ । दशैंको टीका, जमरा र पारिवारिक सकेर गाउँघर गएका सर्वसाधारण बिदा सकिएसँगै राजधानी फर्किन थालेपछि काठमाडौँका सडक, सार्वजनिक यातायात र बसपार्कमा यात्रुको चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रोजगारी, अध्ययन र व्यवसायका लागि काठमाडौँमा बसोबास गर्दै आएका नागरिक चाडपर्वको बिदा सकिएपछि आफ्नो नियमित काममा फर्किन थालेका हुन् । लामो बिदापछि सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र विभिन्न व्यवसाय पुनः सञ्चालन… पुरा पढौ

क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँ, ८ कार्तिक । क्रिकेटको रोमाञ्च मैदानभित्र मात्रै सीमित हुँदैन । हरेक चौका–छक्कामा गुञ्जिने हुटिङ, मनपर्ने टिमको जितमा मनाइने खुसी र साथीभाइसँग बसेर खेल हेर्नुको उत्साह आफैँमा बेग्लै हुन्छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा यही माहोल अब देशका विभिन्न सहरमा पनि देखिने भएको छ । एक्सट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटप्रेमीलाई आफ्नै सहरमा एनपीएलको रोमाञ्च अनुभव गराउने उद्देश्यले देशभरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको हो । कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने एनपीएलका खेल यी… पुरा पढौ

सप्तकोशीमा मोटर बोट दुर्घटना, ३ को मृत्यु, ५ जना बेपत्ता

काठमाडौं, ८ कात्तिक। धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा मोटर बोट दुर्घटनामा परेको हो । सो घटनामा तीन जना बेपत्ता भएका छन् । उक्त मोटर बोटमा १६ जना सवार रहेको अनुमान गरिएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनीबाट पाँच गोताखोरसहित नौ, सुरक्षा वेश रामपुरबाट छ र विपद् व्यवस्थापन वेश चतराबाट नौ जनाको टोली खटिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी… पुरा पढौ

बैतडीमा ४ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बैतडीसहित सुदुर पहाडमा भूकम्पको धक्का महसुस गरिएको थियो । पुरा पढौ

पोलियो अन्त्यको सन्देश सहित उपत्यकाका ७ सम्पदा स्थलमा ५ सय साइकल यात्री

काठमाडौं, ८ कात्तिक । विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको पोलियोप्लस उपसमितिले पोलियो रोगविरुद्ध जनचेतना बढाउने उद्देश्यले मेगा साइकल र्‍याली आयोजना गरेको हो । ‘इन्ड पोलियो नाउ’ अर्थात् ‘पोलियो अन्त्य गरौँ’ भन्ने नारासहित भएको र्‍यालीमा विभिन्न रोटरी क्लबका सदस्य, साइकल यात्री तथा अन्य सहभागीहरू जोडिएका थिए । भक्तपुर दरबार स्क्वायरबाट बिहान सुरु भएको र्‍याली चाँगुनारायण, बौद्ध, पशुपतिनाथ, स्वयम्भू… पुरा पढौ

एकै दिन ४७० सवारीसाधन कारबाहीमा

काठमाडौं, ८ कात्तिक। काठमाडौं उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७० सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रातो बत्तीमा सवारीसाधन चलाउने ३७ चालकलाई कारबाही गरिएको जानकारी दिनुभयो । यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने ११५, हर्न बजाएर सवारीसाधन चलाउने नौ, लेन अनुशासन पालन नगर्ने दुई, ‘वान… पुरा पढौ

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन- ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी, ८ कात्तिक। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका कारण घर छाड्नुपर्यो । केही दिन शिखको अस्थायी आश्रयस्थलमा बिताउनुभयो । अहिले उहाँ दिदी सुनमाया तिलिजाले उपलब्ध गराएको खाली घरमा बस्न थाल्नुभएको छ । सुनमायाको परिवार बसाइँ सरेपछि घर खाली थियो । विपद्ले घरबारविहीन बनेकी भूमदेवीको परिवारका लागि त्यही घर अहिले आश्रय बनेको छ । “करिब १५–२० दिन शिखको आश्रयस्थलमा बसेपछि घरसल्लाह गरेर दिदीको खाली घरमा बस्ने निर्णय लिएका हौँ,” भूमदेवीले भन्नुभयो, “सरकारले पनि कति आश्रयस्थलमा राख्न सक्ला… पुरा पढौ

सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर, ८ कात्तिक। त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शनिबार बेलुकी त्रियुगा –११ को सङ्गम टोलस्थित इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारार्थ जिल्ला अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो । दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा–११, ढिम्की निवासी दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले… पुरा पढौ

बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौं, ८ कात्तिक। नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर आजदेखि समापन गरिँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु… पुरा पढौ

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

ललितपुर, ८ कात्तिक । पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ । हरेक वर्ष दशैँको फूलपातीको दिन मानमानेश्वरी भवानीलाई आगमघरबाट मूलचोकमा विराजमान गराएपछि सुरु भएको यस जात्रा शनिबार त्रयोदशीका दिन धार्मिक विधि र परम्पराका साथ सम्पन्न भएको मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले जानकारी दिनुभयो । “गौरवशाली इतिहास, मौलिक संस्कृति र जीवन्त परम्पराको प्रतीक मानमानेश्वरी भवानीको पायो जात्रा एक महत्वपूर्ण संस्कृति हो, आस्था, श्रद्धा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक विरासतको अनुपम उत्सव हरेक वर्ष हर्षोउल्लासका साथ… पुरा पढौ