पर्वत, ४ कार्तिक । पर्वतको फलेबास नगरपालिका–७, लिमिठाना। कुनै समय दशैँ आउनासाथ यो गाउँको मुहारै फेरिन्थ्यो। घरघरमा लिपपोत, आँगनमा सरसफाइ, पिङको जोस, आफन्तको भिडभाड र गाउँभरि गुञजिने बाललहरीले लिमिठानाको वातावरण पूर्ण रूपमा उल्लासमय बन्थ्यो। रोजगारी, अध्ययन र विभिन्न सिलसिलामा बाहिरिएकाहरू पनि दशैँ मनाउन गाउँ फर्कन्थे, जसले टोलहरू भरिभराउ हुन्थे। तर, समयको फेरबदलसँगै तस्बिर बदलिएको छ। पहिले जस्तो दशैँको चहलपहल हुनुपर्ने लिमिठानाका बस्तीहरूमा अहिले गहिरो सुनसानपन छाएको छ। कतिपय घरमा ताला झुन्डिएका छन् भने कतिपय घरमा वृद्धवृद्धा मात्रै बाँकी छन्। युवा…
पुरा पढौ