समाचार

मध्यपहाडी राजमार्गको कालोपत्र गर्ने काम अनिश्चित

पाँचथर, २६ असोज। पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्रको काम अझै अनिश्चित रहेको छ । पाँचथरमा पर्ने उक्त मार्ग निर्माण कम्पनीको लापर्वाहीका कारण अलपत्र परेको हो । ठेक्का लागेको छ वर्ष बित्न लाग्दासमेत निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन । तीन चरणमध्ये एउटाको ठेक्का रद्द गरिएको छ । मध्यपहाडी राजमार्गको उद्गमस्थल नेपाल–भारत (सिक्किम) सीमा याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङदेखि याङवरक गाउँपालिका–४ दारिम्बासम्मको झन्डै ५१ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । विसं २०७७ माघ १९ तीन चरणमा कालोपत्रे गर्ने… पुरा पढौ

दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं, २६ असोज । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा… पुरा पढौ

बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं, २५ असोज। गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच जना सम्पर्कविहीन भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतस्थित उङ्लिुङका दुई महिला र तीन पुरुष परिवारको सम्पर्कविहीन भएका छन् । प्रभावित क्षेत्रबाट नेपाली सेनाको चार वटा हेलिकप्टर परिचालन गरी हालसम्म नौ विदेशीसहित ८२ जनाको उद्धार गरिएको प्राधिरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । बाढीबाट दुई वटा पक्की र दुई वटा झोलुङ्गे पुल, तीन वटा जलविद्युत् आयोजना, चार वटा हवन कुण्ड, ४५ घरमा… पुरा पढौ

पोखराको जौबारीमा नवनिर्मित प्रहरी बिट भवन हस्तान्तरण

पोखरा, २५ असाेज। वडा प्रहरी कार्यालय बगरअन्तर्गत पोखरा-१, सिमपानीस्थित जौबारीमा नवनिर्मित प्रहरी बिटको पक्की भवन समुद्घाटन तथा हस्तान्तरण गरिएको छ। घटस्थापनाको अवसरमा असोज २५ गते आयोजित विशेष समारोहका बीच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक नवीन कार्कीको प्रमुख आतिथ्यतामा भवन हस्तान्तरण सम्पन्न भएको हो। Gen-Z प्रदर्शनका क्रममा तत्कालीन संरचनामा क्षति पुगेको र सडक विस्तारका क्रममा स्थानान्तरण गर्नुपर्ने आवश्यकता अनुसार स्थानीय समुदायको सक्रियतामा यो पक्की भवन निर्माण गरिएको हो। गत माघ २३ गते शिलान्यास भई सुरु भएको निर्माण कार्य सम्पन्न… पुरा पढौ

बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा ठूलो क्षति

काठमाडौं, २५ असाे। बुढीगण्डकी नदीमा आएको भीषण बाढीले निर्माणधीन चारवटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढीका कारण आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, बेलिब्रिज, पहुँच सडक तथा मुख्य पुलहरू बगाउँदा निर्माण कार्य प्रभावित बनेको प्रारम्भिक विवरणले देखाएको छ। बाढीबाट सबैभन्दा बढी प्रभावित ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना भएको छ। टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको उक्त आयोजनाको मुख्य क्याम्प क्षेत्र र त्यहाँ राखिएका केही निर्माण उपकरणहरू बाढीले बगाएको छ। त्यस्तै, दोभान खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धन भइरहेको २४.५ मेगावाटको दोभान खोला जलविद्युत्… पुरा पढौ

पोखराको लेकसाइडमा खुल्याे मिरक्याट पार्क

पोखरा, २५ असोज ।पर्यटकीय राजधानी पोखराको लेकसाइडमा खाना, खेल, संगीत र समुदाय जोड्ने नयाँ थलाको शुरुवात भएको छ । पर्यटन राजधानी पोखरा लेकसाइडको स्ट्रिट नम्बर १७ मा ‘मिरक्याट पार्क’ सञ्चालनमा आएको हो । पोखराबाट सुरु भएको मिरक्याट इन नेपाल केन्द्रका रूपमा विकास गरिएको मिरक्याट इन नेपालका सञ्चालक सागर भट्टराईले जानकारी दिए । मिरक्याट पार्कमा खाना, कफी, वेलनेस, खेलकुद, संगीत, गेमिङ, सिर्जनशील गतिविधि तथा विभिन्न कार्यक्रमका लागि स्थान उपलब्ध छ । करिब ४ करोडको लगानीमा विभिन्न संरचनाहरु निमार्ण भएका छन् ।… पुरा पढौ

नेपाली संगीतलाई प्रतिस्पर्धी र सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्नेमा चेम्बर अध्यक्ष अग्रवालको जोड

काठमाडौं, २५ असोज। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्ने बताएका छन् । राष्ट्रिय संगीतकर्मी संघद्वारा आइतबार आयोजित दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा संबोधन गर्ने क्रममा उनले सो धारणा राखेका हुन । सो अवसरमा उनले भने “नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्छ यसका लागी नयाँ पुस्ताका प्रतिभालाई व्यावसायिक करियर निर्माण गर्ने अवसर उपलब्ध गराउन आवश्यक छ र विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभालाई… पुरा पढौ

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा, २५ असोज। बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । चुमनुब्री गाउँपालिका-३ न्याकफेदीमा फसेका नौ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरेर न्याकगाउँ लगिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रशाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार धार्चे गाउँपालिका-१ यारुबगरमा फसेका एक विदेशी नागरिकसहित १८ जनाको पनि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । यारुबगरमा फसेका पर्यटक, स्थानीय र हाइड्रोपावरमा कार्यरत १८ जनालाई उद्धार गरी हुल्चुक गाउँमा लगिएको सहायक प्रजिअ शर्माले जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्र गोरखाको चुमनुब्री, धार्चे र… पुरा पढौ

एमाले पोमनपा वडा कमिटी-५ को शुभकामना आदान-प्रदान सम्पन्न

पाेखरा, २५ असाेज । नेपालीहरूको महान् पर्व विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको पूर्वसन्ध्यामा नेकपा (एमाले) पोखरा महानगरपालिका वडा कमिटी–५ को आयोजनामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। रबिन्द्र स्मृति बाटिकामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय नेता राजिब पाहारि, प्रदेश कमिटी का सदस्य अन्जु के.सि, जिल्ला अध्यक्ष बैन बहादुर क्षेत्रि, महानगर कमिटी अध्यक्ष जीवन आचार्य, वडा कमिटी-५ का इन्चार्ज उज्वल खत्रि लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा स्थानिय कार्यकर्ता, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरू, शुभेच्छुक, स्थानीयवासी तथा विभिन्न… पुरा पढौ

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा, २५ असोज। चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीबाट माछीखोलाबजारमा क्षति भएको छ । आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ । उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक र नाक बगेका छन्भने पशुको हेरचाहमा बसेका चार जना सम्पर्कविहीन छन् । पुरा पढौ