समाचार

ओमबहादुर घर्ति मगर सहमहामन्त्रीमा उम्मेदवार

नवलपरासी, १८ असाेज । कांग्रेस निकट आदिवासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तिमगरले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। आज बिहान पत्रकारमाझ उनले १५औं महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन्। आदीवासी, जनजाती क्लस्टरबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने उनले बताए । उनि पार्टी सभापति गगनथापा निकट मान्छिन्। नेपाली कांग्रेसको भातृ र शुभेच्छुक संस्थाहरुमा सबैभन्दा उत्कृष्ठ काम गरेको भनेर पार्टी भित्र उनको प्रशंसा हुने गरेको छ। गत साता जिल्लामा सम्पन्न महाधिबेशन प्रतिनिधिको निर्वाचनमा सर्वाधिक मत सहित बिजयी भएका हुन्। गत ०८२ सालको संसदीय… पुरा पढौ

चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

मुस्ताङ, १८ असोज। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले “चिनियाँ राजदूत कोरलानाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन,” भन्नुभयो । उहाँ तीनदिने भ्रमणमा लोमान्थाङ पुग्नुभएको, टोलीमा पाँच जना चिनियाँ रहेका र आज लोमान्थाङबाट कोरला नाका हुँदै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनसार कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनियाँ राजदूत मुस्ताङ आउनुभएको हो… पुरा पढौ

नेपाली कांग्रेसको १५ औं महाधिबेशन-पूर्वी नवलपरासीका ६ जना केन्द्रिय नेतृत्वकालागि उम्मेदवार बन्ने घोषणा

नवलपरासी, १८ असाेज । पूर्वी नवलपरासीबाट यस पटकको महाधिबेशनमा निर्वाचित भएका ६ नेताले केन्द्रिय समितिको पदाधिकारी र सदस्यमा उम्मेदवार हुने घोषणा गरेका छन्। कांग्रेसमा बैचारिक बहसको नेतृत्व गर्दै आएको भनेर चिनिएका शंकर तिवारीले काठमाण्डौमा पत्रकार सम्मेलन गरेर महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। त्यसैगरि ओमबहादुर घर्तिमगरले जनजाती क्लस्टरबाट केन्द्रिय सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको छन्। लगातार दुई पटक यहाँको हुप्सेकोट गाउँपालिकामा अध्यक्ष रहिसकेकी लक्ष्मी पाण्डेले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनि हाल गाउँपालिका महासंघकी केन्द्रीय अध्यक्ष समेत हुन्।… पुरा पढौ

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत, १८ असोज। बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो । सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ । त्यहाँका ५८ घर पहिरोको जोखिममा छन् । जलजलाका १७१ परिवार विस्थापित भएका छन् । कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी… पुरा पढौ

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

बागलुङ, १८ असोज। गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ । गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य १३३ घरमा आंशिक क्षति भएको छ । हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ । यसैगरी, पक्की सिँचाइका २१ संरचनामा धेरै र २४ वटामा सामान्य क्षति भएको छ । कच्ची सिँचाइका २०३ संरचनामा पनि नोक्सानी भएको छ । पुरा पढौ

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

जुम्ला, १८ असोज। जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकको स्तरोन्नति तथा निर्माणको सम्झौताअनुसार काम नगर्ने छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सडक डिभिजनसँग उक्त राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष २०७५ देखि २०८० सालसम्म सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरी पठाइएपछि छवटा निर्माण कम्पनी कालोसूचीमा परेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताउनुभयो । सार्वजनिक खरिद ऐन, २०६३ को… पुरा पढौ

नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि

रुपन्देही, १८ असोज। बुटवलमा सम्पन्न दोस्रो संस्करणको मदन भण्डारी कप अन्तरराष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । उपाधिसँगै पुलिसले रु सात लाख पुरस्कार प्राप्त गरेको छ । शनिबार भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब सङ्खुवासभालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । भारतीय खेलाडीको साथ पाएको सभापोखरीविरुद्ध पुलिसले उत्कृष्ट प्रदर्शन गरेको थियो । लिग चरणदेखि नै प्रभावशाली प्रदर्शन गर्दै आएको सभापोखरी फाइनलमा भने पुलिससँग पराजित भयो । उपविजेता… पुरा पढौ

दसैँको बिदामा घुमफिर गर्न उपयुक्त १० गन्तव्य

लमजुङ, १८ असोज। दसैँको लामो बिदा घुमफिर र पारिवारिक भेटघाटसँगै नयाँ ठाउँको अनुभव गर्ने अवसर पनि हो । हिमाल, पहाड, प्रकृति, संस्कृति, इतिहास र धार्मिक आस्थाको विविधता बोकेको लमजुङमा छोटो तथा लामो दूरीका यात्राका लागि विभिन्न गन्तव्य छन् । जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिकस्थलमध्ये २०८३ सालको दसैँ बिदामा घुम्न सकिने १० गन्तव्य यसप्रकार रहेका छन् । बेँसीसहर नगरपालिका–३, गाउँसहर–लमजुङ दरबार लमजुङको इतिहास र शाहवंशीय राज्यसँग जोडिएको गाउँसहर जिल्लाकै महत्त्वपूर्ण ऐतिहासिक गन्तव्य हो । यहाँ गाउँसहर दरबार, लमजुङ कालिका मन्दिर तथा… पुरा पढौ

नारायणघाट-बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपुर (नवलपरासी), १८ असोज। पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ (बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल) निर्माण गरिने भएको छ । एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा बीचको जङ्गल तथा चोरमारा र अरुणखोला बीचको जङ्गलमा दुईवटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ । नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरका कारण राजमार्गमा दुर्घटना बढ्दै गएपछि बाँदरलाई बाटो काट्नका लागि ओभरहेड क्यानोपी ब्रिज… पुरा पढौ

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

काठमाडौं, १८ असोज। नेपाली कांग्रेसको आजदेखि काठमाडौँमा सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । संयोजक स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको हो । यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र… पुरा पढौ