समाचार

पर्यटन प्रवर्द्धनका लागि पोखरा-उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

पोखरा, १७ असोज। पोखरामा उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच पर्यटन प्रवर्द्धन तथा व्यवसायिक सहकार्यका लागि ‘बीटुबी’ कार्यक्रम भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा पोखरा पर्यटन परिषद्को सहकार्यमा होटल एसोसिएसन नेपाल गण्डकी, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी र होटल एसोसिएसन पोखरा नेपालको आयोजनामा शुक्रबार पोखरामा ‘बीटुबी’ कार्यक्रम भएको हो । ‘पर्यटन प्रवर्द्धन तथा व्यवसायिक सञ्जाल विस्तार’ को उद्देश्यसहित आयोजित कार्यक्रममा उत्तरपूर्वी भारतीय पर्यटन महासङ्घका प्रतिनिधि तथा पोखराका पर्यटन व्यवसायी सहभागी भएका थिए… पुरा पढौ

फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ, १७ असोज। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले आज बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिने भएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत… पुरा पढौ

स्क्वायर मोटर्सद्वारा ‘दशैँ मेगा एक्सचेञ्ज इभेन्ट’ घोषणा, १० लाखसम्म नगद छुट र उपहारको व्यवस्था

पोखरा, १६ असोज । TVS मोटरसाइकल तथा स्कुटरको पोखरा क्षेत्रका लागि आधिकारिक डिलर स्क्वायर मोटर्स प्रा.लि.ले नेपालीहरुको महान् चाड बडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा विशेष दशैँ योजना सार्वजनिक गरेको छ। शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा स्क्वायर मोटर्स प्रा.लि.का अध्यक्ष आदर्शमान श्रेष्ठले दिएको जानकारी अनुसार, ग्राहकहरुलाई थप सहजता र उत्सवमय वातावरण प्रदान गर्न आगामी असोज १८ गते आइतबारदेखि असोज २६ गते सोमबार (अक्टोबर ४ देखि अक्टोबर १२) सम्म पोखराको अमरसिंह चौरमा भव्य "Dashain Mega Exchange Event" आयोजन गर्न लागिएको हो।… पुरा पढौ

दुर्घटनामा बस चालकको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु, १६ असोज । शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना६ ख ३३३३ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेकोे लु प्र ०३–००१ ख ००९९ नम्बरको बस एकापसमा ठोक्किँदा बस चालक बाँकेको खजुरा गाउँपालिका–५ का सुमन खत्रीको घटनास्थलमै मृत्यु भएकोे ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालको जानकारी दिनुभयो । उहाँका अनुसार बसमा सवार ११ यात्रु घाइते भएका छन् । घाइते सवैको अवस्था सामान्य रहेको छ… पुरा पढौ

कोरला नाका व्यापार प्रभावित, १५० भन्दा बढी कन्टेनर रोकिए

मुस्ताङ, १६ असाेज। भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला सडक खण्ड ठाउँ-ठाउँमा अवरुद्ध भएपछि उत्तरी सीमावर्ती कोरला नाकाबाट हुने आयात-निर्यात व्यापार पूर्ण रूपमा ठप्प भएको छ। सडक पहिरोले बिग्रिएपछि चीनबाट आयात गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर र दुई सयभन्दा बढी विद्युतीय सवारीसाधन बीच बाटोमै रोकिएका छन्। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरलानाकास्थित न्हेचुङ भन्सार यार्डमा रहेका करिब १५० कन्टेनरमध्ये ९० प्रतिशतको भन्सार जाँचपास भइसकेको छ। बाँकी कन्टेनरको जाँचपास पनि दुई दिनभित्र सकिने भए पनि सडक अवरुद्ध भएकाले सामान… पुरा पढौ

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला, १६ असोज । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ । दसैँ, तिहारलगायत चाडपर्वमा नुनको अभाव नहोस् भनेर पर्याप्त मौज्दात राखिएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय जुम्लाका प्रमुख मुनीदत्त बुढाले जानकारी दिनुभयो । डिपोमा एक हजार ८१७ क्विन्टल नुन मौज्दात थियो । चालु आवको असोज १४ गतेसम्म ७६८ क्विन्टल नुन बिक्री भएपछि अहिले एक हजार ४९ क्विन्टल मौज्दात रहेको प्रमुख बुढाले बताउनुभयो । सिञ्जाको नराकोट डिपोबाट हिमाली र सिञ्जा गाउँपालिकाका साथै गुठीचौर… पुरा पढौ

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

काठमाडौं, १६ असोज। काठमाडौं महानगरपालिकाले ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ सुरु गर्ने भएको छ । महानगरपालिकाले उक्त कार्यक्रम आन्तरिक स्रोतबाट सञ्चालन गर्ने तयारी गरेको छ । सुत्केरी भएपछि आमा र नवजात शिशुको स्वास्थ्यलाई थप संवेदनशील रूपमा हेरचाह गर्नुपर्छ । सहरी जीवनको व्यस्तता, परिवारको बदलिँदो संरचना र स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने बाध्यताका कारण उत्तर प्रसूति स्याहारमा चुनौती देखिएको भन्दै महानगरले उक्त सेवा प्रदान गर्न लागेको ‘फोकल पर्सन’ चन्द्रा भट्टले जानकारी दिनुभयो । फोकल पर्सन भट्टका अनुसार अस्पताल वा स्वास्थ्य संस्थामा बच्चा… पुरा पढौ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, १६ असोज। सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यक्रम छ । कानुनमन्त्री गौतमले नै ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफावार छलफलका लागि… पुरा पढौ

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला, १६ असोज । हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन् । हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले बताउनुभयो । उहाँका अनुसार अलपत्र पर्नेमा नाम्खा गाउँपालिका–१, २ र ३ का नागरिक हुन् । उनीहरूमध्ये अधिकांश ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका छन् । गत शुक्रबार हिल्सा पुगेका उनीहरू हिमपात सुरु भएपछि नाकामा रोकिएको उहाँले बताउनुभयो । हिमपातका कारण कैलाश मानसरोवर दर्शनका लागि चिनियाँ पक्षले आवतजावत बन्द गरेको छ ।… पुरा पढौ

रेलेखोलाको बाँधमा बाढी, विद्युत उत्पादन बन्द

म्याग्दी, १६ असोज। बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको छ । ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको छ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदीस्थित बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको हो । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार यही असोज ८ देखि ११ गतेको झरी र बाढी पहिरोका कारण विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको हो । रेलेखर्क क्षेत्रमा पहिरो गई रेलेखोलामा बाढीको सतह बढेर आउँदा बाँधमा थुप्रिएको छ । भौगोलिक… पुरा पढौ