समाचार

एलबीईएफमा करियर सम्वन्धी प्रविधि मेला सुरु

काठमाडाैं, १७ असाेज । काठमाडौंको मैतिदेबीस्थित लर्डबुद्ध एजुकेशन फाउण्डेशन एलबीईएफमा करियर र नवप्रवर्तन सम्वन्धी ‘प्रविधि मेला शनिबार शुरु भएको छ ।  प्रविधि, करियर र नवप्रवर्तनलाई एउटै थलोमा ल्याउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएएन) ले जनाएको छ ।  एलबीईएफ (द फर्स्ट आईटी कलेज अफ नेपाल) मा भोलीसम्म चल्ने मेलामा विद्यार्थी, युवा, प्रविधि व्यवसायी, उद्यमी र रोजगारदाताको सहभागिता रहेको लबीईएफ कलेज ले जनाएको छ । मेलामा विद्यार्थी, आइटी उद्यमी तथा अभिभावक र समुदायबीच सहकार्य बढाउनु, सिप र… पुरा पढौ

एमालेको रूपान्तरण – विगतको विरासतदेखि भविष्यको राजनीतिक यात्रासम्म: राजेन्द्र बहादुर थापाकाे विचार

पाेखरा। कुनै पनि राजनीतिक दलको जीवनमा यस्ता मोडहरू आउँछन्, जहाँ विगतको गौरवभन्दा वर्तमानको यथार्थलाई स्वीकार गर्ने साहस महत्वपूर्ण हुन्छ। बदलिँदो राजनीतिक मनोविज्ञान, पुस्तागत अपेक्षा, प्रविधिको तीव्र विस्तार र नागरिकका नयाँ प्रश्नहरूले आज नेकपा (एमाले)लाई पनि गम्भीर आत्मसमीक्षाको चरणमा उभ्याएका छन्। यो बहस कसैलाई दोषी देखाउन होइन, एमालेको आगामी यात्रा कस्तो बनाउने भन्नेबारे वस्तुगत निष्कर्ष निकाल्न आवश्यक छ। मूल प्रश्न एमाले ठूलो छ कि छैन भन्ने होइन, बदलिँदो समयसँगै आफूलाई कति छिटो र प्रभावकारी ढंगले बदल्न सक्छ भन्ने हो। एमालेको शक्ति… पुरा पढौ

गण्डकीका आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम

पोखरा, १७ असोज । सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत कार्यरत कर्मचारी तथा सूचना तथा परामर्शकर्मीका लागि आयोजित दुईदिने तनाव व्यवस्थापन तालिम सम्पन्न भएको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको सुरक्षित आप्रवासन कार्यक्रमले आयोजना गरेको तालिम कास्कीको ढिकुरपोखरीस्थित हिमालयन देउराली रिसोर्टमा शुक्रबारदेखि शनिबारसम्म सञ्चालन भएको हो। तालिममा सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक, आप्रवासी स्रोत केन्द्रमा रही सेवा तथा परामर्श दिने सूचना तथा परामर्शकर्मी र मन्त्रालयका कर्मचारी गरी ४२ जनाको सहभागिता रहेको थियो । तालिममा मानसिक स्वास्थ्य, स्वहेरचाह, सकारात्मक सोच, पेशागत विकास… पुरा पढौ

म्याक्स टाइगरले ल्यायाे ‘एनर्जाइज्ड दशैं धमाका’ अफर

काठमाडौं, १७ असाेज । म्याक्स टाइगर इनर्जी ड्रिङ्कले ‘एनर्जाइज्ड दशैं धमाका’ अफर सार्वजनिक गरेकाे छ। क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज अन्तर्गत म्याक्स टाइगरको क्यान खोल्दा ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र १ जनाले प्रोटोन कार जित्ने छन। दशैंको यही उत्साहमा पुरस्कारको रोमाञ्च थप्दै म्याक्स टाइगरले आफ्नो नयाँ अभियान सार्वजनिक गरेको हो । ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले ‘दशैं धमाका २०२६’ को औपचारिक घोषणा गरेको थियाे।अभियानअन्तर्गत पुरस्कारयुक्त म्याक्स टाइगर इनर्जी ड्रिंककाे क्यान देशभर वितरण गरिने कम्पनीले… पुरा पढौ

बौद्ध अर्घाै सदनको अध्यक्षमा मोतीप्रसाद गुरुङ निर्विरोध निर्वाचित

पोखरा, १७ असोज । पोखरा १० रामघाटस्थित बौद्ध अर्घौ सदनको शनिवार सम्पन्न ४९ औं वार्षिक साधारणसभा तथा २३ औं अधिवेशनले मोतीप्रसाद गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। बि.स.२०३५ सालमा स्थापित बौद्ध अर्घौ सदनको समितिको सचिवमा बिलबहादुर गुरुङ, सदस्यहरुमा बिलबहादुर गुरुङ, पञ्चकुमारी गुरुङ, भुविन्द्रप्रसाद गुरुङ, सपना गुरुङ, लक्ष्मी गुरुङ, ओमप्रसाद गुरुङ, कन्यकुमारी गुरुङ, खिमबहादुर गुरुङ निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक इञ्जिनियर किसान सिंह गुरुङले जानकारी दिनुभयो। निर्वाचन समितिमा संयोजक ईञ्जिनियर किसानसिंह गुरुङ, सदस्यहरुमा अधिवक्ता आर्जु गुरुङ र मेजर… पुरा पढौ

धर्मकाया बुद्ध मण्डलाका अध्यक्षमा पुनः रुद्रकुमारी गुरुङ “मैना”

पोखरा, १७ असोज । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको ११ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट पुनः रुद्रकुमारी गुरुङ मैनाको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। पोखरामा सम्पन्न साधारणसभा तथा अधिवेशनले पोखरा महानगरपािलका वडा नंं ११ स्थित काँहुडाडामा धार्मिक पर्यटनको केन्द्रका निर्माणका लागि स्थापित संस्थाको उपाध्यक्षमा भरत राज शाक्य, सचिवमा पूर्ण लामा, सहसचिवमा हुमबहादुर गुरुङ, कोषाध्यक्षमा श्याम शाक्य, सदस्यहरुमा मेजर लक्ष्मीप्रसाद गुरुङ, पञ्चकुमारी गुरुङ, नरेन्द्रमान लालचन लगायत चयन हुनुभएको निर्वाचन समितिका संयोजक तथा धर्मकाया बुद्ध मण्डला विकास तथा… पुरा पढौ

विपद व्यवस्थापनमा सरकार र चेम्बरको सहकार्यको गृहमन्त्री गुरुङद्वारा सराहना

काठमाडौं, १७ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकमा विपद् व्यवस्थापनका क्षेत्रमा नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रले गरेको सहयोग र प्राप्त उपलब्धिको सराहना गरिएकाेमा चेम्बरले धन्यबाद व्यक्त गरेको छ। निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्दै बैठकको अध्यक्षता गर्नुभएका गृहमन्त्री सुधन गुरुङले विपद्का समयमा महत्त्वपूर्ण योगदान पुर्‍याउने निजी क्षेत्रलाई नेपाल सरकारका तर्फबाट सम्मान गरिने जानकारी गराउनुभएको थियो। यस कदमबाट निजी क्षेत्र उत्साहित भएको महसुस गरिएको चेम्बरले जनाएको छ। निजी क्षेत्रको योगदानलाई राज्यको उच्च तहबाट यसरी… पुरा पढौ

दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

नवलपुर (नवलपरासी), १७ असोज। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का अनुसार १८ जना यात्रु लिएर नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको यात्रुवाहक बस आज बिहान विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित एसमोडमा पल्टिएको थियो । दुर्घटनामा अन्य १२ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले राससलाई जानकारी दिनुभयो । पण्डितका अनुसार दुर्घटनामा परी बसका… पुरा पढौ

कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं, १७ असोज। नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिलाई बस्नका लागि काठमाडौँका विभिन्न स्थानमा होटल बुकिङ गरिएको छ । पार्टीका केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समितिले प्रतिनिधि बस्नका लागि काठमाडौँको गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटल बुकिङ गरेको हो । नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घका अध्यक्ष लिलाप्रसाद ढकालले १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी काठमाडौँका विभिन्न क्षेत्रका होटल बुकिङ गरिएको… पुरा पढौ

कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी, १७ असोज। गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले मालढुङ्गाबाट घाँसासम्म करिब ५० किलोमिटर दूरीमा ४६ भन्दा बढी ठाउँमा सडक अवरुद्ध बनाएको थियो । मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानी र पर्वतको मालढुङ्गाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फी यातायात सञ्चालन भएको छ । रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह र स्विचयार्ड परिसरमा… पुरा पढौ