खेलकुद

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

काठमाडौं, २७ चैत । हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ । कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ३८ रन बनाएका हुन् । कप्तान रोहित पौडेलले ३७ रन जोडे । उनले २९ बलमा दुई चौका र एक छक्का प्रहार गरे… पुरा पढौ

कुमुदिनी हाेम्समा ‘प्रथम एसइई कप २०८१’ सुरु

पोखरा, २६ चैत्र । पोखरा ४ गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा आजबाट एसइई दिएर बसेका विभिन्न जिल्लाका ७१ विद्यालयका विद्यार्थीहरुबीच प्रथम एसइई कप २०८१ मंगलबारबाट सुरू भएकाे छ । प्रतियोगितामा फुटसल तथा बास्केटबल समावेस गरिएको छ । बास्केलबल कुमुदिनी विद्यालयकै बास्केटबल कोर्टमा भईरहेको छ भने फुटसल बाहिर खेलाईदैछ । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले एसइई दिएर बसेका विद्यार्थीहरुलाई समय खेर नफाल्न, सौहार्दता बढाउन तथा एकापसमा हेलमेलको मैत्रीपूर्ण वातावरण बनाउन प्रतियोगिता आयोजना गरिएको बताए । पालिखेले विद्यार्थीलाई पढाईको साथसाथै अतिरीक्त… पुरा पढौ

चैत्र २७ गतेदेखि प्रथम बिल बहादुर मेमोरियल अन्तर बिद्यालय स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने

पोखरा, २५ चैत्र । बिल्स फाउण्डेसनको आयोजनामा चैत्र २७ गतेदेखि पोखरामा प्रथम बिल बहादुर मेमोरियल अन्तर बिद्यालय स्तरिय व्याडमिन्टन प्रतियोेगिता २०८१ हुने भएको छ । फाउण्डेसनले आज पोखरामा पत्रकार सम्मेलन गरेर सो प्रतियागिताका बारेमा जानकारी दिएको हो । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान जाने चोकभन्दा केहि तल निर्माण गरिएको नेपाल स्पोर्टस् प्लेक्सको इण्डोर हलमा प्रतियोगिता हुन लागेको मोहन भूगोल फाउण्डेसनले जनाएको छ । चैत्र २७ देखि ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १६ वर्ष मुनिका खेलाडीहरु सहभागि हुने एकल छात्र तथा छात्राका… पुरा पढौ

‘दी त्रिशूली अल्ट्रा’मा नेपाल आर्मीको बर्चश्व

त्रिशूली (नुवाकोट), २४ चैत । नेपाल एड्भेन्चर रनिङ महासङ्घद्वारा यहाँ आयोजित ‘दी त्रिशूली अल्ट्रा–२०२५’ मा महिला र पुरुष दुवैतर्फको विधामा नेपाल आर्मीको बर्चश्व रहेको छ । आर्मी क्लबबाट सहभागी पुरुषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ सुनसरी रोकाय प्रथम भएकाे छ । बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरबाट शनिबार सुरु भएर विदुर–५ स्थित जालपादेवी मन्दिरमा पुगेर सम्पन्न भएको ५८ किलोमिटर दौडमा पुरुषतर्फ आर्मीका श्रेष्ठले निर्धारित दूरी चार घण्टा ३३ मिनेटमा पूरा गरे। आर्मीकै गोपाल तामाङ दोस्रो भए । उनले निर्धारित दूरी चार… पुरा पढौ

‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल’ चैत ३० गतेदेखि हुने

काभ्रेपलाञ्चोक, २४ चैत । काभ्रेपलाञ्चोक बास्केटबल सङ्घले यही चैत ३० गतेदेखि दोस्रो संस्करण ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको प्राङ्गणमा आयोजना गरिएको प्रतियोगितामा मुलुकभरका उत्कृष्ट खेलाडी एउटै कोर्टमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ४० पुरुष र १५ महिलाको समूहबीच प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगिताको आवश्यक तयारी, व्यवस्थापन तथा प्रचारप्रसार र टिम दर्ता भइरहेको सङ्घका अध्यक्ष शिव थापामगरले जानकारी दिए। प्रतियोगितामा विजेता टिमले शिल्ड, प्रमाणपत्रसहित नगद रु ४० हजार… पुरा पढौ

मैत्रीपूर्ण फुटबलमा सेना विजयी

काठमाडौं, १८ चैत । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा समाचारदाताको टोलीबीच आज भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सेनाको टोली विजयी भएको छ । सेनाले रक्षा समाचारदाताको टोलीलाई ९–८ गोलअन्तरले पराजित गरेको हो । जनसम्पर्क तथा सूचना निर्देशनालयको २३ औँ स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा उक्त प्रतियोगिता आयोजना गरिएको हो । निर्धारित समयमा दुवै टोलीले ४–४ गोलको बराबरी खेल खेलेपछि पेनाल्टीमार्फत खेलको निर्णय गरिएको थियो । पेनाल्टीमा सेनाको टोलीले पाँच र रक्षा समाचारदाताको टोलीले चार गोल गरेको थियो ।… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

भैरहवा (रूपन्देही), १६ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई छ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । कूल ७० बलको सामाना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे । यस्तै अमित श्रेष्ठले ३९ र दिलिपनाथले अविजित ३१ रन… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेटः बाग्मती चार विकेटले पराजित

भैरहवा (रूपन्देही), १४ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई चार विकेटले पराजित गरेको छ । बाग्मती प्रदेशले दिएको २६० रनको लक्ष्य मधेस प्रदेशले ४६.१ ओभरमा ६ विकेट गुमाउँदै हासिल ग¥यो । मधेसका लागि कप्तान अनिलकुमार साहले सर्वाधिक अविजित ७० रन बनाए । उनले ५३ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे । साथै रोहन विश्वकर्माले ३९, हरिशङ्कर साहले ३३, पवन सर्राफले ३१ र रुपेश सिंहले अविजित २५… पुरा पढौ

कर्णालीविरुद्ध बागमतीको सहज जित

घोराही (दाङ), ११ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ विकेटको सहज जित हात निकालेको छ । आज लमहीमा भएको खेलमा कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले सातौँ ओभरमा एक विकेटको क्षतिमा पूरा ग¥यो । उसको जितमा इशान पाण्डेले २२, आशुतोष घिरैयाले १९ र शुभ कंसाकारले १६ रन बनाए । कर्णालीका लागि दीपेन्द्र रावतले एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन मात्रै बनाउन सक्यो… पुरा पढौ

आइपिएल क्रिकेटकाे पहिलो खेलमा हैदरावादको जित

काठमाडौँ, १० चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले जित निकालेको छ । भारतको राजिव गान्धी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गर्दै विजयी भएको हो । जितसँगै हैदरावादले दुई अङ्क जोडेको छ । हैदरावादले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ४२ रनमा समेटियो । राजस्थानका लागि ध्रुव जुरेलले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ७०… पुरा पढौ