खेलकुद

अन्तर्राष्ट्रिय महिला फुटबलः नेपाल फाइनलमा प्रवेश

काठमाडौं, ८ फागुन । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा लेबनानलाई १–० गोलअन्तरले पराजित गर्दै नेपाल एक खेलअगावै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमार पनि एक खेलअगावै फाइनलमा प्रवेश गरिसकेको छ । आजै भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलअन्तरले पराजत गरेको थियो । नेपालको जितमा सावित्रा भण्डारी नायक बनिन् । खेलको ४२औँ मिनेटमा सावित्राले प्रहार गरेको बल लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।… पुरा पढौ

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालको जित

काठमाडौं, ५ फागुन । अन्तरर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा घरेलु टोली नेपालले सुखद् सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा विमला चौधरीले गोल गरिन् । उनले खेलको ११औँ मिनेटमा गोल गरिन् । यो जितसँगै नेपालले तीन अङ्क जोडेको छ । अब नेपालले यही फागुन ८ गते लेबनानसँग खेल्नेछ । पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चस्व

कास्की, ४ फागुन । देशको पर्यटकीय राजधानी पोखरामा शनिबार सम्पन्न १९औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरूले बर्चस्व कायम गरेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन (४२.१९५ किमी) मा केन्याली धावक विल्सन चेरियुयिटले दुई घण्टा १७ मिनेट २४ सेकेण्डमा निर्धारित दौड पूरा गरी उपाधि जितेका हुन् । उनले उपाधिसहित रु पाँच लाख पुरस्कार पाए । उनले यसअघि कायम रहेको केन्याली धावक जुलियस मुरियाली वाहोमले राखेको दुई घण्टा घण्टा १९ मिनेट ३६ सेकेण्डको रेकर्डसमेत तोडे । अघिल्लो संस्करणको उपाधि… पुरा पढौ

पाहुना टाेली उज्वेकिस्तानको ब्ल्याक बुल्स बन्याे आहा ! रारा पोखरा गोल्डकपको च्याम्पियन

पोखरा, ३ फागुन । पहिलाे पटक सहभागिता जनाएकाे पाहुना टाेली उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लवले २४ औं आहा ! रारा पोखरा गोल्डकपको उपाधि आफ्नाे पक्षमा पारेकाे छ । पोखरामा रंगशालामा आज भएकाे फाइनल खेलमा ब्ल्याक बुल्सले सबैभन्दा धेरै पटक उपाधि जितेकाे पुलिस क्लवलाई ३–१ गोलकाे अन्तरले पछि पार्दै उपाधि कब्जा गरेकाे हाे । ब्ल्याक बुल्सले पहिलाे हाफकाे ४० औं मिनेटमा १ तथा दाेश्राे हाफमा २ गाेल गरेकाे हाे । नेपाल पुलिसकाे तर्फबाट सान्ताेना १ गाेल भयाे । ७४ औं मिनेटमा… पुरा पढौ

फुटबल रिपोर्टिङबारे अन्तरक्रिया

पोखरा, ३ फागुन। नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले फुटबल रिपोर्टिङका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । मन्चले न्युरोडस्थित नोबेल एकेडेमीमा शुक्रबार फुटबल रिपोर्टिङका विषयमा अन्तरक्रिया गरेको हो । कार्यक्रममा एन्फा कम्पिटेसन डाइरेक्टर सन्जिव मिश्र, खेल पत्रकार हिमेश र प्रकाश तिमल्सिनाले आफ्नो अनुभव सुनाएका थिए । एन्फा कम्पिटेसन डाइरेक्टर मिश्रले प्रतियोगिताको टाइसिटका विषयमा जानकारी गराएका थिए । खेल पत्रकार हिमेश र तिमल्सिनाले फुटबलको क्रेजलाई कायम राख्न पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताए । आहा रारा पोखरा गोल्डकपमा दर्शनको चाम बढाउन भूमिका खेल्न… पुरा पढौ

आहा रारा पोखरा गोल्डकप : पुलिस क्लब फाइनलमा

कास्की, ३० माघ । विभागीय नेपाल पुलिस क्लब पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो । यससँगै पुलिस ११औँ पटक फाइनल प्रवेश गर्न सफल भएको छ । पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएकामा खेलको ५८औँ मिनेटमा पुलिसका सञ्जिव लामाले उत्कृष्ट गोल गर्दै… पुरा पढौ

बङ्गलादेशी क्रिकेटरलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको प्रतिबन्ध

दुबई, ३० माघ । बङ्गलादेशकी अन्तर्राष्ट्रिय खेलाडी सोहेली अख्तरलाई आइसिसीको भ्रष्टाचार विरोधी संहिताको पाँचवटा उल्लङ्घन गरेको स्वीकार गरेपछि पाँच वर्षका लागि सबै प्रकारका क्रिकेटबाट प्रतिबन्धित गरिएको खेलको नियामक निकायले जनाएको छ । अख्तरले सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको महिला टी–२० विश्वकपमा एक बङ्गलादेशी खेलाडीलाई हिट विकेट आउट हुन १३ हजार पाउन्ड (१६ हजार डलर) को प्रस्ताव गरेका थिए। नाम नखुलाइएकी खेलाडीले अख्तरका बारेमा रिपोर्ट गरेकी थिइन् । उनी त्यो प्रतियोगितामा संलग्न थिइनन् । बङ्गलादेश क्रिकेट बोर्डका निर्देशक तथा महिला विभाग… पुरा पढौ

आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स सेमिफाइनलमा

कास्की, २९ माघ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबलको २४ औँ संस्करणमा पहिलो पटक सहभागिता जनाएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा यही माघ २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा अर्को विदेशी टोली भारत सिक्किम थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० गोलको फराकिलो अन्तरले हराउँदै ब्ल्याक बुल्सले अन्तिम चारमा स्थान बनाएको हो । पहिलोपटक पोखरा आएर खेलको ब्ल्याक बुल्सले पहिलो हाफमा एक र दोस्रो… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपः चर्च ब्वाइज सेमिफाइनलमा

कास्की, २८ माघ । चर्च ब्वाइज फुटबल क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन क्लब माथि १–० को कठिन जित निकाल्दै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएकाेमा दोस्रो हाफ पनि सकिन एक मिनेट बाँकी रहँदा चर्च ब्वाइजका नवीन लामाले प्रहार गरेको कर्नर बललाई राज भुसालले हेडमार्फत गोल गरे… पुरा पढौ

थ्रीस्टार आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

कास्की, २७ माघ । थ्रीस्टार फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको दोस्रो खेलमा टाइब्रेकरमा थ्रीस्टार मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको नियमित तथा थप गरिएको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा थ्रीस्टारले ४–२ गोलले जित निकाल्यो । पेनाल्टीमा मछिन्द्रका विशाल घलानको प्रहार बारमा लागेर गोल हुन… पुरा पढौ