खेलकुद

१७ औं बिटी कप फागुन १ गते बाट हुने

पोख, २६ माघ । बुद्धटोल युवा क्लबको आयोजना हुने ’सातौं विरेन स्मृति एबम् १७ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता–२०८० फागुन १ गतेबाट आयोजना हुने भएको छ । प्रतियोगिता पोखरा १ बगरस्थित पुरानोटुडिखेल मैदानमा हुने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जनाकारी दिइएको हो । प्रतियोगिताको बिजेताले नगद १ लाख ७१ हजार १ सय ११ शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले नगद १ लाख ५ हजार ५ सय ३३ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने… पुरा पढौ

पोखरा म्याराथन : अपाङ्गता तर्फको पुरस्कार रकम हस्तान्तरण

पोखरा, २५ माघ । पोखरा म्याराथन अन्तर्गत अपाङ्गतातर्फको दृष्टिविहिन र ह्विलचियर दौडको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । ह्विलचियर तर्फको महिला/पुरुषतर्फको पहिलो पुरस्कार १०/१० हजार र दृष्टिविहिनतर्फको १०/१० हजार गरी कुल रु ४० हजार रुपैयाँ बिहीबार पूर्व राष्ट्रिय खेलाडी स्वर्गीय गंगाबहादुर गुरुङको स्मृतिमा उनका छोरा देवान गुरुङ र मनोज गुरुङले मञ्चका अध्यक्ष हरी प्रसाद पराजुली, निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ र संस्थापक अध्यक्ष खड्ग रानाभाटलाई हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै मनोज गुरुङले आफ्ना बुबाको सम्झनामा गरिएको पुरस्कार प्रायोजनले अरुलाईपनि प्रेरणा… पुरा पढौ

कप्तान पौडेल चम्कँदा क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं, २५ माघ । कप्तान रोहित पौडेल एक्लैले चार विकेट लिएपछि नेपालले क्यानडाविरुद्धको खेलमा सात रनको रोमाञ्चक जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको पाहुना टोलीले नेपाललाई सामान्य योगफलमा समेटे पनि जित भने दर्ता गर्न सकेन । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले प्रस्तुत गरेको दुई सय २५ रनको सामान्य लक्ष्य पछ्याएको क्यानडा ४७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय १७ रनमा सीमित भयो । क्यानडाका लागि निकोलस कीर्तनले… पुरा पढौ

नेपालले क्यानडालाई दियो जितका लागि दुई सय २५ रनको लक्ष्य

काठमाडौं, २५ माघ । क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय २५ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय २४ रनको योगफल बनायो । नेपालका लागि सर्वाधिक रन कुशल भुर्तेलले जोडे । उनले ५८ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ६२ रन बनाए । खेलमा ४८ रन बनाउँदा नेपालले पहिलो विकेटको रुपमा आशिफ शेखलाई… पुरा पढौ

नेपालले टस जितेर क्यानडाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं, २५ माघ । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेल नेपालले टस जित्दै पहिला ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । यसँगै अब क्यानडाले पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल र क्यानडा यस सिरिजको खेलमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदानमा उत्रेका छन् । सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो… पुरा पढौ

पोखरा म्याराथन : तमु धी र वडा नं ३ ले बाजागाजासहित सांस्कृतिक पोशाकमा धावकलाई स्वागत गर्ने

पोखरा, २४ माघ । पोखरामा फागुन ५ गते हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’लाई आकर्षण बनाउन विभिन्न जात–जातीको मौलिक सांस्कृतिक भेषभुषा तथा बाजागाजासहित धावकहरुलाई स्वागत गरिने भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनका लागि विभिन्न चोकहरुमा रहेर सांस्कृतिक रुपमा स्वागत गर्ने तमुधी नेपाल र वडा ३ का विभिन्न संघ संस्थाले प्रतिबद्धता व्यक्त गरेका हुन् । छुट्टा–छुट्टै सम्पन्न क्रममा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणलाई भव्य बनाउन आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छुन् । पोखरा… पुरा पढौ

सेनाको त्रिभुवन आर्मी बन्याे पहिलोपटक आहा ! रारा पोखरा गोल्डकप च्याम्पियन

पाेखरा, २० माघ । विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा सञ्चालन भएको २३औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल आज सम्पन्न फाइनल खेलमा प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भयो । यसअघि चारपटक फाइनल पुग्दासमेत उपाधि चुम्न असफल बनेको आर्मीले पाँचौँ प्रयासमा सफलता पाएको हो । यससँगै आहा! रारा गोल्डकपले नयाँ च्याम्पियन पाएको छ । खेलमा आर्मीले पहिलो हाफमा एक र… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकप : इतिहास रच्ने दाउमा आर्मी र थ्रिस्टार

कास्की, १९ माघ । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामा स्थापित छ आहा रारा पोखरा गोल्डकप । निरन्तरताका दृष्टिकोणले दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा छ । विसं २०५८ देखि सुरु प्रतियोगिता प्रतिकूल समयमा रोकिएन । नेपाली फुटबल इतिहासमा निरन्तर सञ्चालन भएकाेमा आहा रारा गोल्डकप पर्दछ । प्रतियोगिताको २३औँ संस्करणको फाइनल खेल भोली हुँदैछ । उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब पोखरा रङ्गशालामा आमनेसामने हुँदैछन् । त्रिभुवन आर्मी क्लबले हालसम्म चार पटक प्रतियोगिताको फाइनल पुगेर पनि उपाधि… पुरा पढौ

थ्रिस्टार क्लब आहारारा पोखरा गोल्डकपको उपाधि नजिक

पाेखरा, १७ माघ । पोखरामा जारी आहारारा पोखरा गोल्डकप फुटबलमा थ्रिस्टार क्लब प्रतियोगिताको उपाधि नजिक पुगेको छ । वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका दीपेश घलेले गरेको एक मात्र निर्णायक गोलले थ्रिस्टारलाई उपाधि नजिक पुर्‍याएको हो । पोखरा रङ्गशालामा आज सम्पन्न सेमिफाइनलको पहिलो खेलमा थ्रिस्टारले जावलाखेल युवा क्लबमाथि १–० को साँघुरो जित निकाल्दै प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भयो । खेलको ७८औँ मिनेटमा दीपेशले प्रहार गरेको बल पोष्टमा लाग्दै गोलमा परिणत भएको थियो । ‘म्यान अफ दी म्याच’… पुरा पढौ

बिनोद बरालको अध्यक्षतामा गण्डकी ई–स्पोर्टस संघ गठन

पोखरा, १७ माघ । विश्वमै आकषर्ण मानिएकाे ई–स्पोर्टस खेललाई गण्डकीमा प्रवर्द्धन र विकास गर्न ई–स्पोर्टस संघ गठन गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको संयोजनमा पोखरामा सम्पन्न भेलाले बिनोद बरालको अध्यक्षतमा गण्डकी प्रदेश ई–स्पोर्टस संघ तदर्थ समिति गठन भएको हो । संघको उपाध्यक्षद्वयमा श्याम प्रसाद श्रेष्ठ र स्वम्भू कुंवर, महासचिबमा शौरभ ढकाल, सचिबमा योगेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा बबिना प्रधान रहेका छन् । यसैगरी कार्यसमिति सदस्य अमप्रसाद थापा पुन, सुभाष चन्द्र रोक्का, किरण गोदार, मनोज प्याकुरेल, मिलनजङ्ग कुंवर र प्रज्वल बहादुर… पुरा पढौ