Bank

गत आवमा वाणिज्य बैंकहरूकाे नाफा २३ प्रतिशतले बढ्याे

काठमाडौं, २२ साउन । वाणिज्य बैंकहरूको नाफा २३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिकको सार्वजनिक वित्तीय विवरण अनुसार गत आवमा बैङ्कहरूले अघिल्लो आवको तुलनामा २३.१४ प्रतिसतले नाफा बढाउन सफल भएका हुन् । गत आवका वाणिज्य बैङ्कहरूले ७४ अर्ब ८० करोड मुनाफा आर्जन गरेका छन् । गत आवको सुरुवाती देखिनै बैङ्कहरूमा तरलता अभावको बावजुत बैङ्कहरूले आफ्नो मुनाफा बढाउन सफल भएका छन् । याे समयमा ३ वाणिज्य बैङ्कको नाफा घट्दा अन्य २३ ओटा बैङ्कहरूले भने बढाएका छन्… पुरा पढौ

दुई सातामै बैंकिङ्ग प्रणालीबाट १ खर्ब निक्षेप गायब, कर्जा लगानी पनि घट्याे

काठमाडौं, १८ साउन । चालु आर्थिक वर्ष शुरूपछि बैंकिङ प्रणालीमा निक्षेप संकलन लगातार घट्दो क्रममा देखिएको छ। साउनको पहिलो दुई सातामा नै बैंकहरूको निक्षेप संकलन ९१ अब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स संघको तथ्यांक अनुसार शुक्रबारसम्ममा बैंकहरूसँग ४४ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप रहेको छ। गत असार मसान्तसम्ममा निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो । साउन पहिलो साता ६४ अर्बले घटेको निक्षेप दोस्रो साता पनि २८ अर्ब रुपैयाँले घटेको छ। शुक्रबार यता पनि बैंकहरूमा निक्षेप घट्ने क्रम रोकिएको छैन।… पुरा पढौ

चालु आर्थिक वर्षको १५ दिनमै ९ सय बढी ऋणी परे कालोसूचीमा

काठमाडौं, १७ साउन । चालु आर्थिक वर्षको १५ दिनमा कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ । कर्जा सूचना केन्द्रका अनुसार साउन १५ गतेसम्म मात्रै ९२७ जना व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । केन्द्रका अनुसार गत आर्थिक वर्षमा १५ हजार ९९९ जना कालोसूचीमा परेका थिए । कुनै पनि कम्पनी वा व्यक्तिले बैङ्कबाट लिएको ऋण तिर्ने अवधि ९० दिनभन्दा बढी भएमा त्यस्तो ऋणी कालोसूचीमा पर्ने गर्दछ । कुनै व्यक्तिले कसैलाई चेक दियो र चेकमा पर्याप्त रकम छैन भने उ पनि कर्जा… पुरा पढौ

नयाँ आर्थिक वर्षको पहिलो सातामै बैंकहरूको ६३ अर्ब निक्षेप घट्नुमा यस्ताे छ कारण

काठमाडौं, १० साउन । नयाँ आर्थिक वर्षको पहिलो साता साउनमा वाणिज्य बैंकहरूको ६३ अर्ब रुपैयाँ निक्षेप घटेको छ। नेपाल बैंकर्स संघका अनुसार असार मसान्तको तुलनामा साउन पहिलो सातामा वाणिज्य बैंकको निक्षेप ६३ अर्ब रुपैयाँले घटेको हो । असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा साउन पहिलो सातामा ६३ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ७८ अर्ब रुपैयाँ कायम भएको हो। यस्तै, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १० अर्ब रुपैयाँले घटेको छ । वाणिज्य बैंकहरुले असार… पुरा पढौ

गत आर्थिक वर्षमा कति बढ्याे बैंकहरूकाे नन बैंकिङ एसेट ?

काठमाडौं, १० साउन । वाणिज्य बैंकहरूको गैर बैंकिङ सम्पत्ति (नन बैंकिङ एसेट) बढेको छ ।नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको वार्षिक नियमन प्रतिवेदन सार्वजनिक गर्दै गैर बैंकिङ सम्पत्ति बढेको देखाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरूको गैर बैंकिङ सम्पत्ति १३.२१ प्रतिशतले बढेको हो । सरकारी स्वामित्वमा रहेका बैंकहरूको गैर बैंकिङ सम्पत्ति भने १४.२३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । वाणिज्य बैंकहरूसँग कुल ६ अर्ब ७७ करोड ३० लाख रुपैयाँको नन् बैंकिङ एसेट छ । नेपाल राष्ट्र बैंकका अनुसार निजी… पुरा पढौ

असार मसान्तसम्म बैंकहरूकाे निक्षेप संकलन ५१ खर्ब ५३ अर्ब नाघ्याे, कर्जा र निक्षेपको अनुपात ८६ प्रतिशत

काठमाडौं, ३ साउन । गत आर्थिक वर्ष २०७८/७९ को अन्तिम अर्थात् असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। त्यसमा वाणिज्य बैंकहरुको हिस्सा ४५ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अन्य बैंक तथा वित्तीय कम्पनीहरुले ६ अर्ब १३ रुपैयाँ संकलन गरेका हुन्। त्यस्तै बैंक तथा वित्तीय कम्पनीहरुको ऋण प्रवाह भने ४७ खर्ब देखिएको छ। वाणिज्य बैंकहरुले कुल कर्जा प्रवाह ४१ खर्ब ६८ अर्ब रुपैयाँ गरेका छन् ।… पुरा पढौ

बैंक तथा वित्तीय क्षेत्रमा बेथिति : कर छलीदेखि निर्देशन विपरित कारोबारसम्म

काठमाडौं, ३१ असार । बैंक तथा वित्तीय संस्थामा विभिन्न बेथिति रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनले बैंक तथा वित्तीय क्षेत्रमा रहेको बेथिति सार्वजनिक गरेको हो । जसअनुसार, विभिन्न ११ बैंक तथा वित्तीय संस्थाहरूले राज्यलाई ठूलो रकम कर नतिरेको खुलेको छ । विगतमा मर्जर तथा एक्वीजिसनमा गएका ११ वटा बैंक तथा वित्तीय संस्थाहरुले ठूलो रकम कर नतिरेको खुलेको हो । महालेखा परीक्षकको कार्यालयले यी बैंक तथा वित्तीय संस्थाहरूले तिर्नुपर्ने करको गणना नमिलेको भन्दै प्रश्न… पुरा पढौ

राष्ट्र बैंकले प्रदान गर्ने पुनरकर्जा १ खर्ब १४ अर्ब पुग्याे, कर्जाको बक्यौता २ खर्ब बढी

काठमाडौं, २८ असार । चालु आर्थिक वर्षको ११ महिनासम्ममा राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा १ खर्ब १४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । जेठ मसान्तसम्ममा १ लाख ४७ हजार १४७ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब १५ अर्ब ९१ करोड कर्जा बक्यौता रहेको छ । जसमा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ६१८ ऋणीलाई प्रवाह भएको १ खर्ब ३९ अर्ब ८४ करोड कर्जा रहेको छ । महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ६६९… पुरा पढौ

अध्ययनको दाबी : व्यापार घाटा बढ्नुको प्रमुख कारण बैंक कर्जा र रेमिट्यान्स

काठमाडौं, २४ असार । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले व्यापार घाटा बढाएको एक अध्ययनले जनाएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्ययन प्रतिवेदनका अनुसार व्यापार घाटा बढ्नुको प्रमुख कारण रेमिट्यान्स र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा हो । रेमिट्यान्सले बैंकमा निक्षेप बढाएको र बैंकले कर्जा लगानीको हिसाबले व्यापार घाटा बढाएको अध्ययनले देखाएको छ । व्यापार घाटाको सम्बन्ध रेमिट्यान्ससँग ७५ प्रतिशत, बैंकको कर्जामा ८५… पुरा पढौ

कहिले हुन्छ हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता ?

काठमाडौं, २३ असार । हिमालयन बैंक र सिभिल बैंकबीच एकापसमा मर्जरमा जाने अनौपचारिक सहमति भएको छ । हिमालयनसँग मर्जरमा जान सिभिल बैंक मर्जर कमिटीले लगभग तय गरेकोले एक–दुई दिनभित्रै सहमति हुने सिभिल बैंक स्रोतले जानकारी दिएको छ । बैंक स्रोतका अनुसार लामो बहस र छलफलपछि सिभिल बैैंक हिमालयनसँग प्रतिकित्ता ८१ रूपैयाँमा गाभिन तयार भएको हो । मर्जरपछिको नयाँ बैंक भने हिमालयन नै हुने भएको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका अशोक राणा र डेपुटी सीईओ सिभिल… पुरा पढौ