Bank

कहिले हुन्छ हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता ?

काठमाडौं, २३ असार । हिमालयन बैंक र सिभिल बैंकबीच एकापसमा मर्जरमा जाने अनौपचारिक सहमति भएको छ । हिमालयनसँग मर्जरमा जान सिभिल बैंक मर्जर कमिटीले लगभग तय गरेकोले एक–दुई दिनभित्रै सहमति हुने सिभिल बैंक स्रोतले जानकारी दिएको छ । बैंक स्रोतका अनुसार लामो बहस र छलफलपछि सिभिल बैैंक हिमालयनसँग प्रतिकित्ता ८१ रूपैयाँमा गाभिन तयार भएको हो । मर्जरपछिको नयाँ बैंक भने हिमालयन नै हुने भएको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका अशोक राणा र डेपुटी सीईओ सिभिल… पुरा पढौ

मौद्रिक नीतिमार्फत सुविधा दिन निजी क्षेत्रको माग, सधैं दिन नसकिने गभर्नरको भनाइ

काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड महामारीको समयमा दिएको सुविधा कटौती हुने घोषणा गरेका छन् । निजी क्षेत्रका व्यवसायीहरूले २०७७ सालमाका ल्याएको जस्तो मौद्रिक नीतिको अपेक्षा गरेको बेला गभर्नर अधिकारीले सधैं सुविधा दिन नसकिने भन्दै सुविधा कटौती हुने घोषणा गरेका हुन् । नेपाल व्यवस्थापन संघ(म्यान)ले आयोजना गरेको मौद्रिक नीतिको छलफलमा गभर्नर अधिकारीले राष्ट्र बैंकले कोभिडको समयमा दिएको सुविधाले अर्थतन्त्र ‘भी’आकारमा फर्केको बताए । ‘कोभिडको समयमा व्यवसाय चलाउनको लागि हामीले ऋण संरचनादेखि लिएर पुनरकर्जाको सुविधा दिएका… पुरा पढौ

वाणिज्य बैंकहरूमा निक्षेप ३२ अर्बले बढ्यो, कस्तो छ ऋण प्रवाहको अवस्था ?

काठमाडौं, २२ असार । वाणिज्य बैंकहरूमा निक्षेप बढ्दा कर्जा प्रवाह भने घटेको छ। असार लागेपछिको १७ दिनमा बैंकहरूमा ३२ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह भने ९ अर्ब ऋणात्मक भएको छ। नेपाल बैंकर्स संघले जारी गरेको तथ्यांकअनुसार जेठ मसान्तको तुलनामा १७ असारसम्ममा क वर्गका वाणिज्य बैंकहरूमा निक्षेप ४४ खर्बबाट बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। यो अवधिमा ऋण प्रवाह भने ४१ खर्ब ९३ अर्ब रूपैयाँबाट ९ अर्ब घटेर ४१ खर्ब ८४ अर्ब रूपैयाँमा झरेको छ। असार लागेपछि बैंकहरूमा निक्षेप… पुरा पढौ

यस्ताे छ बैंक तथा वित्तीय संस्थाको निक्षेपकाे नयाँ रेकर्ड

काठमाडौं, १७ असार । बैंक तथा वित्तीय संस्थाको निक्षेपको आकार ५० खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेपले बुधबार नयाँ रेकर्ड राख्दै ५० खर्ब कटेको हो । राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थासँग ५० खर्ब ४ अर्बको निक्षेपको आकार रहेकाे छ । यस्तै कर्जाकाे आकार ४७ खर्ब ९ अर्ब रहेको छ । गतवर्षकाे असार मसान्तमा बैंक तथा वित्तीय संस्थासँग ४७ खर्ब ४० अर्ब निक्षेप थियो । बैंकिङ प्रणालीमा रहेको निक्षेपमा वाणिज्य बैंकमा… पुरा पढौ

सीडी रेसियोका कारण दवावमा बैंकहरू, यस्ताे छ केन्द्रीय बैंककाे नीति

काठमाडौं, १४ असार । बैंक तथा वित्तीय संस्थामा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)का कारण दवाव बढेको छ । सीडी रेसियो कार्यान्वयन गर्न केन्द्रीय बैंकले दिएको समय सकिन लाग्दासमेत बैंकिङ प्रणालीमा तरलता अभाव कम नभएपछि बैंकहरूलाई दवाब बढेको हो । तर, राष्ट्र बैंकले सीडी रेसियो गणनाका लागि दिएको सहुलियत असारमा सकिने भएपछि बैंकहरूलाई यसले अप्ठ्यारो पर्नेछ । असारसम्म बैंकहरूले सीडी रेसियोमा ऋणपत्र र पुनर्कर्जा रकमलाई समेत निक्षेपका रूपमा गणना गर्न पाउने सुविधा छ । यसैगरी सरकारले स्थानीय तहको खाताको ८० प्रतिशत रकमलाई… पुरा पढौ

किन रोकियो नबिल र बंगलादेश बैंक मर्जरको स्वीकृति ?

काठमाडौं, १० असार । नबिल र बंगलादेश बैंकबीचको मर्जरको अन्तिम स्वीकृति रोकिएको छ । कर्मचारी समायोजनमा विवाद बल्झिएपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति रोकेको हो । ‘समान दुई बैंक बीचको कर्मचारीहरुको पदीय हैसियत सम्बन्धमा दुवै बैंकका कर्मचारीमा विवाद देखियो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘यसलाई मिलाएर आउन भनेर केही दिनका लागि अन्तिम मर्जर अनुमति स्वीकृति रोकिएको छ ।’ मर्जरमा नेपाल बंगलादेश बैंकका कनिष्ट कर्मचारीलाई माथिल्लो हैसियतमा ल्याउन लागेको भन्दै नबिल बैंकका कर्मचारी असन्तुष्ट छन् । नबिल बैंकका सञ्चालकहरूले सुटुक्क बंगलादेश बैंकका कनिष्ट… पुरा पढौ

किन रोकियो ५ वाणिज्य बैंकको सेयर कारोबार ?

काठमाडौं, ५ असार । सञ्चालनमा रहेको ५ वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का भएको छ । अहिलेसम्म मर्जर र प्राप्तिमा जान लागेका नेपाल बंगलादेश बैंक, मेगा बैंक, इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले बंगलादेश बैंकलाई एक्विजिसन गर्ने भएपछि बंगलादेश बैंकको सेयर कारोबार रोक्का भएको हो । नबिल बैंकले बंगलादेश बैंकलाई १००:४३ अनुपातमा एक्विजिसन गर्न लागेको हो । नबिलले बंगलादेश बैंकलाई एक्विजिसन गर्ने भएपछि पुस ३० गतेबाट सेयर कारोबार रोक्का… पुरा पढौ

ग्लोबल आइएमई फेरि पनि सबैभन्दा ठूलो बैंक बन्ने, इन्भेस्टमेन्ट मेगा दोस्रोमा, अरू बैंक पार्टनरकाे खाेजीमा

काठमाडौं, ३ असार । मर्जरकै इतिहासमा पहिलो ठूलो बैङ्क बनेको ग्लोबल आइएमईले पुरानो रेकर्डलाई कायम नै राख्ने भएको छ । बिहीवार बैङ्क अफ काठमाण्डूसँग मर्जरको सम्झौता गरेर ग्लोबल आइएमईले ठूलो बैङ्कको ताज बचाइराख्ने भएको हो । मर्जरपश्चात बन्ने ‘ग्लोबल आइएमई बीओके’ले कुल पुँजी ५२.२९ अर्ब, चुक्ता पुँजी ३४.४१ अर्ब, कुल निक्षेप तीन खर्ब ८४ अर्ब, कुल कर्जा तीन खर्ब ८० अर्ब रुपैयाँसहित नेपालको सबैभन्दा ठूलो बैङ्क हुने भएको हो । एक साताअघि मात्र नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्कले देशकै… पुरा पढौ

जेठ महिनामा वाणिज्य बैंकहरूमा २३ अर्ब निक्षेप थपियो , एक सातामै बढ्यो ३ अर्ब

काठमाडौं, १ असार । वाणिज्य बैंकहरुमा जेठ महिना शुरू भए यता निक्षेप संकलन २३ अर्ब रुपैयाँ थपिएको छ। एक हप्ताको अवधिमा वाणिज्य बैंकमा निक्षेप संकलन ३ अर्ब रुपैयाँले बढेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । यसैगरी, जेठ महिनाभरिको तथ्यांक हेर्दा कर्जा लगानी जेठ २ गतेदेखि जेठ २१ गतेसम्म स्थिर रहेको छ। जेठ २ गतेसम्म ४१ अर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूले जेठ २१ गतेसम्म आउँदा पनि ४१ खर्ब ९४ अर्ब रुपैयाँ नै कर्जा लगानी गरेका छन्। नेपाल… पुरा पढौ

अब बैंक तथा वित्तीय संस्थामा शनिबारमात्रै बिदा

काठमाडौं, १ असार । बैंक तथा वित्तीय संस्थामा सातामा २ दिन सार्वजनिक बिदा खारेज भएको छ । सरकारले असार १ देखि लागू हुने गरेर साताको दुईदिन सार्वजनिक बिदा दिने नीति हटाएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै शनिबारमात्र सार्वजनिक बिदा दिन भनेको छ । यो व्यवस्था बीमा कम्पनीमा समेत लागू हुने छ । पुरा पढौ