economy

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै

काठमाडौं, १६ साउन । आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने सरकारले जनाएको छ । आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा मात्र सिमित राखेको हो । यसअघि वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो तर त्यसमा पनि संशोधन गर्दै वृद्धिदरमा १.७४ प्रतिशतको सङ्कुचन हुने प्रक्षेपण मन्त्रालयले गरेको हो । गत आर्थिक वर्षको वृद्धिदरमा गरिएको पछिल्लो प्रक्षेपण दोस्रो संशोधन हो। पहिलो पटक सरकारले गत वर्षको बजेटमार्फत ७… पुरा पढौ

बाह्य क्षेत्र सन्तुलनमा राख्न आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित राख्नुपर्छ- डा. युवराज खतिवडा

काठमाडौं, १९ असार । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आर्थिक वर्ष २०७९/८० मार्फत लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने हो भने व्यापार असन्तुलन झन् बढ्ने टिप्पणी गरेका छन् । मदन भण्डारी वौद्धिक मञ्चले आयोजना गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री डा. खतिवडाले आर्थिक वृद्धिमा मात्र ध्यान दिने हो भने सरकारले भनेझैं आत्मनिर्भर अर्थतन्त्रको बाटोमा जान नसक्ने बताए । ‘यदि ८ प्रतिशतको आर्थिक वृद्धि पुग्ने अवस्था आयो भने वाह्य क्षेत्र असन्तुलन अहिलेको भन्दा दोब्बर खराब हुँदै जान्छ । यो कुरो सरकारले हेक्का… पुरा पढौ

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, २६ जेठ । चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र हुने विश्व बैङ्कले प्रक्षेपण गरेको छ ।बैङ्कले ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदन सार्वजनिक गर्दै सरकारले प्रक्षेपण गरेको भन्दा कम आर्थिक वृद्धिदर हुने जनाएको हो । सरकारले चालू आर्थिक वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । विश्व बैङ्कको प्रतिवेदनअनुसार आगामी आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुनेछ जब कि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ८ प्रतिशत वृद्धिदरको लक्ष्य तोकेको छ । दक्षिण एसियाली मुलुकमध्ये यस… पुरा पढौ

विदेशी मुद्रा सञ्‍चितिमा सामान्य सुधार, चालु खाता घाटाको अवस्था भने उस्तै

काठमाडौं, २९ वैशाख । विदेशी मुद्रा सञ्चितिमा सामान्य सुधार आए पनि चालु खाता घाटाको अवस्था भने उस्तै देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु खाताको घाटाले अर्थतन्त्रमा आएको खतरा टरिनसकेको देखिएको हो । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको तथ्यांकअनुसार चालु खाता खाता एक महिनाको अवधिमै करिब ५० अर्ब डलरले बढ्दै जीडीपीको ११ प्रतिशत नजिक पुगेको छ। चालु खाता घाटाको चाप चैतमा अझ थपिएको हो। फागुन मसान्तमा ४६२ अर्ब ९३ करोडले घाटामा रहेको चालु… पुरा पढौ

विदेशमा रहेका नेपालीलाई पनि लगानीको अवसर : सरकारले स्थापना गर्ने भयो सञ्चित लगानी कोष

काठमाडौं, १ बैशाख । विदेशमा रहेका नेपालीको लगानी अवसर सिर्जना गर्न सरकारले सञ्चित लगानी कोष स्थापना गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रोजगारी वा अन्य शिलशिलामा विदेशमा बसेका नेपाली नागरिकहरूमा समेत लगानीको अवसर सिर्जना गर्नका लागि कोष स्थापना गर्ने निर्णय लिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।  अर्थमन्त्री शर्माका अनुसार सरकारले स्थापना गर्न लागेको सो कोषमा विदेशमा रहेका नेपालीले मासिक दुई/चार हजार डलरसम्म जम्मा गर्न सक्नेछन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले बुधबार आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा मन्त्री शर्माले… पुरा पढौ

चालू खाता घाटा साढे ४ खर्ब बढी, शोधनान्तर स्थिति पनि घाटामै

काठमाडौं, ३० चैत । चालू आर्थिक वर्ष २०७८/७९ मा मुलुकको चालू खाता घाटा ४ खर्ब ६२ अर्ब ९३ करोड रूपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार मुलुकको चालू खाता घाटा ४ खर्ब ६२ अर्ब ९३ करोड पुगेको देखिएको हो । गत वर्ष यस्तो चालू खाता घाटा १ खर्ब ५१ अर्ब मात्रै थियो । यो अवधिसम्ममा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रूपैयाँले घाटामा छ… पुरा पढौ