विचार / वार्ता

तयारी खानेकुराले स्वास्थ्यमा पार्छ यस्तो असर (विचार)

काठमाडौं, २२ फागुन । दश वर्षपहिले नै पत्रिकाहरुमा स्वास्थ्यका बारेमा एउटा महत्वपूर्ण समाचार छापियो । ‘बजारी खानेकुरा स्वास्थ्यलाई घातक’ भनेर यस्ता खानेकुराले मोटोपन बढाउने र क्यान्सर गराउन सक्ने भनेर समाचार दिइएको थियो । क्यान्सर रोगका बारेमा लामो समय काम गर्दै आएका डाक्टरहरुले यो विषयमा बोलेका थिए तर विभिन्न सञ्चारमाध्यमले यो समाचार त्यति महत्वका साथ प्रचारप्रसार गरेनन् । यस्ता तयारी बजारका खानेकुरामा विभिन्न किसिमका चाउचाउ, पिज्जा, बर्गरजस्ता आकर्षक देखिने खानेकुराहरु पर्छन् । जतिबेला पत्रिकामा यो खबर निस्किएको थियो, त्यस समाचारको फेटोकपी… पुरा पढौ

सबै वर्ग र समुदायलाई हेरेर कानुन बनाउँछौं : सांसद बेल्वासे

काठमाडौं, २२ फागुन । राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेल्वासेलाई कानुन बनाउने जिम्मेवारी पाएका सांसदले कानुन बनाउँदा सबै वर्ग, जाति र समुदायलाई न्याय प्रदान गर्न सक्नुपर्छ भन्ने लाग्छ । जनताको निरन्तरको सङ्घर्ष र बलिदानले मुलुकमा सङ्घीय गणतान्त्रिक शासन व्यवस्था आएको जनाउँदै यसले प्रदान गर्ने अधिकारको उपयोग सबै नेपालीले गर्न पाउनुपर्छ भन्ने उनको मान्यता छ । “राष्ट्रियसभामा विधेयकहरू आउने, छलफल गर्ने, अध्ययन गर्ने तरिका विशेष किसिमको छ, कानुन बनाउँदा सबैखाले वर्ग, समुदायलाई हेरेर बनाउनुपर्छ”, नेकपा (माओवादी केन्द्र)का सांसद बेल्वासेले भनिन्, “मुलुक सङ्घीयतामा गइरहेको… पुरा पढौ

चीन, भारत, अमेरिका-बेलायत पुग्छ धराने खुकुरी (आलेख)

धरान (सुनसरी), २१ फागुन । एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली ।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो । गोर्खाली र खुकुरी एक अर्काका परिपुरक हुन् भन्ने माथिको उखानबाट पनि बुझ्न सकिन्छ । अहिले यो खुकुरी गोर्खालीको पहिचान र सानमा मात्र सीमित छैन, यो एउटा गतिलो व्यापार पनि बनेको छ । मुलुकमै सबैभन्दा धेरै खुकुरी उत्पादन लामो धरानमा समयदेखि हुने गरेको छ । धरानमा बनेका खुकुरी नेपालमा मात्र होइन,अन्तराष्ट्रिय बजार… पुरा पढौ

बैंक डुब्छ वा डुब्दैन ? निक्षेपकर्ताहरु कसरी सुरक्षित छन् ?

काठमाडौं, २० फागुन । अहिले नेपालमा केहि ब्यक्तिहरु फलानो बैंक डुब्छ भन्दै बिभिन्न मिडियामा बोलिरहेका भेटिन्छन् । केहिले बैंकिङ्ग तथा आर्थिक क्षेत्रभन्दा बाहिरका क्षेत्रका बिज्ञहरुले तथ्यभन्दा बाहिरका कुराहरु गरिदिनाले भ्रम पैदा हुनपुगी बैंकप्रति नकरात्मक बातावरण बन्न पुगेको छ । जसरी कुनै एकजना ईन्जिनियर वा पाईलटले आफू पढेलेखेको भयो भन्दैमा कुनै बिरामीलाई पेटको अपरेशन गर्नुपर्छ भनेर सल्लाह दिंदा गलत हुनसक्छ, त्यसरी नै एउटा क्षेत्रको बिज्ञले अर्थ क्षेत्रको बिश्लेषण गर्दा गलत सूचना प्रवाह हुन सक्छ । मानिस सबै क्षेत्रमा बिज्ञ हुंदैन र… पुरा पढौ

राष्ट्रियसभालाई संवैधानिक र कानुनीरुपमै कमजोर बनाइयो : सांसद जीतेन्द्र नारायण देव

काठमाडौं, १९ फागुन । संविधान निर्माणका क्रममा राष्ट्रियसभालाई कस्तो बताउने भनेर गम्भीररुपमा छलफल चल्यो । यसलाई अधिकारसम्पन्न, प्रतिनिधिमूलक र गुणस्तरीय कसरी बनाउने भनेर बहस, छलफल चलेको थियो । एकथरिले राष्ट्रिय सभालाई बलियो र अधिकारसम्पन्न बनाउने वकालत गरिरहेका थिए भने अर्कोथरिले प्रतिनिधिसभालाई नै बढी अधिकार दिएर राष्ट्रियसभालाई कमजोर बनाउन चाहन्थे। गणितीय रुपमा दोस्रो विचारधारा भएकाको जीत भयो । प्रतिनिधिसभालाई मात्र प्राथमिकता दिइयो र राष्ट्रियसभालाई कमजोर बनाइयो । मैले राष्ट्रियसभामा बिताएको ६ वर्ष अवधिको सैद्धान्तिक, राजनीतिक र व्यवहारिक निचोड यही हो ।… पुरा पढौ

सन्तुलन र नियमनका लागि राष्ट्रियसभाको बिशेष महत्व छ: अध्यक्ष तिमिल्सना (अन्तर्वार्ता)

काठमाडौं, १८ फागुन । विधि निर्माणका लागि राष्ट्रियसभा प्रतिनिधिसभासँगसँगै जिम्मेवार र सक्रिय रहँदै आएको छ । प्रतिनिधिसभा विघटन भएका बखत पनि बन्द नहुने प्रकृतिको राष्ट्रियसभा प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालिन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा रहेको छ । दुई सदनात्मक संवैधानिक व्यवस्था रहेको नेपालको संविधान कार्यान्वयनका क्रममा सरकार बनाउने र ढाल्ने सवालमा प्रतिनिधिसभाको भूमिका हुने भएकाले होला राजनीतिका खेलाडी र आम सञ्चारमाध्यमका लागि राष्ट्रियसभा अलि ओझेलमा परेको देखिन्छ । यस प्रकारको अनुभूति छवर्षे कार्यकाल सकाएर यही फागुन २० गते बिदा हुन… पुरा पढौ

सीमान्तकृतको आवाज सम्बोधन नगरे संविधान सफल हुँदैन: राज्यमन्त्री प्रमिला कुमारी

काठमाडौं, १७ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको राष्ट्रियसभा सदस्यको कार्यकाल यही फागुन २० गते सकिँदैछ । सो सभाको २०७४ माघ २४ मा भएको निर्वाचनमा मधेस प्रदेशबाट महिला स्थानमा जनता समाजवादी पार्टीका तर्फबाट निर्विरोध निर्वाचित प्रमिला कुमारी बौद्धिक नेत्रीका रूपमा पनि चिनिन्छिन्। राष्ट्रियसभा सदस्य भएको अवधिमा धेरै समय सांसद र झण्डै एक वर्ष राज्यमन्त्री भएर देश र जनताका सेवामा आफू इमानदारपूर्वक लाग्न सकेको अनुभूतिमा रहेकी उनी मुलुकमा सीमान्तकृत समुदायको आवाजलाई सम्बोधन नगरे संविधान र सङ्घीय प्रणालीको सफल… पुरा पढौ

पश्चगामी शक्ति हाबी हुँदैछन्, जनभावना बुझेर काम गरौं : सांसद चौधरी

काठमाडौं, १६ फागुन । राष्ट्रियसभामा छवर्षे कार्यकाल मेरो पहिलो हो । पछिल्ला समय राष्ट्रियसभामा प्रतिनिधित्व र यसको औचित्यका बारेमा बहस भइरहेका छन् । कतिपय जानकारले संसदीय व्यवस्थामा राष्ट्रियसभा जनप्रतिनिधिको एक अविच्छिन्न सर्वोच्च संस्थाको रूपमा महत्त्वपूर्ण हुन्छ भनेर व्याख्या गरेका छन् । मेरो आफ्नो बुझाइमा राष्ट्रियसभाले विशेष गरेर देशको हरेक नीति, नियम, कानुनलाई परिपक्व र समृद्ध बनाउनेगरी काम गरिरहेको छ । कैयौँ कानुन राष्ट्रियसभाबाट सिर्जित भएर प्रतिनिधिसभामा गएका छन् । कैयौँ फिर्ता गरिएको छ । छ वर्षको अवधिमा मैले राष्ट्रियसभामा एउटै… पुरा पढौ

कृषिलाई प्राथमिकता नदिएसम्म देश बन्दैन : सांसद प्रेम सुवाल

काठमाडौं, १५ फागुन । नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम सुवाललाई अर्थतन्त्रको खम्बाका रूपमा रहेको कृषिलाई प्राथमिकता नदिए देश बन्दैन भन्ने लाग्छ । आफूले पटक–पटक किसान र कृषिजन्य विषयमा सदनमा आवाज उठाउने गरे पनि सुनुवाइ नहुँदा उनलाई दुःख महसुस हुन्छ । जनताको प्रतिनिधि सांसदले कृषिलाई प्राथमिकता दिनुपर्ने कुरामा गरेको खबरदारीलाई सरकारले ध्यान नदिएको उनको अनुभव छ । “नेपाल कृषिप्रधान देश हो, कृषि क्षेत्रलाई समृद्ध बनाउन जरुरी छ”, सांसद सुवालले भने, “अर्थमन्त्री… पुरा पढौ

कानुन र विकास निर्माणलाई सँगै लैजानुपर्ने बाध्यता छः सांसद शान्ती चौधरी

काठमाडौं, १४ फागुन। सङ्घीय संसद्लाई गतिशील तुल्याउने र बिजनेस दिने प्रमुख जिम्मेवारी सरकारको हो। तर यहाँ प्रतिपक्षले सदन चल्न दिएन भनेर उल्टै आरोप लगाउने चलन छ । प्रतिपक्षको प्रमुख जिम्मेवारी भनेको सरकारका कामको निगरानी गर्ने, सचेत गराउने र सुझाव दिने हो । प्रतिपक्षले असल नियतले दिएका सुझावलाई पनि सरकारले बेवास्ता गरिरहेको देखिन्छ । अहिले पनि सरकार एकपक्षीय ढङ्गबाट अघि बढेको अनुभव भइरहेको छ । संसदमा मेरो प्रवेश यो पहिलोपटक हो । यस बीचमा संसदीय अभ्यास सिक्ने र अनुभव गर्ने कार्य… पुरा पढौ