विचार / वार्ता

नेकपा विवाद, अहंकार र त्रास

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद दिनानुदिन नयाँनयाँ कथा पटकथामा देखिदै आएको छ । लामो समय पछाडि बसेको स्थायी समिति बैठकले आफ्नो एजेन्डामा छलफल गरिरहे पनि एकाएक राजीनामाको नयाँ मुद्दा प्रवेश भएपछि बैठक एजेन्डा भन्दा बाहिर छरपस्ट हुन पुगेको छ । विवाद मिलाउनकै लागि भनेर गरिएका कैयन छलफलले विवाद समाधानको सुत्र पत्ता लगाउन सकेको छैन । छिनमै स्वरुप परिवर्तन भएझैं लाग्ने विवाद शृङ्खलाको मुख्य कारण चाँहि केही फरक पाईन्छ । अहिले नेकपामा खासगरि देखिएका मुख्य ओली, प्रचण्ड, माधव (o,p,m) तीन गुट… पुरा पढौ

युरोपेली नागरिकको नेपाल आकर्षण

यो सत्य हो, युरोपेली नागरिकहरु नेपाल भ्रमण गर्न रुचाउँछन्। युरोपेलीहरुको नेपालप्रतिको आकर्षण छुट्टै छ। एकपटक नेपाल भ्रमण गरेका युरोपेली फर्की फर्की नेपाल जान चाहन्छन् र अरूलाई पनि नेपाल जान प्रेरित गर्छन् ।  नेपाली पहिचान गर्ने पनि युरोपेलीहरूको आफ्नै पारा छ। नर्वेलीहरु नेपाली भनेका शेर्पा हुन् भन्ने ठान्दछन् । नर्वे पुगेर तपाईंले आफूलाई नेपाली हुँ भनेर चिनाउनुभयो भने, सामान्यतया तपाईंलाई प्रश्न आउँछ- आर यू शेर्पा? नर्वेमा नेपाली शेर्पाहरूले अप्ठ्यारा पहाडी क्षेत्रमा समेत बाटो बनाउन खुब सघाएका उनीहरु कहिल्यै भुल्दैनन् । नेपालीहरू… पुरा पढौ

बिदेशमा खाएको स्वदेशी फल

उमेर जिम्मेवारी बढे  सँगै हामी कहाँ कहाँ पुग्छौ । जहाँ पुगेपनी जन्मे हुर्केको गाँउ रहन सहन भने  कहिले नबिर्सिने रहेछ । पढाईको सिलसिलामा २ बर्ष अगाडी म अष्ट्रेलिया आइपुगे । अरु सुख दुखका कुराहरु त छँदै छन तर मलाई अष्ट्रेलियाको एउटा कुरा भने सार्है राम्रो लाग्यो, त्यो के भने यहाँ नेपालमा पाइने सबै फलफुल तरकारिहरु पाइन्छन । पिडालुको गानो देखी लिएर, मुलाका चाना सबै । माछामासु भन्दा नि पेट नचर्किए सम्म फलफुल तरकारी  खान नपाए चित्त नबुझ्ने मान्छे म, नानी… पुरा पढौ

कहिले आउँछ कोरोना खोप ?

संसारभर महामारी रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को खोप वा औषधी कहिले आउँछ सर्वत्र चासोको विषय छ । अहिले यो एउटा यस्तो विषय हो, जसको सकारात्मक खबरले पुरै विश्वमा खुसीयाली छाउनेछ। यस्तै नतिजाका लागि विश्वका कैँयन् मुलुकहरु कोरोना भाइरसविरुद्ध खोपको अनुसन्धानमा अहोरात्र खटिएका छन् । अमेरिका र बेलायतले कोरोना भाइरसविरुद्धको खोप विकास गर्दै सफल परीक्षणको नजिक पुगेको बताएका छन्। यस्तै चीन, इरान, रुस, इटलीलगायत अन्य मुलुक पनि अहिले यस्तै खोप तथा औषधी निर्माणको अनुसन्धानमा जुटेका छन् । अनुसन्धानरत् केही मुलुक… पुरा पढौ

सार्वजनिक यातायात संचालन गर्दा कुन मापदण्ड अपनाउने ?

लामो समयको लकडाउनपछि सार्वजनिक यातायात खुलेको छ | सार्वजनिक यातायात प्रयोग गर्दा पर्याप्त सतर्कता अपनाउन सकिएन भने कोरोना संक्रमण फैलिने डर हुन्छ | सार्वजनिक यातायात संचालन गरेका विश्वका अधिकांश सहरमा संक्रमण ब्यापक फैलिएको तथ्यलाई नजरअन्दाज गर्नु हुँदैन | यो विषम परिस्थितिमा सार्वजनिक यातायात सेवामुखी बन्नु जरुरी छ | यसको लागि निम्न लिखित सुरक्षा सतर्कता अपनाउनु जरुरी छ |१. ड्राइभर, कन्डक्टर तथा हेल्परको कोरोना परीक्षण गर्ने |२. यातायातका साधनलाई बाहिर तथा भित्र दैनिक धुने, स्प्रे गर्ने तथा ढोका, ह्यान्डल, सिट आदिलाई… पुरा पढौ

कतातिर जाँदैछ मिडियाको वेग ?

केही दिनमात्र भयो भारतीय मिडियाले हाम्रो राष्ट्रियतामाथि धावा बोल्दै विभिन्न मनगढन्ते समाचार सार्वजनिक गरे । त्यो देखेर स्वाभिमानी नेपाली आगो नहुने कुरै भएन । त्योभन्दा धेरै विश्वभरबाट अधिकांश भारतीय सञ्चारमाध्यम अनर्गल अफवाह फैलाउने गैरजिम्मेवारपूर्ण पत्रकारिताका सारथि हुन् भनेर टिप्पणी गरिए । देखियो पनि त्यस्तै । गलत सन्देश प्रवाह गर्दै हाम्रो राष्ट्रियतामाथि प्रश्न उठाएकाले भारतीय मिडिया नेपालीका नजरबाट त गिरे गिरे, भारतकै नागरिकको समेत ठूलै हिस्साले गलत प्रचारबाजीको आलोचना र निन्दा गरे । केहीले कमजोरी स्वीकारे पनि केहीलाई अझ विषय मोडेर… पुरा पढौ

परिस्थिति होइन, मनस्थिति बदलौं

मानिसको जिन्दगीमा राम्रा–नराम्रा विभिन्न परिस्थिति आइपर्छन् । अधिकांश मानिसहरु राम्रा परिस्थितिमा खुसी हुने र नराम्रा परिस्थितिमा दुःखी हुने गर्दछन् । स्वभावले नै मानिसहरु राम्रा परिस्थितिको लागि कामना गर्दछन् । मलाई नराम्रो परिस्थिति सामना गर्नु परोस् भनेर सायदै कसैले भन्दैनन् । त्यसमा पनि अधिकांश मानिसहरु राम्रा परिस्थितिको लागि आफ्नो मेहनत तथा लगनलाई जस दिन्छन् भने नराम्रा परिस्थितिलाई आफ्नो भाग्यलाई दोष दिन्छन् । राम्रो भयो भने मेरो मेहनत अर्थात नराम्रो भयो भने मेरो भाग्य नै खराब अर्थात राम्रो भाग्य (Good Luck) र… पुरा पढौ

देशको समृद्धिमा प्रवासीको लगानी कति महत्वपूर्ण ?

कुनै पनि देशमा आन्तरिक वा बाह्य बसाइसराइ अर्थव्यवस्थाको एक महत्वपूर्ण पाटो हो । नीति तथा योजना निर्माणक्रममा यो पक्षमा ध्यान दिन नसके विकास प्रयास खेर जान सक्छ । निश्चित अभिलेख नभए तापनि लगभग आधा करोड नेपाली प्रवासमा रहेको अनुमान छ । वर्षेनी ४/५ लाख संख्यामा विदेशिनेको लर्कोले देशको दुर्गति संकेतरुपमा चित्रित हुन्छ । साथैै विप्रेषण आय कुल ग्राहस्थ उत्पादन (जीडीपी) को एकचौथाइभन्दा बढी पुगेकोले नेपाली अर्थव्यवस्थाको निर्णायक पाटो बनेको छ । विप्रेषणमा प्रत्यक्ष योगदानको अतिरिक्त देशको समृद्धिमा प्रवासी समुदायको भूमिकाप्रति… पुरा पढौ

विपद् र ज्येष्ठ नागरिक

यो युग विश्वव्यापीकरणको हो । निजीकरण तथा आर्थिक उदारीकरणको पनि । यो नवीनत्तम प्रविधिको युगले समाजलाई रुपान्तरण गरिरहेको छ । हिजोको हाम्रो संयुक्त परिवार पदसोपानिक पद्दतिमा आधारित थियो । आजको परिवार क्षितिजीय पद्दति रुपमा एकल परिवारमा रुपान्तरण भैसकेको छ । विश्व एउटा गाउँ भएको अवस्था छ । बलिया पाखुरी, तेजिला दिमाख, पुँजी र प्रविधिहरु दिन प्रतिदिन पलायन हुँदै गएको अवस्था छ । विदेशमा रहेको युवा जनशक्ति करिब ४५ लाखको हाराहारीमा छ । विदेशबाट भित्रिने विप्रेषणले छोराछोरी पढाउन गाउँमा बचेखुचेको जनशक्ति… पुरा पढौ

कक्षा ११ सामाजिक अध्ययनको पाठ्यक्रमबारे चर्चा–परिचर्चा

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले कक्षा ११ मा सामाजिक अध्ययन विषय थप गरेसँगै नेपालको शिक्षामा नयाँ बहस प्रारम्भ भएको छ । हुन त हाम्रो संविधानले नै कक्षा १–१२ विद्यालय तह भनेर परिभाषित गरिरहँदा ११ र १२ को नयाँ पाठ्यक्रम पाराडिम सिफ्टजस्तो भएर आएको छ । यसले नेपालको शिक्षाका पण्डितहरुमा नयाँ ढंगको बहस पनि शुरु भएको छ । निजी उच्च माविहरु अहिले विषम परिस्थिति हुनाले नयाँ पाठ्यक्रम लागू गर्न हुँदैन भन्ने कुरामा जोड दिन्छन् । अर्कातिर निजी विद्यालयहरुको छाता संस्था प्याब्सन… पुरा पढौ