विचार / वार्ता

वि.सं. २१०० मा नेपाल

नेपालले २१ औं शताब्दी समाप्तिसँगै २२ औं शताब्दीको स्वागत गरेको छ । दुई दशकदेखि नै उच्च आर्थिक वृद्धिसहित विकासमा महत्वपूर्ण फड्को मार्दै संसारभरका सञ्चारमाध्यमको ध्यानाकर्षण गर्न नेपाल सफल रह्यो । नेपालबारे लेखिएका केही समाचार यसप्रकार छन् - १. दुई दशकदेखि उच्च आर्थिक वृद्धि हासिल गर्दै नेपाल विश्वमा एक समृद्ध देशको रुपमा स्थापित हुन सफल ।१८ वर्षदेखि दोहोरो अंकको आर्थिक वृद्धि । २. नेपाल अब कृषिप्रधान देशमात्र रहेन, वार्षिक २ करोडभन्दा बढी पर्यटक भित्र्याएर संसारकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यमा स्थापित हुन… पुरा पढौ

संस्थागत सुशासनमा शून्य सहनशीलता

कोभिड १९ महामारीको मारमा परेका पेशा व्यवसायका ऋणी र बैंक वित्तीय संस्था दुवै पक्षलाई यथासंभव राहत मिल्ने गरी केन्द्रीय बैंकबाट मौद्रिक नीति २०७७-०७८ र यसको कार्यान्यवन निर्देशन आईसकेको छ । निर्देशनमा व्यवस्था भए अनुसार कर्जा भुक्तानी अवधिको म्याद कम्तिमा पनि ६ महिनासम्म कुनै किसिमको अतिरिक्त शुल्कहरु विना नै थप गर्न पाइने भएको छ । ऋणीको आवश्यकता र लिखित कार्य योजना अनुसार न्यूनतम १० प्रतिशत ब्याज असुल उपर गरी एक पटकको लागि कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सकिने भएको छ ।… पुरा पढौ

रातो पासपोर्ट

इस्तानबुलको तेइस घण्टा लामो ट्रान्जिट उसलाई फिटिक्कै पट्यार लागेन। चढेको टर्किस एयरलाइन्स भएपनि सपनाको यानमा सयर गर्दै पुगेको थियो त्यहाँ। विमानस्थलभित्रको लामो कुराइ भन्दा गन्तव्य नजिकिएको उत्साहले उद्वेलित थियो। प्रतिक्षालयका हरेक खाली कुर्सीमा पालैपालो बस्दै उठ्दै गरिरह्यो, मानौँ ती सबै उसकै लागि खाली गराइएका हुन्। त्यसबाहेक भित्ताको ठूलो स्क्रिनमा देखिएका उडान सम्बन्धी जानकारी दिने मिलिक्-मिलिक् अक्षरमा हेर्दै समय कटायो। कुर्सीमै पल्टिएर फिस्स निदाएका प्रतिक्षार्थीहरू देखेर ऊ पनि त्यसै गर्ने कोसिस त गर्थ्यो, तर निन्द्रा लागे पो ! ऊ अर्थात् बाबु।… पुरा पढौ

नेकपा विवाद, अहंकार र त्रास

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद दिनानुदिन नयाँनयाँ कथा पटकथामा देखिदै आएको छ । लामो समय पछाडि बसेको स्थायी समिति बैठकले आफ्नो एजेन्डामा छलफल गरिरहे पनि एकाएक राजीनामाको नयाँ मुद्दा प्रवेश भएपछि बैठक एजेन्डा भन्दा बाहिर छरपस्ट हुन पुगेको छ । विवाद मिलाउनकै लागि भनेर गरिएका कैयन छलफलले विवाद समाधानको सुत्र पत्ता लगाउन सकेको छैन । छिनमै स्वरुप परिवर्तन भएझैं लाग्ने विवाद शृङ्खलाको मुख्य कारण चाँहि केही फरक पाईन्छ । अहिले नेकपामा खासगरि देखिएका मुख्य ओली, प्रचण्ड, माधव (o,p,m) तीन गुट… पुरा पढौ

युरोपेली नागरिकको नेपाल आकर्षण

यो सत्य हो, युरोपेली नागरिकहरु नेपाल भ्रमण गर्न रुचाउँछन्। युरोपेलीहरुको नेपालप्रतिको आकर्षण छुट्टै छ। एकपटक नेपाल भ्रमण गरेका युरोपेली फर्की फर्की नेपाल जान चाहन्छन् र अरूलाई पनि नेपाल जान प्रेरित गर्छन् ।  नेपाली पहिचान गर्ने पनि युरोपेलीहरूको आफ्नै पारा छ। नर्वेलीहरु नेपाली भनेका शेर्पा हुन् भन्ने ठान्दछन् । नर्वे पुगेर तपाईंले आफूलाई नेपाली हुँ भनेर चिनाउनुभयो भने, सामान्यतया तपाईंलाई प्रश्न आउँछ- आर यू शेर्पा? नर्वेमा नेपाली शेर्पाहरूले अप्ठ्यारा पहाडी क्षेत्रमा समेत बाटो बनाउन खुब सघाएका उनीहरु कहिल्यै भुल्दैनन् । नेपालीहरू… पुरा पढौ

बिदेशमा खाएको स्वदेशी फल

उमेर जिम्मेवारी बढे  सँगै हामी कहाँ कहाँ पुग्छौ । जहाँ पुगेपनी जन्मे हुर्केको गाँउ रहन सहन भने  कहिले नबिर्सिने रहेछ । पढाईको सिलसिलामा २ बर्ष अगाडी म अष्ट्रेलिया आइपुगे । अरु सुख दुखका कुराहरु त छँदै छन तर मलाई अष्ट्रेलियाको एउटा कुरा भने सार्है राम्रो लाग्यो, त्यो के भने यहाँ नेपालमा पाइने सबै फलफुल तरकारिहरु पाइन्छन । पिडालुको गानो देखी लिएर, मुलाका चाना सबै । माछामासु भन्दा नि पेट नचर्किए सम्म फलफुल तरकारी  खान नपाए चित्त नबुझ्ने मान्छे म, नानी… पुरा पढौ

कहिले आउँछ कोरोना खोप ?

संसारभर महामारी रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को खोप वा औषधी कहिले आउँछ सर्वत्र चासोको विषय छ । अहिले यो एउटा यस्तो विषय हो, जसको सकारात्मक खबरले पुरै विश्वमा खुसीयाली छाउनेछ। यस्तै नतिजाका लागि विश्वका कैँयन् मुलुकहरु कोरोना भाइरसविरुद्ध खोपको अनुसन्धानमा अहोरात्र खटिएका छन् । अमेरिका र बेलायतले कोरोना भाइरसविरुद्धको खोप विकास गर्दै सफल परीक्षणको नजिक पुगेको बताएका छन्। यस्तै चीन, इरान, रुस, इटलीलगायत अन्य मुलुक पनि अहिले यस्तै खोप तथा औषधी निर्माणको अनुसन्धानमा जुटेका छन् । अनुसन्धानरत् केही मुलुक… पुरा पढौ

सार्वजनिक यातायात संचालन गर्दा कुन मापदण्ड अपनाउने ?

लामो समयको लकडाउनपछि सार्वजनिक यातायात खुलेको छ | सार्वजनिक यातायात प्रयोग गर्दा पर्याप्त सतर्कता अपनाउन सकिएन भने कोरोना संक्रमण फैलिने डर हुन्छ | सार्वजनिक यातायात संचालन गरेका विश्वका अधिकांश सहरमा संक्रमण ब्यापक फैलिएको तथ्यलाई नजरअन्दाज गर्नु हुँदैन | यो विषम परिस्थितिमा सार्वजनिक यातायात सेवामुखी बन्नु जरुरी छ | यसको लागि निम्न लिखित सुरक्षा सतर्कता अपनाउनु जरुरी छ |१. ड्राइभर, कन्डक्टर तथा हेल्परको कोरोना परीक्षण गर्ने |२. यातायातका साधनलाई बाहिर तथा भित्र दैनिक धुने, स्प्रे गर्ने तथा ढोका, ह्यान्डल, सिट आदिलाई… पुरा पढौ

कतातिर जाँदैछ मिडियाको वेग ?

केही दिनमात्र भयो भारतीय मिडियाले हाम्रो राष्ट्रियतामाथि धावा बोल्दै विभिन्न मनगढन्ते समाचार सार्वजनिक गरे । त्यो देखेर स्वाभिमानी नेपाली आगो नहुने कुरै भएन । त्योभन्दा धेरै विश्वभरबाट अधिकांश भारतीय सञ्चारमाध्यम अनर्गल अफवाह फैलाउने गैरजिम्मेवारपूर्ण पत्रकारिताका सारथि हुन् भनेर टिप्पणी गरिए । देखियो पनि त्यस्तै । गलत सन्देश प्रवाह गर्दै हाम्रो राष्ट्रियतामाथि प्रश्न उठाएकाले भारतीय मिडिया नेपालीका नजरबाट त गिरे गिरे, भारतकै नागरिकको समेत ठूलै हिस्साले गलत प्रचारबाजीको आलोचना र निन्दा गरे । केहीले कमजोरी स्वीकारे पनि केहीलाई अझ विषय मोडेर… पुरा पढौ

परिस्थिति होइन, मनस्थिति बदलौं

मानिसको जिन्दगीमा राम्रा–नराम्रा विभिन्न परिस्थिति आइपर्छन् । अधिकांश मानिसहरु राम्रा परिस्थितिमा खुसी हुने र नराम्रा परिस्थितिमा दुःखी हुने गर्दछन् । स्वभावले नै मानिसहरु राम्रा परिस्थितिको लागि कामना गर्दछन् । मलाई नराम्रो परिस्थिति सामना गर्नु परोस् भनेर सायदै कसैले भन्दैनन् । त्यसमा पनि अधिकांश मानिसहरु राम्रा परिस्थितिको लागि आफ्नो मेहनत तथा लगनलाई जस दिन्छन् भने नराम्रा परिस्थितिलाई आफ्नो भाग्यलाई दोष दिन्छन् । राम्रो भयो भने मेरो मेहनत अर्थात नराम्रो भयो भने मेरो भाग्य नै खराब अर्थात राम्रो भाग्य (Good Luck) र… पुरा पढौ