विचार / वार्ता

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो पूर्व प्रमुख आयुक्त श्रेष्ठ (अन्तर्वार्ता)

काठमाडौं, २ फागुन । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म सम्हालेको र संवैधानिक पदहरूमा अञ्चलाधीश र प्रमुख निर्वाचन आयुक्त समेत रहेर सफलतापूवर्क जिम्मेवारी पूरा गर्नु भएका सूर्यप्रसाद श्रेष्ठ समयसम्म कुटनीतिक क्षेत्रमा पनि विभिन्न देशको राजदूत रहनुभएको थियो । २०४२ सालमा प्रमुख निर्वाचन आयुक्त हुनुभएका उहाँले २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन, २०४४ सालको स्थानीय निर्वाचन, २०४८ सालको आम निर्वाचन र २०४९ सालमा स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनुभएका उहाँको यसैवर्ष लोकतन्त्र र जनअभिमत नामक नेपालको निर्वाचन नालेबेली पुस्तक प्रकाशित भएको… पुरा पढौ

देश जोड्दै क्रिकेट (विचार)

काठमाडौं, २४ माघ। सन्दर्भ, टि टवेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको तेस्रो पटकको सहभागिता । निश्चय पनि नेपाल र नेपालीका लागि यो सन्दर्भ ठूलो उपलब्धि र महत्वको कुरा हो । भारत र श्रीलंकामा हुने विश्वकपका खेलहरुको प्रारम्भ शनिवार भएको छ । कोलम्बोमा पाकिस्तान र नेदरल्याण्डबीच पहिलो खेलसँगै सुरु भएको यस प्रतियोगिताको दोस्रो दिन अर्थात आइतबार (फेब्रुअरी ८)को खेल भारतको मुम्बइस्थित प्रसिद्ध वानखेडे रङ्गशालामा हुँदैछ । नेपालले आफ्ना सबै खेल यस रङ्गशालामा खेल्नेछ । यो यस्तो अवसर हो, जसप्रति सम्पूर्ण देशवासीमा समानरुपले… पुरा पढौ

युवा निर्णायक भएको निर्वाचन (विचार)

काठमाडौं, २३ माघ । कुनै पनि मुलुकको युवाशक्ति त्यहाँको दिगो आर्थिक विकास र समृद्धिका लागि मेरुदण्ड मानिन्छ । युवा भन्नेबित्तिकै विद्यमान चुनौतीलाई सहजै बहन गर्न सक्ने आँट, जोस, जाँगर, साहस, क्षमता, धैर्यता, सिर्जनशीलता र उच्च आत्मविश्वासका साथ जिम्मेवार भएर मुलुक निर्माणका लागि योगदान दिइरहेको जनशक्तिको छवि आउँछ । जल्दोबल्दो ऊर्जा, सौर्य र शक्तिको प्रतीकका रुपमा रहेका युवा शक्तिसँग समाज र मुलुकको रूपान्तरण गर्न सक्ने क्षमता हुन्छ । तर नेपालका युवा शक्ति राजनीतिक अस्थिरता, रोजगारीका क्षेत्रहरुको सीमितता तथा गुणस्तरीय, सीपमूलक र… पुरा पढौ

व्यक्तिगत डाटा संरक्षणकाे कानुन नहुँदा चोरीका घटना बढ्दै

काठमाडौँ, २० माघ। पछिल्ला वर्षमा नागरिकका विवरणलाई बैंकिङ सेवा, सामाजिक सुरक्षा, बिमा, सरकारी अनुदान र विभिन्न सार्वजनिक सेवासँग क्रमशः एकीकृत र अनिवार्य बनाउँदै लगिएको छ । राज्यले यसलाई ‘डिजिटल इकोसिस्टम’ एकीकरणको आधार मानेको छ । एउटै परिचयका आधारमा नागरिकले सेवा पाउने, कागजी झन्झट घट्ने र सेवा प्रवाह प्रभावकारी हुने सरकारी दाबी छ । व्यवहारमा कतिपय सेवा छिटो भएका पनि छन् । तर यस्तो प्रयोजनका लागि प्रयोग हुने व्यक्तिगत डाटा संरक्षणको विषय भने नेपालमा अझै नीति र कानुनविहीन अवस्थामा छ ।… पुरा पढौ

चुनौती बन्दै बैंकिङ प्रणालीमा थुप्रिएको रकम (आलेख)

काठमाडौं, १४ माघ। अधिक तरलता व्यवस्थापन अहिले समग्र बैंक तथा वित्तीय क्षेत्रले सामना गर्नुपरेका चुनौती बनेको छ । देशका विभिन्न वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स क्षेत्रमा सर्वसाधारण जनताको सङ्कलन भएको निक्षेप अहिलेसम्मकै उच्च तहमा पुगेको हो । बैंकिङ प्रणालीमा लगानी गर्न सकिने करिब रु नौ खर्ब रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले जानकारी दिनुभयो । ब्याजदर न्यून तहमा कायम गरिँदा पनि पनि कर्जाको मागमा अपेक्षित सुधार आउन नसकेकाले यस क्षेत्रमा चुनौती बढेको हो । बजारमा कर्जाको माग नै… पुरा पढौ

स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास (विचार)

काठमाडौं, १३ माघ । विश्व तापमान वृद्धिको प्रमुख कारक तत्वका रुपमा रहेको हरितगृह ग्यास÷कार्बन उत्सर्जनसम्बन्धी अन्तरराष्ट्रिय दृष्टिकोणलाई हेर्दा विश्वको कुल उत्सर्जनमा ऊर्जा क्षेत्रको हिस्सा करिब ७६ प्रतिशत रहेको पाइन्छ । जलवायु परिवर्तन तथा कार्बन वित्त परिचालन सम्बन्धमा अन्तरराष्ट्रिय परिवेशलाई दृष्टिगत गर्दा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज, आइपिसिसी) को प्रतिवेदन, २०२३ अनुसार तापमानलाई १.५ डिग्री सेल्सियस र दुई डिग्री सेल्सियसको बीचमा सीमित राख्नका लागि हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका उपायहरुलाई थप प्रभावकारी बनाउनु जरुरी देखिन्छ । विश्वव्यापी रुपमा… पुरा पढौ

‘योग महाविज्ञान हो’-डा क्षितिज बराकोटी (अन्तर्वार्ता)

काठमाडौं, १ माघ । आज राष्ट्रिय योग दिवस । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ देशव्यापीरुपमा राष्ट्रिय योग दिवस मनाइँदैछ । विसं २०७२ साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । शारीरिक, मानसिक, सामाजिक र आत्धात्मिक स्वास्थ्यका लागि योग अपरिहार्य बनेको छ । राष्ट्रिय योग दिवसको सन्दर्भमा योगको विभिन्न आयामबारे योग तथा प्राकृतिक चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय, योग विज्ञान स्नातकोत्तर कार्यक्रमका प्राडा क्षितिज बराकोटीसँग… पुरा पढौ

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

चितवन, १४ पुस । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रुपमा विकास भएको छ । नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेपालका पर्यटक व्यवसायीहरु भन्छन्, “यो कार्यक्रम हात्ती र मान्छेबीचको सम्बन्ध सेतु मात्रै बनेको छैन, हात्ती संरक्षणको सन्देश दिन र चितवनमा पर्यटक आगमन वृद्धि गर्न सफल भएको छ ।” भीमकाय हात्तीका गतिविधि प्रस्तुत गरी चितवनको पर्यटन प्रवद्र्धन… पुरा पढौ

यसकारण ‘न्यू फेस र न्यू टेस्ट’ चाहिएको हो-सिग्देल

पोखरा, ९ पुस । देशमै बसौं, यहीं केहि गरौं भन्न लागेको धेरै भईसक्यो । दिनहुँ २ हजार, २५ सय युवाहरु विदेश गईरहेको दृश्य र एयरपोर्टको रुवावासिबाट सबै परिचित नै छन् । नेतृत्वमा रहनेहरुले जहिले नि शिक्षा, रोजगार, अवसरलगायत सबथोकको ब्यवस्था देशमै हुन्छ भने पनि हरेक सरकारले पासपोर्ट थमाएर एयरपोर्ट कटाई रहेकै छन्। यहाँ रहेकाहरु आँखाबाट आँशु टिलपिल टिलपिल बनाएर बसेका छन् । केहि काेहिका लागि भएपनि सबका लागि सरकार, दलहरु र नेताहरु हुन सकेनन् । आत्ममुखि, आफ्नै स्वार्थमा र गुटमा… पुरा पढौ

चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’ (पुस्तक चर्चा)

काठमाडौं, २७ मङ्सिर । विश्व प्रणालीमा केही वर्षदेखि चीन एक उदीयमान शक्ति राष्ट्रको रूपमा मात्र नभएर आगामी शताब्दीलाई पनि आफ्नो अनुकूल हिँडाउन सक्षम रहने यसले लिएका आर्थिक विकासका रणनीतिहरूले सहजै अनुमान लगाउन सकिन्छ । एक्काइसौँँ शताब्दीको जटिल र परस्पर सम्बद्ध विश्वमा चीनले आफ्नो अनौठो ऐतिहासिक, सांस्कृतिक र राजनीतिक अनुभवका आधारमा विकास, सुशासन र अन्तरराष्ट्रिय सम्बन्धका लागि एक व्यवस्थित दृष्टिकोण विकास गरेको छ । यो दृष्टिकोण केवल आर्थिक सूचाङ्कमा मात्र केन्द्रित नभएर मानव समुदायको भविष्यका लागि साझा भाग्यको एक सामूहिक खोजीमा… पुरा पढौ