नेपालमा “विकास” भन्ने शब्द धेरै सुनिन्छ। राजनीतिक भाषणमा, चुनावी कार्यक्रममा, सरकारी योजनामा सबैतिर विकासको कुरा हुन्छ। तर कहिलेकाहीँ म आफैँलाई सोध्छु, के हामीले विकासलाई साँच्चै बुझेका छौँ ? कि हामीले विकासलाई केवल देखिने ठूला संरचनासँग मात्र जोडेर बुझिरहेका छौँ? नेपालमा प्रायः विकास भनेको ठूला पूर्वाधार बनाउनु भनेर बुझिन्छ। नयाँ सडक बन्यो भने विकास, ठूलो पुल बन्यो भने विकास, ठूला भवन र आयोजनाहरू बने भने विकास भयो भनेर हामीले मान्ने गरेका छौँ। यस्ता संरचना देशको लागि आवश्यक छन्, यसमा कुनै शंका…
पुरा पढौ