अटाे 🚙

ललितपुर-चन्द्रागिरी सम्पदा कार र्याली हुने

काठमाडाैं, २ जेठ । नेपाल मोटर स्पोट्र्स एन्ड रोड सेफ्टि फेडेरेसन (NMRF) ले विश्व पर्यावरण दिवसको अवसर पारेर NMRF ले MOSROS ललितपुर-चन्द्रागिरी सम्पदा कार र्याली र राष्ट्रिय अटोक्रस च्याम्पियनशिप आयोजना गर्ने घोषणा गरेको छ । यो रोमांचक मोटर स्पाेर्टस् कार्यक्रममार्फत मोटर स्पोट्र्सको कार्यको साथमा नेपालका मनोरम तथा पुरातत्विक सम्पदाको प्रचार प्रसार गर्ने उद्देश्य लिइएको छ । र्याली ललितपुरको जावलाखेल मैदानबाट शुरू हुनेछ । ललितपुरको विभिन्न पुरातात्विक सम्पदा स्थलहरू कृष्णमन्दिर र काठमाडौं, स्वयम्भू स्तुपा र ऐतिहासिक किर्तिपुर शहरको पुरातत्विक सम्पदाअरू घुम्दै… पुरा पढौ

लक्ष्मी मोटर कर्पोरेसनले शुरू गर्याे हुन्डाईकाे एसेम्बलिङ प्लान्ट

काठमाडौं, २८ वैशाख । लक्ष्मी मोटर कर्पोरेसनले 'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’ शुरू गरेकाे छ । उक्त प्लान्ट’को आज नवलपरासीमा शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए। निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको समेत बताएका थिए । “निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्”, प्रधानमन्त्री दाहालले भने, “देशभित्र लगानीको वातावरण… पुरा पढौ

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

काठमाडौं, २४ वैशाख । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । आज आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिइन् । उनले भनिन्, “हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानूनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ”, उनले भनिन्। उनले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताइन् । उनले राइडरहरुले सेवा उपयोग गरे वापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने… पुरा पढौ

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्ने ग्राहकलाई आधार दरमै अटाे लाेन दिने

काठमाडौं, १९ बैशाख । गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्ने ग्राहकलाई आधार दरमै अटाे लाेन दिने भएकाे छ । यस सम्बन्धमा गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि (नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक ) बीच सहकार्य गर्ने सम्झाैता समेत भएकाे छ । उक्त सम्झौतापत्रमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश बि. राजभण्डारीले हस्ताक्षर गरेका छन । सम्झौतापत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.बाट ग्राहकहरुले नयाँ टोयोटा गाडी खरिद… पुरा पढौ

एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम

नारायणगढ (चितवन), १४ वैशाख । कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ । पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो । त्यस अवसरमा कालिकाका नगर प्रमुख बिनोद रेग्मीले सवारी चालक (ड्राइभिङ) तालीमले महिलाहरुलाई स्वदेश तथा बिदेशमा जहाँगएपनि व्यावासयीक तथा स्वरोजगार बन्न सहयोग पुग्ने बताए। उनले भने, “सीप भएका मानिसलाई कामको दुःख छैन । ”कालिका–४ पदमपुरस्थित शहिद स्मृति क्याम्पसचौरमा पालिकाका ७० जना महिलालाई बिहीबारदेखि पन्ध्रदिने निःशुल्क हलुका चारपाङ्ग्रे… पुरा पढौ

अर्बपति एलन मस्ककाे भारत भ्रमण किन भयाे स्थगित ?

नयाँदिल्ली, ८ वैशाख । अर्बपति एलन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेका छन् । मस्कको विद्युतीय कार कम्पनी टेस्लाले एक्सिलेरेसन पेडलमा खराबीका कारण करिब चार हजार साइबरट्रक सवारीलाई फिर्ता बोलाउने घोषणा गरेको एक दिनपछि उनको भारत भ्रमण स्थगित भएको समाचार आएको हो । “दुर्भाग्यवश धेरै भारी टेस्ला दायित्वका कारण भारत भ्रमणमा ढिलाइ भएको छ । तर म यस वर्षको अन्त्यमा भ्रमणका लागि अत्यन्त उत्सुक छु”, आफ्नो सामाजिक मिडिया प्लेटफर्ममा पोस्ट गर्दै उनले भनेका छन । भ्रमणका क्रममा मस्कले भारतीय प्रधानमन्त्री… पुरा पढौ

आठ अगस्टमा ‘रोबोट्याक्सी’ सार्वजनिक गर्ने मस्कको घोषणा

टेक्सास २५ चैत । सामाजिक सञ्जालमार्फत टेस्ला कार उत्पादन कम्पनीका कार्यकारी प्रमुख ‘एलन मस्कले’ आठ अगस्टमा ‘रोबोट्याक्सी’ को सञ्चालन गर्ने घोषणा गरेका छन् । यो टेस्लाको सबैभन्दा महत्त्वपूर्ण उत्पादनमध्ये एक हुने मस्कले बताए। टेस्लाले मानव नियन्त्रण नरहने कार बनाउने र टेस्ला कार सफ्टवेयरको माध्यमबाट चालकरहित सवारीलाई प्रोत्साहन गर्दै जाने मस्कले यस पहिले सन् २०१९ मा नै घोषणा गरेका थिए। कारहरूले पूर्ण रूपमा स्वायत्त ट्याक्सीको रूपमा सडकमा आवागमन गर्न र विना कुनै मानवीय सहयोग यात्रुहरूलार्ई ट्याक्सी चढाउने र झार्ने गर्नुका साथै राम्रो… पुरा पढौ

मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सका चिनियाँ भ्यानहरु नेपाल भित्र्याँउदै

काठमाडाैं, २५ चैत। चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) को नेपालका लागि आधिकारिक बिक्रेतामा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीहरुले यस सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अब मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरुको नेपाली बजारमा बिक्री वितरण गर्नेछ । “व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरु वातारण मैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ । साथै अपिलको अन्त्यतिर यी उत्पादनहरु… पुरा पढौ

जाँचपास नभएर हजाराै गाडी वीरगञ्ज भन्सारमा थन्किए

वीरगञ्ज, १८ चैत । वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन् । अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कार्यालयमा मात्रै जाँपपास नभएका एक हजार दुई सयभन्दा धेरै इन्धनबाट चल्ने सवारीसाधन रहेका बताए। “यहाँ एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभई रोकिएका छन् । व्यवसायीहरूले शोरुममा भएका… पुरा पढौ

प्रहरीका पेट्रोलपम्प अब २४सै घण्टा सञ्चालन हुने

काठमाडौं, ८ चैत । नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु अब २४सै घण्टा सञ्चालन हुने भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा सञ्चालित पेट्रोलपम्प अबदेखि २४सै घण्टा सञ्चालन हुने भएका हुन् । उपप्रधानमन्त्री लामिछानेले पेट्रोलपम्प २४सै घण्टा खुला गर्न आदेश दिएसँगै आजदेखि पम्पहरू खुला रहने नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।… पुरा पढौ