काठमाडौं, २४ भदौ । दसैंमा सार्वजनिक सवारीसाधन चलाउँदा देशभर कुनै पनि ठाउँमा रुट पर्मिट नचाहिने भएको छ । यात्रुको चाप हुने ठाउँमा सवारीसाधनको व्यवस्थापन सहज गराउने उद्देश्यले यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । गत बुधबार भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच बैठक भएको र उक्त बैठकबाट यस्तो निर्णय भएको हो । यो निर्णय अनुसार घटस्थापनाको दिनदेखि पूर्णिमाका दिनसम्म सार्वजनिक सवारीसाधनलाई देशभर सञ्चालनका लागि रुट पर्मिट…
पुरा पढौ