अटाे 🚙

नाडाद्वारा बाढी पीडितहरुका लागि राहत सामग्री वितरण

काठमाडाैं, ३ असाेज । गत भाद्र १० गते नुवाकोट, टिमुरे र रसुवामा गएको भिषण वाढीबाट पीडित नागरिकहरुका लागि नाडाले प्रदान गरेको विभिन्न किसिमका राहत सामग्रीहरु हस्तान्तर गरिएकाे छ । आज असाेज ३ गते शनिबार नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणी पाठककाे नेतृत्वमा गएको नाडा प्रतिनिधिहरुले जिल्ला प्रशाशन कार्यालय नुवाकोटसंगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई औपचारिक रुपमा हस्तान्तर गरिएकाे हाे। यसै सन्दर्भमा गत भाद्र १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीकाे नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री स्वर्णिम… पुरा पढौ

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज (पर्सा), २ असोज। भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार चोरीपैठारी गरिएका ती स्कुटर गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । बरामद गरिएका स्कुटरको बजारमूल्य रु ८० लाख रहेको बताइएको छ । तिनलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ । पुरा पढौ

म्याक्सस नेपालद्वारा विपद् प्रभावितलाई ८० लाख बराबरको राहत सहयोग

काठमाडौं, २० भदाै । म्याक्सस चाइनाको सहयोग तथा नेपालको हिमालय अर्गनाइजेसनको समन्वय र सहयोगमा म्याक्सस नेपालले हालैको विपद्‌बाट प्रभावित समुदायका लागि करिब ८० लाख बराबरको राहत सहयोग प्रदान गरेको छ। कम्पनीले प्रत्यक्ष आर्थिक सहयोगसहित दिगो स्वच्छ खानेपानी व्यवस्थापन र आवश्यक खाद्यान्न तथा जिन्सी सामग्रीहरू वितरण गरेको हो। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलब्ध गराएको हो: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग: MAXUS Nepal ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु. ५० लाखको चेक केही दिनअघि माननीय अर्थमन्त्रीलाई हस्तान्तरण… पुरा पढौ

बाढी प्रभावितका लागि नाडाद्वारा १० लाख सहयोग

काठमाडौं, १८ भाद्र । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले रसुवा, केरुङ तथा ठिमुरे क्षेत्रका बाढी प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख नगद सहयोग हस्तान्तरण गरेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी उक्त रकमको चेक हस्तान्तरण गरेको हो। गत २०८३ भाद्र १० गते केरुङ, रसुवा, ठिमुरेलगायतका क्षेत्रमा आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित भएका नागरिकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग रकम प्रदान… पुरा पढौ

काठमाडौं र हेटौंडा जाने गाडीका लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौं, १६ भदौ।भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि पृथ्वीराजमार्गलगायतका सडक अवरुद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटाैंडादेखि सङ्घीय राजधानी काठमाडौँमा चल्ने सवारीसाधनको नयाँ रुट आजदेखि निर्धारण गरेको छ । दश चक्कासम्मका सम्पूर्ण मालबाहक तथा ठूला यात्रुबाहक सवारीसाधन त्रिभुवन राजपथ हँुदै काठमाडौँतर्फ जाने रुट व्यवस्थापन गरेको छ । दश चक्कासम्मका सवारीसाधन काठमाडौँबाट मकवानपुर फर्किंदा भने कान्ति राजमार्ग हँुदै फर्किने व्यवस्था गरेको छ । प्रहरी प्रधान कार्यालयले मौसम र बाटोलगायत यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गर्दै कान्ति राजमार्ग हुँदै… पुरा पढौ

मकवानपुर हुँदै जाने र आउने सवारीसाधनको चाप

हेटौँडा, १४ भदौ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने तथा आउने सवारीसाधनको चाप बढेको छ । सवारी चाप व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालवाहक सवारीसाधनलाई कान्ति लोकपथ तथा १४ सिटभन्दा ठूला यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै आवतजावत गर्न आग्रह गरेको छ । कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले १४ सिटसम्मका साना यात्रुवाहक सवारीसाधनलाई भीमफेदी-देउराली हुँदै आवतजावत गर्न आग्रह गरिएको बताउनुभयो । प्रशासनले अत्यावश्यक कामबाहेक काठमाडौँको यात्रा नगर्न, अत्यावश्यक अवस्थामा बाहेक निजी सवारीसाधन नलैजान, जथाभावी ‘ओभरटेक’… पुरा पढौ

नाडा अटो शोको अन्तिम ३ घण्टाको टिकट बिक्री रकम बाढीपहिरो पीडितलाई दिइने

काठमाडौ, १४ भदाै। सामाजिक उत्तरदायित्व र विपद्‌मा परेका नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शोको अन्तिम दिन (आज) साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सम्पूर्ण टिकटको रकम बाढी तथा पहिरोपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ। देशभर भइरहेको अविरल वर्षा र बाढीपहिरोका कारण धेरै परिवारहरू समस्यामा परेको अवस्थालाई मध्यनजर गर्दै नाडा टोलीले मेलाको अन्तिम समयलाई राहत कोषमा योगदान पुर्‍याउने अवसरका रूपमा अघि बढाउने निर्णय गरेको हो। "एकातर्फ हामी सवारी साधन र प्रविधिको उत्सव मनाइरहेका छौँ भने… पुरा पढौ

‘नाडा अटो शो’ आज अन्तिम दिन, नछुटाउनुहोस ‘मेड इन नेपाल- मेड फर नेपाल’ पेभिलियन

काठमाडौं, १४ भदाै । काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ आज अन्तिम दिन रहेकाे छ । परिवारसँग अटाे साे घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने यसपटकको ‘मेड इन नेपाल- मेड फर नेपाल’ पेभिलियन तपाईंको भ्रमणको सूचीमा राख्नुहाेस । गाडी, मोटरसाइकल र नयाँ प्रविधि हेर्न अटो शो पुग्ने अधिकांशको ध्यान ठूला अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ मोडलमा जाने गर्छ। तर, नाडाले पहिलो पटक ‘मेड इन नेपाल-मेड फर नेपाल’ को छुट्टै पेभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भइरहेका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई विशेष प्राथमिकता… पुरा पढौ

बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा

काठमाडौं, १४ भदौ। काठमाडौं महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायातको व्यवस्था गरेको छ । सेवाको पहिलो दिन शनिबार दुई बालबालिका, नौ महिला र आठ पुरुष गरी १९ जनालाई काठमाडौँ ल्याइएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । शनिबारदेखि दुईवटा सवारीसाधनको व्यवस्था गरिएको छ । दुईवटामध्ये एउटा यसअघि रसुवादेखि काठमाडौँ यात्रु ओसार्ने गाडी हो । यसको क्षमता १९ सिटको छ । अर्को गाडी महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको हो । यसमा १० यात्रु अटाउँछन्… पुरा पढौ

‘नाडा अटो शो’को आज चौथो दिन अवलाेकनकर्ताकाे सहभागिता बढ्याे, बुकिङ गर्नेले चाडपर्वमै गाडी पाउने

काठमाडौं, १२ भदाै। नाडा अटो शो २०२६ को आज चौथो दिन हो । भदौ ९ गतेबाट सुरु भएको अटो शो काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । भदौ १० गते अप्रत्याशित रुपमा भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षेती पुग्यो । यसबाट अटोमोबाइल्स क्षेत्रपनि निकै प्रताडित बन्न पुग्यो । यद्यपि, आर्थिक गतिविधि चलायमान बनाउन ब्यवसायीहरुले कठिन समयमा पनि अटो शोलाई निरन्तरता दिए । रसुवागढी–केरुङ नाका जोड्ने सडक बाढीका कारण क्षतिग्रस्त भएपछि चीनबाट नेपाल भित्रिने विद्युतीय सवारीसाधन (ईभी) को आपूर्ति प्रभावित हुने चिन्ता… पुरा पढौ