अटाे 🚙

टिभिएसको हाइपर-स्पोर्ट स्कुटर ‘एनटर्क १५०’ सार्वजनिक, मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ

काठमाडौं, ११ असाेज। टिभिएस मोटर कम्पनीले नेपाली बजारमा आफ्नो नयाँ १५० सीसी हाइपर-स्पोर्ट स्कुटर ‘एनटर्क १५०’ (NTORQ 150) आधिकारिक रूपमा सार्वजनिक गरेको छ। नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सको सहकार्यमा यो नयाँ स्कुटर भित्र्याइएको हो। दमदार इन्जिन र उत्कृष्ट पर्फर्मेन्स एनटर्क १५० मा १४९.७ सीसीको शक्तिशाली इन्जिन जडान गरिएको छ। यस इन्जिनले १३.२ पीएस (PS) पावर र १४.२ एनएम (Nm) टर्क उत्पादन गर्दछ। कम्पनीका अनुसार यो स्कुटरले मात्र ६.३ सेकेन्डमा ० देखि ६० किमी प्रतिघण्टाको गति लिन सक्छ भने… पुरा पढौ

पारामाउन्ट मोटर्सको चाडपर्व अफर: एमजीका गाडी खरिदमा रू ३ लाखसम्म बचत

काठमाडौं, ११ असाेज। एमजी मोटर नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आगामी चाडपर्वलाई लक्षित गर्दै विशेष छुट तथा सुविधा योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ (Drive More, Celebrate More) नाम दिएर यो अफर बजारमा ल्याएको हो। यस अफरअन्तर्गत ग्राहकहरूले एमजीका विभिन्न मोडलका गाडी खरिद गर्दा ३ लाख रुपैयाँसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ। असोज ६ गतेदेखि सुरु भएको यो योजना छठ पर्वसम्म लागू हुनेछ। अफर अवधिभर एमजीका गाडी खरिद गर्ने ग्राहकले निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क १… पुरा पढौ

स्याकार ट्रेडिङ्ग कम्पनी र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता

काठमाडौं, १० असाेज । नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच होन्डाका ग्राहकहरूलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। यस सहकार्यको मुख्य उद्देश्य ग्राहकहरूलाई नयाँ होण्डा गाडी खरिद गर्न आर्थिक रूपले सहज बनाउनु रहेको कम्पनीले जनाएको छ । सम्झौता अनुसार, एनआईसी एशिया बैंकले होण्डाका ग्राहकहरूलाई आकर्षक तथा कम ब्याजदरमा सजिलो फाइनान्सिङ (सवारी कर्जा) को सुविधा प्रदान गर्नेछ। यस सुविधा अन्तर्गत ग्राहकहरूले कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ कार्यदिन भित्रमा… पुरा पढौ

पोखरामा सीएफमोटोको थ्रीएस आउटलेट सञ्चालनमा

पोखरा, १० असाेज। प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस (सेल्स, सर्भिस एन्ड स्पेयर पार्ट्स) आउटलेट सञ्चालनमा ल्याएको छ । ऋषि ट्रेड सेन्टर (आरटीसी)को आधिकारिक वितरणमा रहेको सीएफमोटोको नयाँ आउटलेट हिमालय अटो नेक्सस प्रालिले शनिबारदेखि सञ्चालनमा ल्याएको हो । बुद्धचोकमा रहेको सोरूम र शिवचोकमा रहेको सर्भिस सेन्टरको उद्घाटन पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले गरिन् । उद्घाटन समारोहमा  पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसियसन (वाडा) का अध्यक्ष दीपेन्द्र कोइराला, पोखरा उद्योग वाणिज्य संघका सदस्य केशव ढकाल लगायतको… पुरा पढौ

हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सबीच ८० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता

काठमाडौं, ९ असाेज। नेपालमा वातावरणमैत्री, आधुनिक र दिगो यातायात सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच सवारी कर्जासम्बन्धी रणनीतिक सम्झौता भएको छ। यस सम्झौतासँगै अब ग्राहकहरूले हिमालय अर्गनाइजेसनद्वारा बिक्री-वितरण गरिने सम्पूर्ण कमर्सियल तथा विद्युतीय सवारी साधनको खरिदमा ८० प्रतिशतसम्म सहज र झन्झटरहित फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन्। सम्झौता पत्रमा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कपिल सिवाकोटी र गोर्खाज फाइनान्सका सिइओ ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरेका हुन्। कर्जा सुविधाका मुख्य विशेषताहरू कर्जा सीमा र अवधि: प्रतिस्पर्धी ब्याजदरमा ७… पुरा पढौ

होण्डाले ल्यायो चाडपर्व लक्षित अफर, नयाँ कार खरिदमा १० लाखसम्म छुट

काठमाडौं, ९ असाेज । नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले आफ्ना ग्राहकहरुका लागि 'FESTIVE OFFER HONDA को सफर' नामक विशेष योजना सार्वजनिक गरेको छ। ग्राहकहरुको चाडपर्वलाई अझै विशेष र खुसीयालीपूर्ण बनाउने उद्देश्यका साथ कम्पनीले यो योजना बजारमा ल्याएको हो। जसमा ग्राहकहरुले होण्डाको नयाँ कार खरिद गर्दा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। यस अफर अन्तर्गत ग्राहकहरुको थप सुविधालाई ध्यानमा राख्दै नयाँ कार खरिदमा… पुरा पढौ

मुक्तिनाथ विकास बैंकले अटोवेजसँगकाे सहकार्यमा बुल मेशिन खरिदमा ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं, ८ असाेज। नेपालको निर्माण क्षेत्रलाई प्रविधिमैत्री र सशक्त बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंक लिमिटेड र निर्माण उपकरण बुल मेसिनको आधिकारिक वितरक अटोवेज प्रा.लि.बीच सहज कर्जा उपलब्ध गराउनेसम्बन्धी महत्त्वपूर्ण सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट गण्डकी रिजन प्रमुख बाबुराम ढकाल र अटोवेज प्रा.लि.का तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन। निर्माण व्यवसायी तथा ग्राहकहरूलाई आवश्यक आधुनिक निर्माण उपकरण खरिदमा वित्तीय पहुँच सहज बनाउन दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार ग्राहकले खरिद गर्ने बुल मेसिनलाई नै… पुरा पढौ

हुन्डाईको ‘अल-न्यू भेन्यू’ पोखरामा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार

पोखरा, ७ असाेज । हुन्डाईको चर्चित र लोकप्रिय कम्प्याक्ट एसयूभी ‘अल-न्यू भेन्यू’ (All-New VENUE) पोखरामा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नयाँ मोडल सार्वजनिक भएसँगै पोखरा तथा यस आसपासका ग्राहकहरूले हुन्डाईको नयाँ र आधुनिक कम्प्याक्ट एसयूभीको प्रत्यक्ष अनुभव लिन पाउने भएका छन्। आकर्षक र बोल्ड डिजाइनमा तयार पारिएको अल-न्यू भेन्यूमा आरामदायी फिचर, अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमता (पर्फर्मेन्स) को सम्मिश्रण रहेको छ। गाडीको बाहिरी बनावटलाई आकर्षक बनाउन 'ट्विन हर्न एलइडी डिआरएल' (Twin Horn LED DRLs), 'होराइजन एलइडी रियर कम्बिनेसन ल्याम्प', 'डार्क… पुरा पढौ

बाढीबाट अटोमोबाइल क्षेत्रकाे क्षतिबारे नाडा र भन्सार विभागबीच छलफल

काठमाडौं, ७ असोज । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भूषालसँग भेट गरी हालै रसुवामा गएको भीषण बाढीका कारण अटोमोबाइल क्षेत्रमा पुगेको क्षति र देखा परेका समस्याबारे विस्तृत छलफल गरेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको टोलीले आज (बुधबार) महानिर्देशक भूषालसँग उक्त भेटघाट गरेको हो। छलफलका क्रममा नाडाका अध्यक्ष उप्रेतीले गत भाद्र १० गते रसुवा र टिमुरे लगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण चाडपर्व (दशैँ) लक्षित गरी चीनबाट आयात गरिएका सयौँ सवारी साधनमध्ये… पुरा पढौ

बाढीबाट प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

काठमाडौं, ६ असाेज । हालै भोटेकोसी क्षेत्रमा आएको बाढी तथा डुबानका कारण अटोमोबाइल क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रभावित सदस्य तथा व्यवसायीहरूलाई आवश्यक सहजीकरण र राहतका लागि पहल सुरु भइसकेको जानकारी दिएका हुन्। बाढीका कारण भन्सार नाका तथा विभिन्न स्थानमा आयातित सवारीसाधन क्षति हुनुका साथै हराएको र व्यवसायीका गोदाम, कार्यालय, उपकरण तथा अन्य व्यावसायिक सम्पत्तिमा समेत ठूलो नोक्सानी पुगेको नाडाले जनाएको छ।… पुरा पढौ