अटाे 🚙

हिरोकाे आधिकारिक बिक्रेता बन्याे चौधरी समूह, नवलपुरमा एसेम्बल उद्योग खाेल्दै

काठमाडौं, ९ माघ । दुई पांग्रे सवारी साधन बिक्री गर्दै आएको ज्योति ग्रुप साे कार्यबाट बिमुख भएपछि त्यसकाे कार्यभार चाैधरी समूहमा गएकाे छ । अब यसकाे अधिकृत बिक्रेता खोसिएर चाैधरी समूहमा गएको छ। हिरो माेटरसाइकल ब्रान्डकाे आधिकारिक बिक्रेताकाे रुपमा चाैधरी समूह नियुक्त भएपछि उस्ले काराेबार गर्नेछ । ज्याेति समूहले हिराेकाे प्राेडक्टहरुकाे बिक्रीमा बढाेत्तरी गर्न सकेकाे थिएन । उनीहरुमा देखिएकाे आन्तरीक समस्याकाे कारण पनि हिराेकाे बिक्रीमा प्रगति नभएकाे जनाइएकाे छ । हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नेपालमा एसेम्बलिङ उत्पादनका लागि… पुरा पढौ

६ लाख थान स्मार्ट लाइसेन्स नेपाल आइसक्यो: यातायात व्यवस्था विभाग

काठमाडौं, ५ माघ । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो । सम्झौताअनुरुप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा छ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उनले… पुरा पढौ

सन् २०२३ मा बिएमडब्ल्यू २५ लाख ६० हजार कार बिक्री गर्न सफल

बर्लिन, २४ पुस । जर्मन कार निर्माता कम्पनी बिएमडब्ल्यू ग्रुपले मिनी रोल्स रोयस कारको विश्वव्यापी बिक्रीमा वार्षिकरूपमा ६.५ प्रतिशतले वृद्धि गरी सन् २०२३ मा २५ लाख ६० हजार पुगेको मङ्गलबार जनाएको छ । ब्याट्रीबाट चल्ने विद्युतीय बाहन (बीईभी) को डेलिभरी वार्षिक रूपमा ७४.४ प्रतिशतले बढेर तीन लाख ७६ हजार भन्दा बढी सङ्ख्या पुगेको कम्पनीले जनाएको छ । बिएमडब्ल्यू एजीको बोर्ड अफ म्यानेजमेन्टका सदस्य जोचेन गोलरले भने, “हाम्रा नयाँ, अत्यधिक आकर्षक र प्राविधिक रूपमा उत्कृष्ट सवारी साधनहरूको साथ, हामी २०२३ मा… पुरा पढौ

सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा

भरतपुर, २३ पुस । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् । झण्डै दुई महिनादेखि चार्जिङ स्टेसन बिग्रेको हो । सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्र्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रेको जनाइएको छ । हाल एउटा एसी चार्जर मात्र सञ्चालनमा छ । एसी चार्जरबाट सवारीसाधन चार्ज गर्दा ढिलो हुन्छ । गाडी चार्ज गर्न आएका गोरखाका धु्रव गुरुङले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको गुनासो गरे।… पुरा पढौ

अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडाको नयाँ केन्द्रीय कार्यसमिति बिस्तार

काठमाडौं, २२ पुस । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नवनिर्वाचित अध्यक्ष करण चौधरीको अध्यक्षतामा आज बसेकाे केन्द्रीय कार्य समितिको पहिलो बैठकले नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन गरेको जानकारी दिएको छ । पुस २० गते काठमाडौंमा सम्पन्न नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४७ औं वार्षिक साधारण सभाले करण चौधरीलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको थियाे । सो साधारण सभाले १७ जना केन्द्रीय कार्यसमिति सदस्यहरुलाई समेत सर्वसम्मत निर्वाचित गरेको थियो । नवनिर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा आज बसेको नाडा केन्द्रीय कार्य… पुरा पढौ

नाडा अध्यक्षमा करण चौधरीसहित २४ सदस्यीय कार्यसमिति सर्वसम्मत

काठमाडौं, २१ पुस । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका छन्। नाडाकाे ४७औं साधारण सभाबाट चौधरी निर्विरोध अध्यक्ष निर्वाचित भएका हुन्। अध्यक्षकाे उम्मेदवार रहेका आकाश गोल्छासँग सहमति भएपछि करण चाैधरी निर्विरोध निर्वाचित भएका हुन्। नाडकाे कार्यसमितिका २४ जना सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन्। सदस्यमा राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल रहेका छन् । यस्तै दीपेन्द्रकुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा रहेका छन्। साथै निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान… पुरा पढौ

पृथ्वी राजमार्ग बस संचालक कम्पनी अब पूर्ण अटोमेशनमा, यात्रुले अनलाइनबाटै टिकट काट्न सक्ने

पोखरा, १८ पुस । देशकै अग्रणी सार्वजनिक यातायात सेवा प्रदायक कम्पनी पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि. पूर्ण अटोमेशनमा गएको छ । पछिल्लो समयमा प्रविधिको प्रयोग तिब्र रुपले बढिरहको अवस्थामा यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवा दिनका लागि पृथ्वी राजमार्ग बस संचालक कम्पनी पनि पूर्ण अटोमेशनमा गएको आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । अटोमेशनमा गएसंगै अब पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.का सवारी साधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट… पुरा पढौ

काठमाडौं-पोखरा र काठमाडौं-सुनौली पर्यटक बससेवा

काठमाडौं, १७ पुस । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौँ–पोखरा र काठमाडौँ–सुनौली पर्यटक बससेवा सुरु भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न चार कम्पनीले सोफासहितको ६ नयाँ बस सञ्चालनमा ल्याई यात्रुलाई सेवा प्रदान गरेका हुन् । बाबा एडभेन्चर टुर्स एन्ड ट्राभल्स, रेम्बो एडभेन्चर टुर्स एन्ड ट्राभल्स, यती एडभेन्चर टुर्स एन्ड ट्राभल्स, ब्ल्यू लाइन ट्राभल एन्ड टुर्सले काठमाडौँदेखि पोखरा र काठमाडौँदेखि सुनौली जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बस सञ्चालनमा ल्याएका हुन् ।… पुरा पढौ

नयाँ वर्षकाे आकर्षण : हुन्डाई गाडी खरिदमा पाँच लाखसम्म छुट

काठमाडाैं, १६ पुस । लक्ष्मी इन्टरकन्टिनेन्टलले अंग्रेजी नयाँ वर्ष २०२४ काे अवसर पारेर हुन्डाई नयाँ बर्ष डिलाइट २०२४ योजना सार्वजनिक गरेकाे छ । यस याेजना अन्तर्गत कम्पनीले पुस १६ गते साेमबारदेखि देशभर रहेका शोरुमहरूबाट ग्राहकलाई हुन्डाईका गाडीकाे खरिदमा आकर्षक छुट दिएको जनाएकाे छ । गाडी खरिदमा ग्राहकले रूपैयाँ ५ लाखसम्मको नगद छुट पाउनेछन् । विद्युतीय गाडीको खरिदमा प्रोत्साहनका लागि रूपैयाँ ५० हजार सम्मको गो–ग्रीन बोनस पाउने भएका छन् । यसका साथै गाडीको मोडल इएरको आधारमा रूपैयाँ लाखसम्मको छुट पाउनेछन्। गाडी… पुरा पढौ

नाडाकाे अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन हुदैं

काठमाडौं, ४ पुस । नाडा अटाे माेवाइल्स डिलर्स एसाेसिएसनकाे अबकाे अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन भएका छन् । अध्यक्षका आकांक्षी रहेका आकाश गाेल्छासँग आलाेपालाेकाे सहमतिपछि पहिलो कार्यकालका लागि चौधरी अध्यक्ष चयन हुने भएका हुन् । चौधरी अघिल्लो चुनावमा हालका अध्यक्षमा ध्रुब थापासँग पराजित भएका थिए । अहिले उनै अध्यक्ष थापाकै बिशेष पहलमा आकांक्षीहरुलाई राखेर सहमति गराइएकाे बताइएकाे छ। अन्य पदाधिकारी समेत सर्वसम्मत गर्ने प्रयास भइरहेकाे बताइएकाे छ । यही पाैषकाे तेस्राे साता हुने नाडाकाे साधारण सभा तथा अधिबेशनले अध्यक्षमा करण… पुरा पढौ