अटाे 🚙

पोखरामा ‘ओमोडा इ५ प्रो’ शुक्रबार सार्वजनिक हुने

पोखरा,२१ जेष्ठ । गण्डकी प्रदेशका लागि ‘ओमोडा जेको’ तथा ‘आइकार’ सवारी साधनहरूको आधिकारिक विक्रेता इलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ‘ओमोडा इ५ प्रो’ शुक्रबार सार्वजनिक गर्ने भएको छ । पोखरा इभेन्ट सेन्टरमा विशेष कार्यक्रमसहित गाडी सार्वजनिक हुने इलाइट मोटर्सका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए । यसैबीच, सो अवसरलाई कम्पनीले ‘सेलिब्रेसन इभेन्ट’समेत गर्ने भएको छ । यस अगाडि पोखरामा बिक्री भएका ओमोडा, जेको र आइकारका ग्राहकलाई भेला गराउने तयारी कम्पनीले गरेको छ । सो अवसरमा सहभागी ग्राहकले आफ्नो ब्राण्डको ब्याट्री वारेन्टीलाई… पुरा पढौ

महानगरद्वारा चक्रपथमा विद्युतीय बस सेवा विस्तार

काठमाडौं, २१ जेठ। महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकाको चक्रपथमा बुधबारदेखि सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ । विद्युतीय बस सञ्चालन खर्च कम र प्राविधिक सरल भएकाले डिजेल बसको तुलनामा राम्रो आम्दानी भइरहेको बताइएको छ । अत्याधुनिक सुविधा समावेश गरिएका आरामदायी सिटको व्यवस्था गरिएको नयाँ विद्युतीय बसहरू ३३ सिट क्षमताका छन् । यात्रु सुरक्षाका आधुनिक प्रणाली तथा व्यवस्थित संरचनाका कारण… पुरा पढौ

भदौ ९ देखि नाडा अटो शो २०२६ हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं, १९ जेठ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा आगामी भदौमा ‘नाडा अटो शो २०२६’ हुने भएको छ। नाडाले एक प्रेस विज्ञप्ति जारी गर्दै सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको भव्य प्रदर्शनीको १८औँ संस्करण आयोजना गर्न लागेको जानकारी दिएको हो। उक्त प्रदर्शनी आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ। जेठ २६ सम्म स्टल बुकिङको समय नाडा अटो शो २०२६ मा सहभागी हुन चाहने कम्पनी तथा संस्थाहरूका लागि नाडाले स्टल बुकिङ खुल्ला गरिसकेको… पुरा पढौ

चार अर्ब २ करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज (पर्सा), १८ जेठ। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार अर्ब दुई करोड मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात रु दुई अर्ब ३७ करोड अर्थात् १४३ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज नाका हुँदै चालु आवमा १५ हजार २७१ वटा विभिन्न थरिका विद्युतीय सवारीसाधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको… पुरा पढौ

दश महिनामा ३१ अर्ब एकतिस करोडका गाडी आयात

वीरगञ्ज (पर्सा), १७ जेठ। चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ३१ अर्ब ३१ करोड मूल्यबराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् । गत आवको सोही अवधिको तुलनामा चालु आवको यो अवधिमा रु नौ अर्ब ६५ करोडले आयात बढेको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सवारीसाधन र पार्टपुर्जाको आयात बढेसँगै चालु आवको १० महिनामा रु २० अर्ब ५२ अर्ब राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु १६ अर्ब ६४ करोड राजस्व सङ्कलन… पुरा पढौ

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

कास्की, १३ जेठ। पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । पोखरा उपत्यका नगर विकास समितिले पूर्वन्यायाधीश शङ्करराज बरालको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा पूर्वजिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्यसचिव रहनुभएको छ । बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको १९६ रोपनी जग्गामध्ये राजमार्ग विस्तारका क्रममा करिब… पुरा पढौ

बुटवल-पाल्पा सुरुङमार्गमा असोजदेखि यातायात सञ्चालन गरिने

सिद्धार्थनगर (भैरहवा), ११ जेठ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ । आयोजनाले सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ । आयोजनाका अनुसार सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ । पाँच वर्षे निर्माण अवधि तय गरिएको उक्त आयोजना ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडलमा निर्माण भइरहेको छ । यस ‘मोडल’अन्तर्गत ‘डिजाइन’, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण… पुरा पढौ

इभी गाडी आयात-२१ अर्ब बाहिरिँदा साढे १२ अर्ब राजस्व संकलन

काठमाडौं, ९ जेठ। चालू आर्थिक वर्ष २०८२/८३ को पछिल्लो दश महिना (साउनदेखि वैशाख मसान्त) को अवधिमा नेपालमा १६ हजारभन्दा बढी विद्युतीय सवारी साधन (इभी) आयात भएका छन्। भन्सार विभागले सार्वजनिक गरेको चालू आवको वैदेशिक व्यापारको ताजा तथ्यांक अनुसार यस अवधिमा कुल १६ हजार ३९२ थान इभी नेपाल भित्रिएका हुन्। चीन र भारतका विभिन्न सीमा नाका हुँदै भित्रिएका यी विद्युतीय सवारीको आयातका लागि नेपालबाट अर्बौ रुपैयाँ बाहिरिएको छ भने सरकारले पनि यसबाट उल्लेख्य राजस्व संकलन गरेको छ। २१ अर्बभन्दा बढी रकम… पुरा पढौ

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं, ९ जेठ। काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो । यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय… पुरा पढौ

नयाँ सार्वजनिक सवारी दर्ता रोक्ने सरकारको निर्णयप्रति नाडाको आपत्ति: कारण स्पष्ट पार्न माग

काठमाडौं, ८ जेठ । सरकारले नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया रोक्ने निर्णय गरेपछि अटो व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले गम्भीर आपत्ति जनाएको छ। नाडाले सरकारले के कारणले र कति समयका लागि यो निर्णय गरेको हो, त्यसको उद्देश्य र कारण तुरुन्त स्पष्ट पार्न माग गरेको छ। शुक्रबार बसेको अटो व्यवसायीहरूको आकस्मिक बैठकले सरोकारवाला पक्षहरूसँग कुनै पनि छलफल र पूर्वसूचना बिना सरकारले एकलौटी रूपमा सवारी दर्ता रोकेको निष्कर्ष निकालेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यो… पुरा पढौ