अटाे 🚙

नाइमा अटो एक्स्पो सुरु: डोङफेङका नयाँ विद्युतीय बसहरू सार्वजनिक गरिँदै

काठमाडौं, २६ साउन। राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आजदेखि अटोमोबाइल क्षेत्रको बृहत् प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ औपचारिक रूपमा सुरु भएको छ। एक्स्पोकै अवसर पारेर हिमालयन अर्गनाइजेसन अन्तर्गतको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रसिद्ध ब्रान्ड डोङफेङ (DONGFENG) का ठूला विद्युतीय बसहरू नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। नेपाल सरकारले ठूला विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने नीति अंगीकार गरेको र बजारमा पनि ठूला ईभी बसको माग बढ्दै गएकाले डोङफेङका बसहरू भित्र्याइएको कम्पनीले जनाएको छ। यसअघि हिमालयन अर्गनाइजेसनले भारतको फोर्स मोटर्स र चीनको… पुरा पढौ

पोखरामा सार्वजनिक भयो टीभीएस ‘अरबिटर’ ईभी, १५८ किमि रेन्ज र ३४ लिटर बुट स्पेस

पोखरा, २४ साउन । टीभीएस मोटर कम्पनीले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस अरबिटर ईभी पोखरामा सार्वजनिक गरेको छ। जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जालमार्फत सार्वजनिक गरिएको अरबिटरलाई कम्पनीले सहरी यात्राका लागि स्मार्ट, दिगो र सुविधाजनक विद्युतीय मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ। कम्पनीका अनुसार अरबिटरमा ३.१ किलोवाट–आवरको ब्याट्री जडान गरिएको छ, जसले १५८ किलोमिटरको आइडीएस रेन्ज प्रदान गर्छ। स्कुटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, पार्किङ असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ तथा इको र पावर मोडजस्ता सुविधा उपलब्ध छन्।… पुरा पढौ

नाईमा अटो एक्स्पो भदौ २६ देखि-डोङफेङका नयाँ बस सार्वजनिक हुने, बुकिङमा विशेष छुट

काठमाडाैं, २४ साउन । हिमालयन अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ २६ गतेदेखि आयोजना हुने नाईमा अटो एक्स्पोमा चीनको बहुप्रतिष्ठित ब्रान्ड डोङफेङ (DONGFENG) का बसहरू सार्वजनिक गर्ने भएको छ। कम्पनीले एक्स्पोमा दुईवटा मोडलका बसहरू प्रदर्शनमा ल्याउने जानकारी दिएको छ। नेपाल सरकारले ठूला विद्युतीय बसहरूलाई प्राथमिकता दिने नीति लिएको र बजारमा पनि ठूला बसको माग बढेकाले आयाम इन्टरकन्टिनेन्टलले डोङफेङ ब्रान्डका बसहरू भित्र्याएको हो। यसअघि हिमालयन अर्गनाइजेसनले भारतको फोर्स मोटर्स र चीनको साइक (SAIC) ग्रुप अन्तर्गतको म्याक्सस (MAXUS) ब्रान्डका सवारी… पुरा पढौ

बीवाइडीको आधिकारिक सर्भिस सेन्टर पोखरामा सञ्चालन

पोखरा, २२ साउन । पोखरा महानगरपालिका–१० बुद्धचोकमा बीवाइडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आएको छ। साइमेक्स इंक प्रालिको आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिले सञ्चालनमा ल्याएको सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभयो। नयाँ सेन्टर सञ्चालनसँगै पोखरामा बीवाइडीको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको थ्री–एस सुविधा पूर्ण रूपमा उपलब्ध भएको कम्पनीले जनाएको छ। अब गण्डकी प्रदेशका ग्राहकले कम्पनीबाट तालिमप्राप्त प्राविधिकमार्फत जेन्युइन स्पेयर पार्ट्स, वारेन्टी, ब्याट्री परीक्षण, मर्मत तथा अन्य बिक्रीपछिका सेवा एउटै आधिकारिक केन्द्रबाट प्राप्त गर्नेछन्। करिब ७ हजार २ सय ३३… पुरा पढौ

अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

महेन्द्रनगर, २० साउन । कञ्चनपुरमा भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक स्कुटर आयात बढेपछि स्थानीय प्रशासनले कडाइ गरेको छ । पछिल्लो एक महिनामा मात्र भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएका तथा दर्ता नगरी सञ्चालनमा रहेका १२ वटा इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको छ । खुला सीमा नाका रहेको कञ्चनपुरका विभिन्न स्थानबाट नयाँ इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने क्रम बढेको छ । कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत… पुरा पढौ

सांघाई अटो एक्स्पोमा सहभागी हुने टाेलीलाई बिदाई

पोखरा, १७ साउन । चीनको सांघाईमा आयोजना हुने अन्तर्राष्ट्रिय अटो एक्स्पो तथा तालिम कार्यक्रममा सहभागी हुन नेपालबाट ३० जना अटो मेकानिक्सको टोली चीन प्रस्थान गर्ने भएको छ। ‘एपेस सोर्सिङ एण्ड म्याचिङ कन्फरेन्स–२०२६’ को निमन्त्रणामा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको नेतृत्वमा जान लागेको उक्त टोलीमा पोखराका २२ जनासहित देशभरका ३० जना मेकानिक्सहरू रहेका छन्। सोमबार चीनतर्फ उड्ने उक्त टोलीलाई आइतबार पोखरामा एक विशेष कार्यक्रमका बिच बिदाइ गरिएको छ। गण्डकी अटो मेकानिकल्स एसोसिएसनका कार्यवाहक अध्यक्ष नवराज सुनार, पूर्व अध्यक्ष सनतकुमार भट्टराई, सल्लाहकारहरू… पुरा पढौ

अब पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं, ५ साउन । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्वसहमति नलिइ कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रुपमा मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ । सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्गभन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाडामा लिनुपर्नेछ । कार्यालयको कार्य सम्पादनजका लागि सरकारी… पुरा पढौ

पोखरामा सीजी मोटर्सको नयाँ मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

पोखरा, १ साउन । नेपालमा आयोन, एक्सपेङ र डायुन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्स प्रालिले पोखरामा आफ्नो नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ। गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीम कार्कीले बिहीबार आयोजित एक समारोहबीच आउटलेटको उद्घाटन गरेका हुन्। नयाँ आउटलेटमार्फत ग्राहकले एउटै छानामुनि तीन विश्वप्रसिद्ध विद्युतीय सवारी ब्रान्डका अत्याधुनिक मोडेल अवलोकन गर्न, व्यक्तिगत परामर्श लिन, टेस्ट ड्राइभ गर्न तथा बिक्रीपछिको सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। कार्यक्रममा बोल्दै मन्त्री कार्कीले गुणस्तरीय सेवा र दीर्घकालीन ग्राहक… पुरा पढौ

एमजी कमेट ईभी खरिदमा नयाँ अफर: अब दैनिक ५२० रुपैयाँको ईएमआईमै घर लैजान सकिने

काठमाडौं, २६ असार । नेपालका लागि एमजी (मो्रिस ग्यारेज) गाडीको आधिकारिक विक्रेता, गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी. ओ. अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट र स्मार्ट विद्युतीय कार एमजी कमेट ईभी (MG Comet EV) खरिदलाई थप सहज बनाउन नयाँ दैनिक ईएमआई (EMI) योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकले अब दैनिक ५२० रुपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँको किस्तामा एमजी कमेट ईभी आफ्नो बनाउन सक्नेछन् । यो खर्च दैनिक ट्याक्सी बुकिङ गर्ने वा व्यक्तिगत चालक (ड्राइभर) राख्ने… पुरा पढौ

सवारी साधनबाट कालो सिसा हटाउने विषयमा नाडा र ट्राफिक प्रहरीबीच छलफल

काठमाडौं, १५ असार । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सवारी साधनहरूमा प्रयोग भइरहेको कालो सिसा (टिन्टेड ग्लास) हटाउने सम्बन्धमा विस्तृत छलफल भएको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेसँग भेट गरी यस विषयमा छलफल गरेको हो। अपराधिक गतिविधि नियन्त्रणका लागि कालो सिसा हटाउनुपर्ने: ट्राफिक प्रमुख काफ्ले छलफलका क्रममा ट्राफिक प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासमा समेत नभएका कालो सिसा भएका सवारी साधनहरू… पुरा पढौ