आर्थिक 📈

मुक्तिनाथ रेमिटको भुक्तानी आईसिएफसि फाईनान्सको शाखाहरूबाट हुने

काठमाडौं, २२ असोज । मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आई सि एफ सि फाईनान्सको शाखा कार्यालयहरुबाट लिन सकिने भएको छ । मुक्तिनाथ विकास बैंक लि र आई सि एफ सि फाईनान्सबिच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र आई सि एफ सि फाईनान्सको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेण्ठले हस्ताक्षर गरे । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंक लि.को रेमिट सेवाको झुक्तानी आई सि एफ सि… पुरा पढौ

हरित जलवायु कोषद्वारा ६ अर्बको परियोजना प्रस्ताव स्वीकृत

काठमाडौं, २२ असोज । हरित जलवायु कोषले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आधुनिक, दक्षतायुक्त तथा जलवायुमैत्री स्वच्छ खाना पकाउने ऊर्जाको प्रवद्र्धनबाट हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा सघाउ पु¥याउने प्रस्ताव स्वीकृत गरेको छ । केन्द्रको उक्त प्रस्ताव कोषको ३० औँ बोर्ड बैठकबाट हालै स्वीकृत भएको केन्द्रले जनाएको छ । कूल ४९.१५ मिलियन युएस डलर (करिब पाँच अर्ब ८९ करोड ८६ लाख बराबर रकम) को उक्त परियोजनाअन्तर्गत पाँच वर्षभित्र नेपालको तराई क्षेत्रको २२ जिल्लाका १५० स्थानीय तहमा १० लाख खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि… पुरा पढौ

सुनको भाउ उकालो लाग्दै, चाँदीको स्थिर

कठमाडौं, २२ असोज । हामी यतिबेला चाडपर्वको माहौलमा छौं । वडादशैं शुरु भईसकेको छ भने यसपछि तिहार, छठ, नेपाल संवत, ल्होसार लगायतका पर्वहरु आउँदै छन् । नेपाली समाजमा चाडपर्वको बेलामा गच्छेअनुसार गरगहना लगाउने, इष्टमित्र र आफन्तसंगको भेटघाट बाक्लै हुने गर्छ । वर्षाको थकानपछि चावपर्वको मेलो सर्ने भएकोले बजारमा पनि निकै चहलपहल पनि बढ्ने गर्दछ । यो बेला कोरोनाको संक्रमण पूर्ण रुपमा निष्तेज नभएकोले स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई लागू गरेर आफ्नो दैनिकी चलाउन अति आवश्यक छ । सरकारले पनि यहि कुरा सुझाई… पुरा पढौ

सिटिजन्स बैंकको मूल्य समायोजन, कारोबार आईतबारबाट खुल्ने

काठमाडौं, २२ असोज । आजदेखि सिटिजन्स बैंक इन्टरनेशनलको नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरणको लागि बैंकले बुक क्लोज गरेसंगै नेप्सेबाट शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम भएकाे हाे । नेप्सेले बैंकको १२.९१ प्रतिशत बोनस शेयरलाई समायोजन गरेको छ । समायोजन भएपछि शेयरमूल्य ३५२ रुपैयाँ ४८ पैसा भएको छ । अघिल्लो कारोबारको बेला शेयरमूल्य ३९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले आगामी साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट १२.९१ प्रतिशत बोनस शेयर… पुरा पढौ

सामलिङ पावरले कार्तिक ४ गतेदेखि ७ करोड ३० लाखको आइपीओ बिक्रीमा ल्याउँदै

काठमाडौं, २२ असोज । सामलिङ पावर कम्पनीले कार्तिक ४ गतेदेखि सर्वसाधारणका लागि ७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको छ । कम्पनीका अनुसार १०० रुपैयाँ मूल्य अंकित ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिने भएको हो । निष्काशन हुने कुल शेयरको २ प्रतिशतले हुने १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको छ । त्यसबाट ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सामुहिक लगानी कोषका लागि रहेको छ । सर्वसाधारणले बाँकी रहेको ६ लाख ७८ हजार… पुरा पढौ

रसुवामा चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

रसुवा, २२ असोज । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार परीक्षणलाई तीव्ररूपमा अगाडि बढाइएको हो । दैनिकरूपमा आयात हुने सामग्रीलाई टिमुरेस्थित भोटेकोसी खोलाबगरमा रहेको भन्सार हाताभित्र पल्टाइ परीक्षण गर्ने गरिएको छ । खोलाबगरको चिसो हावा एवं धुलो मैलालाई कुनै प्रवाह नगरी जाँचकीद्वारा छिटोभन्दा छिटो परीक्षण भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेका… पुरा पढौ

खसी, बोका र भेडाच्याङ्ग्राको परीक्षण सुरु

काठमाडाैं, २२ असाेज । काठमाडौं महानगरपालिकाले खसी, बोका, भेडाच्याङ्ग्राको परीक्षण सुरु गरेको छ । कामपाले पशु सेवा विभाग र वाग्मती प्रदेशको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्यमा परीक्षण सुरु गरेको हो । परीक्षणका क्रममा मासु खान योग्य देखियो भने सिङमा हरियो रङ लगाइन्छ । बिरामी भएर खान अयोग्य भेटियो भने सिङमा रातो रङ लगाइन्छ । बिरामी भेटिएका चौपायाको नमूना सङ्कलन गरेर परीक्षण पनि हुनेछ । कामापा वरिष्ठ पशु चिकित्सक डा अवधेश झाका कामपाभित्रका दसैँ लक्षित चौपाया बजार कलङ्की,… पुरा पढौ

तरलताको समस्या समाधान गर्न परिसंघकाे आग्रह

काठमाडाैं, २२ असाेज । बैंक तथा वित्तीय संस्थामा तरलताको दबाब बढ्दै गएको र ब्याजदरमा समेत वृद्धि भइरहेकामा नेपाल उद्योग परिसङ्घले ध्यानाकर्षण भएको जनाएको छ । तरलता र ब्याजदरमा परेको चापप्रति सरकार र नेपाल राष्ट्र बैंकले चनाखो हुने हो भने यो समस्या समाधान हुने परिसङ्घको बुझाइ छ । बैंक तथा वित्तीय संस्थाले हाल तरलताको चाप देखिनुको मुख्य कारण कर्जा स्रोत परिचालन अनुपात हटाई कर्जा–निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुलाई मानेको भन्दै परिसङ्घले चाडपर्वका समयमा नयाँ मुद्रा निकाल्ने प्रचलनलेसमेत तरलतामा चाप परेको… पुरा पढौ

७ वाणिज्य बैंकले घोषणा गरे लाभांश,कुन बैंकले कति दिदैंछन ?

काठमाडौं, २१ असोज । हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । आज बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका हुन् । बैंकहरुले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ । लाभांश प्रस्ताव गरेका सात वाणिज्य बैंकमध्ये… पुरा पढौ

मुक्तिनाथ कृषि कम्पनीले आइपिओ जारी गर्ने

काठमाडाैं, २१ असाेज । १ अर्ब अधिकृत पुँजि र ४० करोड जारी पुँजी सहित २०७५ सालमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले आइपिओ जारी गर्ने भएकाे छ । सर्वसाधारणको लागि छुट्याइएको १० प्रतिशत शेयर बिक्रीका लागी याे आइपिओ जारी गर्न लागेकाे हाे । अाज मुक्तिनाथ कृषि कम्पनी लि. का कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्स लि. का प्रमुख कार्यकारी अधिकृत सवीरबादे श्रेष्ठले एक समारोहका बीच धितोपत्र निष्काशन व्यवस्थापनको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । कार्यक्रमा मुक्तिनाथ कृषि कम्पनी… पुरा पढौ