आर्थिक 📈

मुक्तिनाथ कृषि कम्पनीले आइपिओ जारी गर्ने

काठमाडाैं, २१ असाेज । १ अर्ब अधिकृत पुँजि र ४० करोड जारी पुँजी सहित २०७५ सालमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले आइपिओ जारी गर्ने भएकाे छ । सर्वसाधारणको लागि छुट्याइएको १० प्रतिशत शेयर बिक्रीका लागी याे आइपिओ जारी गर्न लागेकाे हाे । अाज मुक्तिनाथ कृषि कम्पनी लि. का कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्स लि. का प्रमुख कार्यकारी अधिकृत सवीरबादे श्रेष्ठले एक समारोहका बीच धितोपत्र निष्काशन व्यवस्थापनको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । कार्यक्रमा मुक्तिनाथ कृषि कम्पनी… पुरा पढौ

बुद्धभूमिकाे आइपीओ शुक्रबारबाट बाँडफाँड गरिदैं, २० लाख बढी आवेदकले नपाउने

काठमाडौं, २१ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर शुक्रबार बाँडफाँड गरिने भएको छ । कम्पनीका अनुसार सर्वसाधारणका लागि खुल्ला गरिएको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरको ८ लाख कित्ता शेयर निष्काशन गरिएको थियो । जम्मा शेयरबाट कर्मचारीका लागि १६ हजार कित्ता र सामूहिक लगानी कोषका लागि ४० हजार कित्ता छुट्याईएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ । शेयर… पुरा पढौ

एकरूपता ल्याउन मासुको मूल्य निर्धारण गरियाे

काठमाडौं, २१ असोज । मासु व्यवसायीहरुले दशैंका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् । आन्द्राभुडी राखिएको मासु प्रतिकिलो रु एक हजार, बोसो राखिएकाको रु एक हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार)को मूल्य रु एक हजार ३०० निर्धारण गरिएको हो । यस्तै कुखुराको मासु प्रतिकिलो रु ३०० तथा रागाँ र बङ्गुरको मासु रु पाँच, पाँच सय तोकिएको छ । राष्ट्रिय मासु व्यवसायी… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, २१ असोज । साताको कारोबार हुने पाँचौ दिन बिहिबार सुनचाँदीको भाउ फेरि बढेको छ । अघिल्लो दिन रुपैयाँ ४०० ले घटेको छापावाला सुन यसदिन रुपैयाँ ५०० ले बढेको छ भने चाँदीमा १० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ५०० ले बृद्धि भएर प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार… पुरा पढौ

लाभांश वितरणको प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले कार्तिक २६ मा बोलायो साधारण सभा

काठमाडौं, २१ असोज । माछापुच्छ्रे बैंकले लाभांश वितरणको प्रस्ताव पारित गर्नका लागि कार्तिक २६ गते २३ औं साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरिएको १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । बैंकको साधारण सभा पोखरा पार्दिस्थित होटल ग्राण्डमा बोलाईएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकोले बैंकको साधारण सभा अनलाइनमार्फत हुनेछ । पूर्वान्ह ११ वजे शुरु हुने साधारण सभाका लागि बैंकले शेयरधनीहरुलाई जुम आईडी र… पुरा पढौ

पोउवा संघको ६७ औं अधिवेशन सम्पन्न, उत्कृष्ट बस्तुगत संघ सम्मानबाट पश्चिमाञ्चल अटोमोवाइल्स डिलर्स एसोसियन सम्मानित,

पोखरा, २० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निजी क्षेत्र नजुर्मुराउँदासम्म आर्थिक वृद्धि सम्भव नभएको बताएका छन् । उनले निजी क्षेत्र मैत्री वातावरण निर्माण प्रदेश सरकारको प्राथमिकता भएको पनि बताए । पोखरा उद्योग वाणिज्य संघको ६७ औं वार्षिक साधारण सभाको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकीको समृद्धिको लागि पर्यटन मुख्य आधार भएको जिकिर गरे । ‘दुई ठूला छिमेकीका उत्पादनसँग प्रतिष्पर्धा गर्दै उद्योग चलाउन कठीन छ!,उनले भने,‘उद्योगको विकास हुनैपर्छ तर हाम्रो पहिलो प्राथमिकता पर्यटन नै हो । उनले उत्तर… पुरा पढौ

एमसिसी पारित गर्न महासंघ, परिसंघ र चेम्बर अफ कमर्सको अनुराेध

काठमाडौं, २० असाेज । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले एमसिसि पारित गर्न अनुराेध गरेका छन् । उनीहरुले दीर्घकालमा विद्युत निर्यात तथा प्रविधि हस्तान्तरणको माैका एमसिसीले दिने सम्भावना रहेकाेले राष्ट्रिय हितलाई हेरेर संसदबाट पारित गरेर त्यट्ठलाइ कार्यान्वयनमा ल्याउन नेपाल सरकार, राजनीतिक दल र सरोकारवालाहरूलाई अनुराेध गरेका छन् । तीनवटै संस्थाहरुले बुधबार संयुक्त बिज्ञप्ति निकालेर उक्त कुराकाे अनुरोध गरेका हुन् । नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच सन् २०१७ सेप्टेम्बर १४… पुरा पढौ

शेयर बजारमा चमक देखियाे, कारोबार रकम पनि बढ्यो

काठमाडौं, २० असोज । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेप्सेमा चमक देखिएकाे छ। केहि हप्तादेखि ओरालो लागिरहेको शेयर बजारमा मंगलबारबाट सुधार देखिएको हो । नेप्सेमा दोहोरो अंको बृद्धिसंगै १३ वटै उपसमूहमा हरियाली छाएको छ । अघिल्लो दिनको भन्दा कारोबार रकममा दोब्बर बृद्धि भएको छ । यसले लगानीकर्तालाई खुसि बनाएको छ । लगानीकर्ताहरु लघुवित्ततिर आकर्षित भएका छन् । आजको कारोबारले पनि त्यहि देखाएको छ कि बढी कारोबार गर्ने र नाफा पनि कमाउनेहरुमा धेरैजसो लघुवित्तहरु नै रहेका छन् ।… पुरा पढौ

अधिकार कार्यान्वयन र जनअपेक्षा पूरा गर्न बजेट माग : मुख्यमन्त्री नेपाली

गण्डकी, २० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीय शासन व्यवस्थासँगै सङ्घबाट प्रदेशमा हस्तान्तरित अधिकारको कार्यान्वयन र जनअपेक्षा पूरा गर्न त्यसैअनुसारको बजेट व्यवस्थापन हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी प्रदेशमा आम्दानीको स्रोत सीमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसैअनुसार बजेट विनियोजन गरिदिन आग्रह गरे । दुवै जनालाई लिखित पत्र मङ्गलबार बुझाउँदै उनले प्रदेश सरकारले आफ्नो सामथ्र्यअनुसार कार्यसम्पादन गरिरहेको र कतिपय अवस्थामा मागका तुलनामा स्रोत अपुग हुँदा समस्या पर्ने गरेको… पुरा पढौ

मध्य भोटेकोशीको आइपिओ आजदेखि बिक्री खुला

काठमाडौं, २० असोज । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले कूल रु ९० करोड बराबरको रु एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर आजदेखि निष्कासनमा ल्याएको हो । निष्कासन गरिने कूल ९० लाख कित्ता शेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको र पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता… पुरा पढौ