आर्थिक 📈

निर्वाहमुखीबाट औद्योगिकीकरणतर्फ पोल्ट्री व्यवसाय

चितवन, २४ असोज। कोभिडपछि साना व्यवसायी पलायन हुँदा ठूला व्यवसायीले उत्पादन धानिरहेका छन् । झण्डै ८० प्रतिशत लेयर्स कुखुरा पालक किसान विस्थापित भए पनि नेपालको माग धान्नसक्ने गरी उत्पादन भइरहेको हो । कोभिडअघिसम्म तीन हजारभन्दा बढी किसानले देशका विभिन्न भागमा लेयर्स कुखुरा पाल्दै आएका थिए । अहिले यो सङ्ख्या ६०० हाराहारीमा झरेको व्यवसायी बताउँछन् । नेपाल अण्डा उत्पादक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेल आठ वर्षअघि आफू केन्द्रीय अध्यक्ष हुँदा तीन हजारभन्दा बढी साना ठूला गरी लेयर्स कुखुरा पालक किसान… पुरा पढौ

सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै महिला

देउखुरी (दाङ), २४ असोज । पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले सामूहिक खेती गरेर मनग्य आम्दानी गरेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष हुन्। समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन्। उनले भनिन्, “सोही वडामा २५ कट्ठा जमिन भाडामा लिएर आलु र प्याजखेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज… पुरा पढौ

सुनमा सामान्य गिरावट, चाँदीको भाउ बढ्याे

काठमाडौं, २४ असोज। साताकाे सुनचाँदीकाे काराेबार हुने छैटाै दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनकाे भाउमा सामान्य गिरावट भएको छ । चाँदीकाे भाउ भने बढेकाे छ । बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार रु दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु रु चार हजार २०० ले घटेर रु दुई लाख ३५ हजार कायम भएको छ । चाँदीको मूल्य भने बढेको… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९० रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा कायम गरिएको… पुरा पढौ

स्वास्थ्य बिमाबाट वञ्चित विपन्न परिवारलाई नगरपालिकाको सहयोग

त्रिशूली (नुवाकोट), २४ असोज । आर्थिक रूपमा विपन्न तथा सामाजिक रूपमा पछिपरेका परिवारलाई यहाँको विदुर नगरपालिकामार्फत स्वास्थ्य बिमाको दायरामा समेटिएका छन् । अहिलेसम्म स्वास्थ्य बिमाको पहुँचमा नरहेका करिब सात सय परिवारका दुई हजार ६०० भन्दा बढी नगरवासीको स्वास्थ्य बिमा नगरपालिकाको आर्थिक लगानीमा गरिएको हो । ‘अतिविपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम’मार्फत आर्थिक रूपमा विपन्न, दलित र सीमान्तकृत समुदाय एवं सामाजिक रूपमा पछिपरेका परिवारको स्वास्थ्योपचार सुनिश्चितताका लागि स्वास्थ्य बिमा कार्यक्रममा समावेश गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए। उनका अनुसार वडा कार्यालयहरूबाट छनोट… पुरा पढौ

नेप्से २२.५९ अंकले बढ्याे, ५ अर्ब २७ करोडकाे काराेबार

काठमाडौं, २३ असाेज । नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ४.८४ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले बढेको छ। नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा २५ करोड सीमा हटाएपछि बजार सकारात्मक भएको छ । सीमा हटाएकाे कारण लगानीकर्ताहरुमा उत्साह थपिएकाे छ । बजार खुलेको ३ मिनेटमा नै ४ प्रतिशत बढ्दा सकारात्मक सर्किट लागेर २० मिनेट कारोबार बन्द भएकाे थियाे । त्यसपछि खुलेकाे बजार उकालाे लागेर बन्द भएकाे… पुरा पढौ

ग्राहकसँग गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं, २३ असोज । राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले बैँकका नाममा ग्राहकलाई फोन गरी ठगीजन्य गतिविधिमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता अनाधिकृत व्यक्तिले व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा जानकारी दिँदै आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचना बैंकमा प्राप्त भएको उल्लेख गरेको छ । बैंकद्वारा आज प्रेस विज्ञप्तिमा भनिएको छ “बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा कहिल्यै कुनैपनि प्रयोजनका… पुरा पढौ

दुई महिनामा साढे ६ करोड भन्सार छलीका समान बरामद

वीरगञ्ज (पर्सा), २३ असोज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको दुई महिनामा भन्सार छलीका रु छ करोड ६८ लाख ८१ हजार मूल्य पर्ने विभिन्न थरिका सामान बरामद गरेको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले साउन र भदौ महिनामा भन्सार छली गरेर भित्रिएका रु चार करोड ३३ लाख ५७ हजार पाँच सय ६८ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ । त्यस्तै साउन र भदौ महिनामा विलविजकभन्दा बढी सामान भएका रु… पुरा पढौ

गत आवमा पर्सामा नौ सय ६३ उद्योग दर्ता

वीरगञ्ज (पर्सा), २३ असोज। पर्सामा गत आर्थिक वर्षमा ९६३ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । आव २०८०÷८१ को तुलनामा गत आवमा ६६ वटा बढी घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । आव २०८०÷८१ मा भने ८९७ वटा घरेलु तथा साना उद्योग दर्ता भएका थिए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारले जिल्लामा घरेलु तथा साना उद्योग दर्तामा उत्साहजनक रहेको जानकारी दिए। “यहाँका महिला तथा पुरुषले नयाँ उद्यमशीलताको विकासको लागि अग्रसरता देखाइरहेका छन्”,… पुरा पढौ

सुनको भाउमा फेरि नयाँ रेकर्ड-ताेलाकाे २ लाख ३९ हजार २ सय

काठमाडौं, २३ असोज। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु एक हजार २०० ले बढेर रु दुई लाख ३९ हजार २०० कायम भएको छ । चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी रु दुई हजार ९५५… पुरा पढौ