आर्थिक 📈

सहिद परिवारका १४० सदस्यको निःशुल्क बिमा

जनकपुरधाम, २१ असोज। प्रदेश सरकारले मधेसी प्रतिष्ठानसँगको समन्वयमा मधेस आन्दोलनका क्रममा सहिद भएका १४० जनाका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । प्रतिष्ठानका अध्यक्ष शुभम् यादवका अनुसार अब २४ जनाको बिमा गर्न बाँकी छ । मधेस र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको आन्दोलनमा एक हजार छ जना घाइते वा अङ्गभङ्ग भएका सबैको बिमा गर्ने प्रतिष्ठानको लक्ष्य छ । सहिद परिवारका पाँच जनालाई भने प्रदेश सरकारले प्रतिष्ठानमार्फत रु तीन हजार ५०० बिमा शुल्क प्रदान गर्दै आएको छ । पुरा पढौ

सुनकाे भाउ ताेलाकाे २ लाख ३५ हजार ४ सय, चाँदीकाे स्थिर

काठमाडौं, २१ असोज । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्नाे दिन मंगलबार नेपाली बजारमा सुनको भाउमा भारि वृद्धि भएकाे छ । याे भाउ अहिलसम्मकै उच्च भाउ हाे । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको छ । चाँदीकाे भाउ स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । सोमबारको छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसदिन चाँदीको भाउ स्थिर… पुरा पढौ

मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २१ असोज । मञ्जुश्री फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार असोज २२ गते बुकक्लोज गर्ने जानकारी दिएकाे छ । शेयरधनीहरुले आजसम्म नेप्सेमा शेयर काराेबार गरेर साधारण सभामा सहभागिता जनाउन सकिने भएकाे छ । साथै फाइनान्सले वितरण गर्ने लाभांश पाउनका लागि याेग्य मानिनेछन्। फाइनान्सका अनुसार असोज ३१ गते शुक्रबार नयाँ बानेश्वरमा रहेकाे थापागाउँ ब्याङ्केट नयाँ बानेश्वरमा १८ औँ साधारण सभा डाकिएकाे छ। साधारण सभा पूर्वान्ह ११… पुरा पढौ

मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त

मुस्ताङ, २१ असोज । यहाँका किसान दसैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । यहाँको तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाअन्तर्गत किसान खाद्य बाली ‘फापर’ स्याहार्न व्यस्त भएका हुन् । रैथाने बाली फापर यहाँको लोकप्रिय खाद्य बालीको रुपमा लिइन्छ । घरायसी प्रयोजन, धार्मिक अनुष्ठान, व्यवसायिक प्रयोजन तथा विदेशमा बस्ने आफ्ना आफन्तजनलाई कोसेलीको रुपमा पठाउने उद्देश्यले यहाँका किसानले फापर खेती गर्दै आइरहेका छन् । खेतबारीमा फापर छरेको औसत एक सय दिनमा फापर खेती भित्र्याउन योग्य हुने घरपझोङ–५… पुरा पढौ

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २१ असाेज । एसवाई प्यानल नेपालकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले असोज ७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ खुलाएकाे थियाे । कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गरेकाे हाे । जसबाट २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबरको २ लाख ६१ हजार ६२९ कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानियका लागि हाे । शेयरमा चितवन रत्ननगर नगरपालिकाका सम्पूर्ण… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २१ असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा कायम भएको छ । साथै युरोपियन युरो एकको खरिदर १६६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६६ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ ३६ पैसा र बिक्रीदर १९१ रुपैयाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ७७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७८… पुरा पढौ

सरकार निजी क्षेत्रको मनोबल बढाउन निरन्तर प्रयन्नशील छः अर्थमन्त्री खनाल

काठमाडौं, २० असोज। अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसंगको भेटमा अर्थमन्त्री खनालले उक्त धारणा राखे।  सरकारले पुनर्निर्माणका लागि राजश्व छुट, बैंकिग सहुलियत र विमामा सहजीकरणका कार्यक्रम सार्वजनिक गरेको छ । यसैगरि सन्दर्भम मूल्य खारेजगरी भन्सारमा अनलाइन डेटावेस प्रणाली लागु गरिएपछि बजारमा पारदर्शि कारोबारले प्रश्रय पाउनेछ ।  निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका… पुरा पढौ

सहकारीमा मितव्ययी र वित्तीय अनुशासनको संस्कार अभ्यास

कञ्चनपुर, २० असोज । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूमा विगतमा देखिने महँगो सजावट, अतिथि सत्कार, उपहार वितरण र भोजभतेरको चलन कञ्चनपुरमा क्रमशः घट्दै गएको छ । हाल धेरै सहकारी संस्थाहरूले मितव्ययी ढङ्गमा साधारणसभा सम्पन्न गर्न थालेका छन् । सहकारीसँग प्रत्यक्ष सम्बन्ध नभएका मन्त्री, सांसद वा बाह्य अतिथिलाई प्रमुख अतिथि बनाउने चलनलाई सहकारी संस्थाहरूले अन्त्य गरेका छन् । विगतमा यस्ता अतिथिका लागि यातायात भत्ता र सत्कारमा ठूलो रकम खर्च हुने गथ्र्यो । शुक्लाफाँटा नगरपालिका–१०, झलारीस्थित महालक्ष्मी बचत तथा ऋण… पुरा पढौ

सुन ताेलाकाे २ लाख ३३ हजार १ सय, चाँदीमा पनि बृद्धि

काठमाडौं, २० असोज । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्नाे दिन साेमबार नेपाी बजारमा सुनचाँदीकाे भाउमा बृद्धि भएर नयाँ उचाइ कायम गरेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ २ हजार ५ सयले बढेकाे जनाएकाे छ । चाँदीमा रुपैयाँ ३० ले बढेकाे जनाएकाे छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार छापावाल सुन प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसदिन सुनले आईतबार… पुरा पढौ

‘टिकोटमा रासायनिक मल अहिलेसम्म भित्रिएको छैन’

म्याग्दी, २० असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ टिकोटका वुद्धीवीर पुनले तरकारी खेतीबाट वार्षिक रु. सात लाखसम्म आम्दानी गर्छन्। पन्ध्र रोपनीमा बन्दा, साग, आलु लगायत ताजा तरकारी र पाँच रोपनीमा किवी खेती गरेका ४६ वर्षीय पुन तरकारी र फलफुल खेतीबाट स्वरोजगारसँगै आत्मनिर्भर बने। १६ वर्षअघि तरकारी खेती गर्नुअघि पुनले रोजगारीका लागि पाँच वर्ष कतारमा श्रम र पसिना बगाउनुभएको थियो । “कृषिमा परिश्रम गरे राम्रो आम्दानी लिन सकिने मेरो अनुभव छ,” उनले भने “ताजा तरकारी विक्री गरेर वार्षिक रुपमा रु. पाँच… पुरा पढौ