आर्थिक 📈

पनौतीको आव २०८२/८३ को बजेट रु एक अर्ब ६१ करोड

काभ्रेपलाञ्चोक, ११ असार । पनौती नगरपालिकाले आज आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । असार सोमबार नै सुरू भएको पनौतीको सत्रौँ नगरसभा ‘बजेट सिलिङ विवाद’ का कारण गणपूरक सङ्ख्या नपुगेको जनाउँदै आजसम्मका लागि स्थगन गरिएको थियो । स्थानीय तह सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार गणपूरक सङ्ख्या पुगेको जनाउँदै नगरले आज नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । सभामा आगामी आवका लागि रु एक अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट प्रस्ताव गरिएको छ ।… पुरा पढौ

अर्थद्वारा बाफिया विधेयकमा पुनर्लेखन आवश्यक नरहेको समितिलाई जवाफ

काठमाडौं, ११ असार । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकमा पुनर्लेखन आवश्यक नरहेको भन्दै अर्थ मन्त्रालयले अर्थ समितिलाई पत्र पठाएको छ । हाल समितिमा विचाराधीन रहेको विधेयकलाई विद्यमान परिस्थतिअनुसार थप परिस्कृत बनाउन पुनर्लेखन आवश्यक भएमा त्यसको सुझाव पठाउन भनिएकोमा पुनर्लेखन आवश्यक नपर्ने भनी अर्थ मन्त्रालयबाट समितिलाई जवाफ आएको सभापति सन्तोष चालिसेले जानकारी दिए। “बाफिया पुनर्लेखन गर्नुपर्ने भन्दै समितिमा सुझाव आएपछि हामीले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई पत्र पठाएका थियौँ । तर पुनर्लेखन आवश्यक… पुरा पढौ

मोरङका १६ पालिकाको बजेट रु १६ अर्ब ५७ करोड

मोरङ, ११ असार । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि यहाँका १६ स्थानीय तहले रु १६ अर्ब ५७ करोडको बजेट ल्याएका छन् । जिल्लामा रहेका १७ स्थानीय तहमध्ये असार १० गतेभित्रै ग्रामथान गाउँपालिकाबाहेकका १६ स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट सभामा पेस गरेका छन् । जिल्लाका १६ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि रु १६ अर्ब ५७ करोड ३६ लाख पाँच हजार ६४४ बराबरको बजेट ल्याएका छन् । जिल्लामा एक महानगर, आठ नगरपालिका र आठ गाउँपालिका रहेकामा ग्रामथान गाउँपालिकाबाहेका… पुरा पढौ

नेप्सेमा ०.३३ अंककाे गिरावट, करिब ६ अर्बकाे काराेबार

काठमाडौं, ११ असार । नेप्सेमा लगातार गिरावट भएकाे छ। नेप्से परिसूचक करिब स्थिर जस्तै देखिएकाे छ। हिजाेकाे कारोबारमा स्थिर जस्तै रहेको नेप्सेमा यसदिन पनि उस्तै दृश्य देखिएकाे हाे । नेप्सेमा ०.३३ अंककाे गिरावट भएर २६००.२० विन्दुमा रहेकाे छ। सेन्सेटिभ इण्डेक्स ०.०५ अंकले घटेको छ । फ्लोट इण्डेक्स भने ०.०६ अंकले बढेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स स्थिर छ।  कारोबार रकममा थाेरै बृद्धि भएकाे छ। मंगलबार ५ अर्ब ७६ करोडकाे काराेबार भएकाेमा बुधबार ३११ कम्पनीहरुकाे ६१ हजार ८२४ पटकको कारोबारबाट ५ अर्ब ९४ करोड २८… पुरा पढौ

एक सय रोपनीमा अकबरे खुर्सानीखेती

दमौली (तनहुँ), ११ असार । तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानीखेती सुरु गरिएको छ । मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमान थापाले जानकारी दिए । कृषि उत्पादन बढाई वडा नं ८ का स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउन खुर्सानीखेती सुरु गरेको उनको भनाइ छ । उक्त जग्गामा एक लाख अकबरे खुर्सानीको बिरुवा रोपिएको छ । खुर्सानीखेतीबाट किसानले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन तथा वार्षिक रु छ… पुरा पढौ

यस्तो छ बुधबार ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७० रुपैयाँ ३६… पुरा पढौ

पाँच महानगरले बजेट प्रस्तुत गर्दा, काठमाडौंको रोकियो

काठमाडौं, ११ असार । संवैधानिक प्रावधानअनुसार सङ्घीय सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने गरेको छ । यस्तै, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गर्ने प्रावधान छ । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले हरेक वर्षको असार १० गतेभित्र आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मङ्गलबार अधिकांश स्थानीय तहले आगामी आवका लागि वार्षिक बजेट पेस गरेका छन् । केहीले निर्धारित मितिभन्दा अघि नै बजेट प्रस्तुत… पुरा पढौ

नेपालमा लगानी प्रवर्द्धन गर्न सहयोग गरिदिन अध्यक्ष ढकालकाे आग्रह

काठमाडौं, ११ असार । नेपाल र दक्षिण अफ्रिकाबीच पर्यटन एवम् सेवा क्षेत्रमा सहकार्य गर्नेलगायतका विषयमा छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण अफ्रिकाका भारतका लागि उच्चायुक्त तथा नेपालका लागि राजदूत प्रा अनिल सुकलालसँग भएको भेटवार्तामा सहकार्यका विविध क्षेत्रकाबारेमा छलफल भएको हो । अध्यक्ष ढकालले नेपाल विशेष गरी पर्यटन पूर्वाधार विकासका क्षेत्रमा दक्षिण अफ्रिकी लगानीकर्ताका लागि उत्कृष्ट सम्भावना रहेको उल्लेख गर्दै त्यहाँका व्यवसायीलाई नेपालमा लगानी प्रवर्द्धन गर्न सहयोग गरिदिन राजदूत सुकलालसँग आग्रह गरे। उनले नेपाल र… पुरा पढौ

बजेट सक्दो सन्तुलित छः प्रधानमन्त्री ओली

काठमाडौं, १० असार। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा ल्याइएको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसदहरु सन्तुष्ट हुने स्थिति नआएकाले आगामी दिनमा सन्तुलन कायमको प्रयास गरिने बताए। “हामीलाई छिटो र… पुरा पढौ

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं, १० असार। प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८२ पारित गरेको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सभाको बहुमतले पारित गरेको हो । त्यसअघि सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८२ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरे। सांसदहरू डा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु… पुरा पढौ