आर्थिक 📈

यस्ताे छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ९ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८२ पैसा… पुरा पढौ

वडा कार्यालयको पहलमा विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा

कञ्चनपुर, ९ असार । शुक्लाफाँटा नगरपालिका–१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै अतिविपन्न ३० परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । आर्थिक अभावका कारण स्वास्थ्य सेवा पहुँचमा नरहेका परिवारका लागि वडाले वार्षिक रु एक लाख पाँच हजार बराबरको बिमा प्रिमियम तिरिदिएको हो । “आर्थिक अवस्था कमजोर बिमा प्रिमियम तिर्न नसक्ने नागरिकलाई प्राथमिकतामा राखेर बिमामा आबद्ध गराएका छौँ”, वडाअध्यक्ष लालबहादुर ऐरले भने, “वडाले प्रत्येक परिवारलाई रु तीन हजार ५००का दरले पाँच सदस्यको बिमा गराएको छ ।” विपन्न परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध… पुरा पढौ

मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा), ९ असार । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को जेठसम्ममा रु १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । गत आव २०८०/८१ को सोही अवधिमा रु १६ अर्ब ६७ करोड २८ लाख ४० हजार सङ्कलनको लक्ष्य… पुरा पढौ

नागरिक लगानी कोष र हिमालयन बैंकबीच एफपिओ प्रत्याभूति सम्झौता

काठमाडौं, ९ असार । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ)को प्रत्याभूति गर्ने भएको छ । सोसम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले हस्ताक्षर गरे। सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ । सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने जनाइएको छ । पुरा पढौ

पोखरा महानगरले ल्यायाे रु आठ अर्ब ३५ करोडकाे बजेट

गण्डकी, ८ असार । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु आठ अर्ब ३५ करोडको बजेट ल्याएको छ । महानगरपालिकाको १७औँ नगरसभाको बैठकमा आज महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गरेकी हुन्। बजेटमा सङ्घीय सर्शत अनुदान रु तीन अर्ब १३ करोड, सङ्घीय राजस्व बाँडफाट रु ३३ करोड आठ लाख, सङ्घीय समानीकरण अनुदान रु ५२ करोड ८७ लाख, प्रदेश समानीकरण अनुदान रु आठ करोड १५ लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै आगामी वर्ष आन्तरिक आय रु… पुरा पढौ

११ महिनामा रु पाैने ४ अर्बकाे चिया निर्यात

भद्रपुर (झापा), ८ असार । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा चिया निर्यात ४० दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार (साउन–जेठ) सम्ममा रु तीन अर्ब ८६ करोड ६४ लाख ७८ हजारको चिया निर्यात भएको छ । चालु आवको ११ महिनाको अवधिमा १४ हजार ४६३ दशमलव ३३ मेट्रिकटन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइले जानकारी दिए । गत आव २०८०÷८१ को सोही अवधिमा रु दुई अर्ब ७५ करोड २८ लाख ३२… पुरा पढौ

नेप्सेमा ३२.९३ अङ्ककाे गिरावट, ९ अर्बकाे काराेबार

काठमाडौं, ८ असार । साताकाे शेयर काराेबार हुने पहिलाे दिन आइतबार नेप्सेमा गिरावट भएकाे छ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको हाे । आज नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घटेर दुई हजार पाँच सय ९५ दशमलव ९७ को बिन्दुमा कायम भएको हो । आज ३१० कम्पनीको दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ८७ हजार तीन सय दुई पटक खरिद बिक्री हुँदा रू नौ अर्ब १४ करोड ५८ लाख ५८… पुरा पढौ

चालु आवमा लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

काठमाडौं, ८ असार । चालु आर्थिक वर्षमा रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार रू ९९ अर्ब २० करोड १७ लाख बराबर बाह्य ऋण उठाइएको छ । यो वार्षिक लक्ष्यको ४५ दशमलव ७२ प्रतिशत हो । अर्कोतर्फ सरकारले चालु आवका लागि राखेको आन्तरिक ऋणको लक्ष्य भने शतप्रतिशत प्राप्ति हुने देखिएको छ । गत जेठ… पुरा पढौ

भरतपुर महानगरले ल्यायाे रु पाँच अर्ब १९ करोडकाे बजेट

चितवन, ८ असार । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार बजेट प्रस्तुत गरेको छ । महानगरको १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरे। कूल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट रु एक अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु दुई अर्ब १५ करोड ७६ लाख, सङ्घीय राजस्व बाँडफाँडबाट रु ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट रु १४ करोड ४ लाख ४१ हजार… पुरा पढौ

सुनकाे भाउ बढ्याे, चाँदीमा गिरावट

काठमाडौं, ८ असार । विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ ।शुक्रबारको तुलनामा आज बजार खुल्दा सुन तोलामा रु ५०० ले बढेको छ भने र चाँदी रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९५ हजार २०० तथा सोही परिमाणको चाँदीको मोल रु दुई हजार १६० निर्धारण भएको छ । शुक्रबार प्रतितोला सुन रु एक लाख ९४ हजार ७०० र चाँदी रु दुई… पुरा पढौ