आर्थिक 📈

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, ५ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६० पैसा र बिक्रीदर १८६ रुपैयाँ ४१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५१… पुरा पढौ

सरकारले विपत् व्यवस्थापनका लागि बजेट अभाव हुन दिँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं, ४ असार । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारले मुलुकका विभिन्न क्षेत्रको विपत् व्यवस्थापनका लागि बजेट अभाव हुन नदिने बताएका छन्। ललितपुर जिल्लाबाट निर्वाचित जनप्रतिनिधिको संयुक्त टोलीसँग आज भएको छलफलमा उपप्रधानमन्त्री पौडेलले बाढी पहिरोले उत्पन्न विपत्को यथाशीघ्र व्यवस्थापन गर्ने बताए। विपत् प्राधिकरणसँग आवश्यक समन्वय गरी सम्बन्धित मन्त्रालयमार्फत बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले टोलीले राखेका सम्पूर्ण विषयमा आफू सकारात्मक रहेको र सोको सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता जनाए। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणा नेतृत्वको… पुरा पढौ

सरकारले विश्व बैंकबाट साढे ५० अर्ब सहुलियतपूर्ण ऋण लिने

काठमाडौं, ४ असार । सरकारले विभिन्न आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने रु ५० अर्ब ५१ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना र पुल सुधार तथा कार्यक्रमका लागि उक्त रकम स्वीकार गरिएको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङका अनुसार विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि करिब रु २९ अर्ब ७२ करोड उपलब्ध हुनेछ । त्यसैगरी… पुरा पढौ

नेप्सेमा झिनो अंककाे गिरावट, ९ अर्बकाे काराेबार

काठमाडौं, ४ असार । साताकाे शेयर काराेबार हुने चाैथाे दिन साेमबार नेपाली बजारमा झिनो अंककाे गिरावट देखिएकाे छ । नेप्से परिसूचक १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.११ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंकले घटेको छ। यसदिन कारोबारमा केहि बृद्धि भएकाे छ । हिजाे साढे ७ अर्ब बराबरको काराेबार भएकाेमा बुधबार ३१४ कम्पनीहरुकाे ७८ हजार १३ पटकको कारोबारमा ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार रुपैयाँ बराबरको… पुरा पढौ

पाैने २१ अर्ब सहुलियतपूर्ण ऋण लिने सरकारकाे निर्णय (सूचीसहित)

काठमाडौं, ४ असनर । मन्त्रिपरिषद् बैठकले गरेका १९ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरिएकाे छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलन गरेर असार २ गते गरिएका ति निर्णयहरु सारवजनिक गरेका हुन् । बैठकले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैँकबाट प्राप्त हुने करिब २‍० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेकाे मन्त्री गुरुङ बताए । मन्त्रिपरिषद् बैठकका निर्णयहरु यहाँ छन् पुरा पढौ

एघार महिनामा सात अर्ब ८१ करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली), ४ असार । कैलाली भन्सार कार्यालयले ११ महिनामा रु सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म उक्त रकम सङ्कलन भएको हो । कार्यालयले भन्सार महसुलतर्फ रु दुई अर्ब ८९ करोड ६३ लाख, मूल्य अभिवृद्धिकरतर्फ रु दुई अर्ब ९१ करोड ७५ लाख, अन्तःशुल्कतर्फ रु १९ करोड ५१ लाख र अन्यतर्फ रु एक अर्ब ८० करोड ३९ लाख सङ्कलन गरेको छ । चालु… पुरा पढौ

सुनचाँदी दुबैको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ४ असार । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबकार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ९ सयले बढेको छ । चाँदीमा रुपैयाँ ६५ ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ९ सयले बढेर तोलाको १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ६५ ले भाउ… पुरा पढौ

चार कृषकसहित उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

खोटाङ, ४ असार । खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ । अन्नबाली, फलफूल र नगदेबाली तथा पशुपन्छी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट निर्माण उपभोक्ता समिति, उत्कृष्ट शिक्षक तथा विद्यालय र उत्कृष्ट कर्मचारीलाई गाउँपालिकाले बिहीबार पुरस्कृत गरेको हो । गाउँपालिकामा सबैभन्दा बढी अन्नबाली उत्पादन गर्ने वडा नं ७ खोटाङबजारका बमबहादुर नेपाली, फलफूल उत्पादन गर्ने वडा नं १ लिकुवा पोखरीका मणिकुमार राई, नगदेबाली उत्पादन गर्ने वडा नं ३… पुरा पढौ

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

वीरेन्द्रनगर (सुर्खेत), ४ असार । भेरीगङ्गा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै खेती गर्दै आएका यहाँका किसान अब मकैका बारीमा लिची र आँपका बोट लगाउन थालेका छन् । यस क्षेत्रमा लिची र आँपलाई प्रमुख नगदे फलफूलका रूपमा लिइन्छ । पछिल्लो केही वर्षयता कृषकले मकैखेतीको तुलनामा फलफूलखेती बढी लाभदायक देखेपछि बारीका डिल, छेउछाउ तथा घर आँगनमै लिची र आँपका बिरुवा रोप्न थालेका छन् । गाउँभर अहिले लिची टिप्न किसानलाई भ्याइ–नभ्याइ छ… पुरा पढौ

यस्ताे छ आज ताेकिएकाे विदेशी मुद्राकाे भाउ

काठमाडौं, ४ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ २०… पुरा पढौ