आर्थिक 📈

शेयर बजार राताम्मै हुँदा ११ अर्ब २३ करोडको कारोबार

काठमाडौं, ५ असार । साताको शेयर कारोबार हुने अन्तिम तथा पाँचौ दिन बिहिबार नेपाली शेयर बजारको ओरालो लाग्ने क्रम रोकिएन । शेयर बजार राताम्मै भएपनि कारोबार रकम भने बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.५९ अंकले घटेर २६२९ विन्दुमा झरेको छ । नेप्सेमा ०.९२ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स २.६० अंकले घटेर ४४९.८९ विन्दुमा झरेको छ । यसदिन कुल ३१४ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता… पुरा पढौ

मधेश प्रदेश सरकारद्वारा स्थानीय तहलाई दुई अर्ब बजेट

जनकपुरधाम, ५ असार । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ततु बजेटमा स्थानीय तहका लागि रु दुई अर्ब विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आव २०८२/८३ का लागि ल्याएको बजेटमार्फत प्रदेशभित्रका स्थानीय तहलाई लक्षित गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सहिद परिवार, पूर्वाधार निर्माणलगायत शीर्षकमा करिब रु दुई अर्बको बजेट विनियोजन गरेको हो । प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले स्थानीय तहको क्षेत्राधिकारभित्र पर्नेगरी रु ३८ करोड १० लाख विशेष अनुदान शीर्षकमा छुट्याइएको जानकारी दिए। उनका अनुसार उक्त अनुदान स्थानीय… पुरा पढौ

दैलेखमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

दैलेख, ५ असार । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ । विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पु¥याइएको थियो । त्यहाँबाट सङ्कलन गरिएका नमुनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको… पुरा पढौ

अवसरको क्षेत्र पहिचान र दिगो व्यवस्थापनमा लाग्न अर्थमन्त्री पौडेलकाे आग्रह

काठमाडौं, ५ असार । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासशील मुलुकमा नेपालको स्तरोन्नतिबाट सिर्जना हुने अवसरका क्षेत्र पहिचान र तिनको दिगो व्यवस्थापनका लागि कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा लाग्न राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयलाई आग्रह गरेका छन् । आयोगले आज आयोजना गरेको ‘अतिकम विकसित मुलुकको समूहबाट विकासशील समूहमा स्तरोन्नतिः चुनौती र आगामी योजना’ विषयक राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले स्तरोन्नतिलाई दिगो बनाउन सोह्रौँ योजना र अन्य क्षेत्रगत नीतिहरुमा आन्तरिकीकरण तथा अन्तरआबद्धता गर्दै कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याए। “स्तरोन्नतिपश्चात अन्तरराष्ट्रिय व्यापार, विकास… पुरा पढौ

यस वर्ष पनि कृषक रासायनिक मलको अभाव भोग्न बाध्य

काभ्रेपलाञ्चोक, ५ असार । काभ्रेको कृषि क्षेत्रमा माग भएअनुसार रसायनिक मल पूर्ति हुन नसकेको तथ्याङ्कले देखाएको छ । यसकारण जिल्लाको कृषकले बर्सेनि रासायनिक मलको अभाव झेल्दै आउनुपरेको छ । खाद्यान्न र तरकारीका लागि प्रख्याती कमाएको यहाँका कृषकले यस वर्ष पनि रासायनिक मलको अभाव भोग्न बाध्य भएका छन् । कृषकले यतिबेला मकैलगायतको खाद्यान्न तथा सागसब्जीका लागि आवश्यक पर्ने रासायनिक मल नपाउँदा कृषक मर्कामा परेका छन् । मकै बालीका लागि युरिया मलको माग बढी गरिरहेको बेला सरकारले कृषकको मागअनुसार युरिया मल उपलब्ध… पुरा पढौ

युनाइटेड अजोड इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं, ५ असार । युनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीहरुका लागि लाभांश घोषणा गरेकाे छ । कम्पनीले गएकाे आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि वितरण गरिने साे लाभांश घोषणा गरेको हाे । इन्स्योरेन्सका अनुसार हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर तथा त्यसकाे कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरिने भएकाे छ कमपनीकाे सञ्चालक समितिको असार ४ गते बसेको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। इन्स्योरेन्सको चुक्ता पूँजी हाल २ अर्ब १० करोड रहेको छ ।… पुरा पढौ

बिहिबार सुनचाँदीकाे भाउ घट्याे

काठमाडौं, ५ असार । साताकाे सुनचाँदीकाे काराेबार हुने पाँचाै दिन बिहिबार नेपाली बजारमा सुनचाँदीकाे भाउ घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ २५ ले घटेकाे जनकारी दिएकाे छ । छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेकाे छ । यस दिन चाँदी प्रतितोला… पुरा पढौ

जोशी हाइड्रोपावरकाे हकप्रद सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं, ५ असार । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार ८ गते, आइतबार बुकक्लोज गर्ने बताएकाे छ । शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आजसम्म नेप्सेमा शेयर कारोबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। कम्पनीले हाल कायम रहेकाे चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर खुलाउने भएकाे छ। हाल कायम रहेकाे १० कित्ता बराबर नयाँ ६.५ कित्ताको रेसियाेमा हकप्रद शेयर… पुरा पढौ

चैते धान थन्क्याउने चटारोमा किसान

डुम्रे (तनहुँ), ५ असार । जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन् । दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ । जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ । व्यास नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा धानखेती गरिन्छ । तर, भानु, व्यास, म्याग्दे र आँबुखैरेनीका अधिकांश फाँटमा चैते धानखेती… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, ५ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६० पैसा र बिक्रीदर १८६ रुपैयाँ ४१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५१… पुरा पढौ