आर्थिक 📈

हबिब बैंकले हिमालयन बैंकको २ कराेड ८० लाख कित्ता संस्थापक शेयर बेच्दै

काठमाडौं, ३० जेठ । पाकिस्तानको हबिब बैंक नेपालबाट बाहिरिन लागेकाे छ । बैंकले आफ्नो स्वामित्वको हिमालयन बैंकको संस्थापक शेयर बिक्री गर्ने भएपछि बाहिरन लागेको हाे । बैंकले आफ्नो स्वामित्वकाे २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता शेयर बिक्री गर्दैछ । यसमा हिमालयन बैंकका संस्थापक सशेयरधनीहरुले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न चाहने हिमालयन बैंकका को संस्थापक हरुले आजदेखि ३५ दिन भित्र हेरिटज प्लाजा, कमलादी, काठमाडौंमा आलुले लिन चाहेकाे शेयर संख्या खुलाएर आवेदन दिन सकिनेछ । बैंकले प्रतिकित्ता शेयरको न्यूनतम मूल्य ११२.८०… पुरा पढौ

सुन ताेलाकाे २ लाख नजिक, चाँदीकाे भाउ पनि बढ्याे

काठमाडौं, ३० जेठ । लगातार सुनचाँदी भाउ बढीरहेकाे छ । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर उकालाे लागि रहेकाे छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको भउामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक ताेला सुनको भाउ रु एक लाख ९७ हजार १०० कायम भएको छ । एक तोला चाँदीकाे भाउ रु दुई हजार १६५ मा कायम भएकाे छ । गत मङ्गलबार एक… पुरा पढौ

हिम स्टार उर्जाकाे आईपीओमा आजदेखि आवेदन खुला

काठमाडौं, ३० जेठ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि आईपीओ खुलाएकाे छ। कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाइएकाे हाे । कम्पनीले ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर खुलाएकाे हाे । यसमा १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ । यसमा ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा नं. ८, साविक भुसिङ्गा गाविसका… पुरा पढौ

दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना

म्याग्दी, ३० जेठ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना दोस्रोपटक थपिएको समयसीमाभित्र पनि पूरा भएको छैन । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) रु छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद यही जुन २७ मा सकिँदैछ । हालसम्म ७९ दशमलव ५० प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तीय प्रगति भएको… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ३० जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा… पुरा पढौ

नेप्से ९.०८ अङ्कले घट्याे, काराेबार बढेर साढे १२ अर्ब पुग्याे

काठमाडौं, २९ जेठ । साताकाे शेयर काराेबार हुने अन्तिम दिन बिहिबार नेपाली शेयर बजारमा गिरावट भएपनि काराेबार भने अघिल्ला दिनहरुकाेभन्दा बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९.०८ अङ्क अर्थात् शून्य दशमलव ३४ प्रतिशतले घटेर दुई हजार ६५५ दशमलव ३८ अङ्कमा सीमित भएको छ । विभिन्न तीन सय ११ कम्पनीका दुई करोड ८६ लाख सात हजार ६५८ कित्ता शेयर एक लाख दुई हजार ८९५ पटक खरिद बिक्री हुँदा रु १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार ९६१… पुरा पढौ

बिहिबार सुनको भाउ बढ्यो, चाँदीमा गिरावट

काठमाडौं, २९ जेठ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने घटेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ १६ सयले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनमा रुपैयाँ १६ स्यले बढेर तोलाको १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।… पुरा पढौ

तेह्रथुम पावरकाे हकप्रद शेयर असार १६ गतेदेखि आउदै

काठमाडौं, २९ जेठ । तेह्रथुम पावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर खुलाउन लागेकाे जनाएकाे छ । यसअनुसार कम्पनीले अ सार १६ गतेदेखि हकप्रद शेयरकाे बिक्री खुला गर्ने भएको हाे । हाल कायम रहेकाे १ कित्ता शेयर बराबर नयाँ १ कित्ताकाे रेसियाेमा हकप्रद बिक्री गरिने भएकाे छ । कम्पनीले रुपैयाँ ४० करोड बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ४० लाख कित्ता बिक्रीमा ल्याउने भएकाे हाे । यसकाे प्रयाेजनका लागि जेठ ५ गते बुकक्लोज भइसकेकाे छ । जसमा जेठ ४ गतेसम्म नेप्सेमा शेयर… पुरा पढौ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं, २९ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८६, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु… पुरा पढौ

धानको उचित मूल्य नपाउँदा किसान निराश

त्रिवेणी (नवलपरासी), २९ जेठ । यहाँका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे तर प्रतिक्विन्टल मात्र रु. दुई हजार २०० मात्र पाउँदा उनी खिन्न छन। गतवर्ष रु. तीन हजारभन्दा अधिक मोलमा उनले एक क्विन्टल धान बेचेका थिए। बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएका बताउछन्। यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो ।… पुरा पढौ