आर्थिक 📈

नेप्सेमा सामान्य गिरावट, साढे ७ अर्बकाे काराेबार

काठमाडौं, १२ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव २१ अङ्कले घटेर दुई हजार ६७४ दशमलव ७६ को विन्दुमा कायम भएको हो । आज ३३७ कम्पनीको एक करोड ७१ लाख ६० हजार ६२५ कित्ता शेयर ६९ हजार ६५१ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ५८ करोड ५० लाख २२ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा बैङ्किङ समूह शून्य दशमलव १७ र उत्पादन तथा प्रशोधन समूह… पुरा पढौ

उद्योगमा ऊर्जा दक्षताको सफल अभ्यास (विचार)

काठमाडौं, १२ जेठ । आर्थिक विकासको मेरुदण्ड भनेकै औद्योगिक विकास हो । औद्योगिक क्षेत्रमा अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग गरेर कम विद्युत् खपत गरी ऊर्जा दक्षता बढाउन सकिन्छ । उद्योगमा बिजुलीको खपत कम गर्नु भनेको जनशक्ति घटाउनुु, असल अभ्यास थाल्नुु, कामदारहरूलाई सुुस्वास्थ्य एवं सुरक्षित राख्नुु, मुनाफा बढाउनुु र अन्ततः पर्यावरणीय स्वच्छतामै सकारात्मक योगदान पु¥याउनुु हो । दिगो विकासका लक्ष्य हासिल गर्न, हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न, पर्यावरणीय असन्तुलन घटाउन तथा जलवायु परिवर्तनका नकारात्मक प्रभावहरुलाई न्यूनीकरण गर्नसमेत ऊर्जा दक्षताले महत्वपूर्ण योगदान… पुरा पढौ

‘किसानले भुक्तानी माग्दा दूध उठाउन कम गर्छन्’

चितवन, १२ जेठ । जिल्लाका केही दुग्ध उत्पादक डेरीहरुले दूध नउठाउने चेतावनी दिएका छन् । भुक्तानीका लागि दबाब दिन यहाँका दुग्ध उत्पादक सहकारी संस्थाहरुले सो चेतावनी दिएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले भने, “अहिले भुक्तानी माग गरेका सहकारीहरुबाट दूध उठ्न कठिन भएको छ ।” यहाँ उत्पादित दूध सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसि) र निजी कम्पनीले लैजाने गरेका छन् । उनका अनुसार जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीहरुले विभिन्न डेरीहरुबाट रु ८० करोड बढीको… पुरा पढौ

सुन तोलामा रु ७ सयले घट्यो, चाँदीको भाउ स्थिर

काठमाडौं, १२ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ७ सयले घटेको जनाएको छ । चाँदीको भाउ आईतबारकै कायम गरिएको छ । यसदिन छापावाल सुन रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार छापावाल सुन तोलाको १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार… पुरा पढौ

त्रिपन्न लाख बढीमा बागवानीको आँप ठेक्कामा

बरहथवा (सर्लाही), १२ जेठ । उष्ण प्रदेशिय बागवानी केन्द्र सर्लाही नवलपुरले ५३ लाख बढी मूल्यमा यस वर्षको लागि आँप बिक्री ठेक्का लगाएको छ । केन्द्रले लालबन्दी नगरपालिका–२, बागवानीमा उत्पादन भएको आँप बिक्रीको लागि जम्मा रु ५३ लाख ७१ हजारमा ठेक्का लगाएको हो । दोस्रो पटक आँप बिक्रीका लागि निकालेको सूचनाअनुसार सुरज निर्माण सेवा लालबन्दी–१, पुनर्वासले उक्त मूल्यमा ठेक्का सकारेको केन्द्रका निमित्त वरिष्ठ बागवानी विकास अधिकृत रामकुमार यादवले जानकारी दिए। निमित्त प्रमुख यादवका अनुसार यस वर्ष आँप गत वर्षको तुलनामा दुई… पुरा पढौ

यस्ताे छ आज ताेकिएकाे विदेशी मुद्राकाे भाउ

 काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ १८ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३७… पुरा पढौ

यातायात कार्यालय बाराद्वारा १० महिनामा आठ करोड २१ लाख राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), १२ जेठ । यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा रु आठ करोड २१ लाख ७० हजार १३२ राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रथ ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको जानकारी दिए । “कार्यालयले औषतमा मासिक रु ६१ लाखको हाराहारीमा राजस्व सङ्कलन गर्दै आइरहेको छ”, उनले भने। कार्यालयले चालु आवमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ रु तीन करोड ८३ लाख ८७ हजार २६७ रकम… पुरा पढौ

नेप्से ८.५७ अङ्कले घट्यो, साढे ७ अर्बकाे काराेबार

काठमाडौं ११ जेठ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ५७ अङ्कले घटेको छ । शून्य दशमलव ३१ प्रतिशतको गिरावट पछि नेप्से परिसूचक दुई हजार छ सय ७९ दशमलव ९८ को बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको एक करोड ८५ लाख पाँच हजार सात सय ७१ कित्ता शेयर ७० हजार छ सय १० पटक खरिदबिक्री हुँदा रू सात अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ को कारोबार भएको छ… पुरा पढौ

सुनमा रु १४ सयले वृद्धि, चाँदीकाे भाउ स्थिर

काठमाडौं, ११ जेठ । साताकाे सुनचाँदीकाे काराेबार हुने पहिलाे दिन आईतबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ । चाँदीकाे भाउ भने स्थिर रहेकाे छ । यसदिन छापावाल सुनको भाउ प्रतितोला एक हजार ४०० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी संघले छापावाल सुन ताेलाकाे एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको जनाएकाे छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा काराेबार भएको थियो । आज चाँदी प्रतीतोला दुई हजार ५ रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ । शुक्रबार… पुरा पढौ

निर्जीवन बिमाबाट २ अर्ब १५ करोड सङ्कलन

वीरगञ्ज (पर्सा), ११ जेठ । नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बिमातर्फ रु दुई अर्ब १५ करोड ७६ लाख बिमा शुल्क सङ्कलन गरेको छ । सोही अवधिमा भने निर्जीवन बिमातर्फ जारी बिमा लेख सङ्ख्या भने रु दुई लाख ५९ हजार ४७५ रहेको छ । निर्जीवन बिमातर्फ सात हजार १२४ सङ्ख्याले रु एक अर्ब ६० करोड २६ लाख रकम दाबी भुक्तानी माग गरेका छन् । तर, कार्यालयले सो माग गरेकामध्ये पाँच हजार ५८५ जनालाई रु… पुरा पढौ