आर्थिक 📈

नेप्से २२.१४ अंकले घट्याे, ४ अर्ब ४४ करोडको कारोबार

काठमाडौं, १३ जेठ । सरकारले आर्थिक वर्ष २०८१, ०८२ को वजेट घोषणा गर्ने दुई दिन अगाडी नेप्से ओरालाको यात्रामा गएको छ । आज साताताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार ओरालाको यात्रामा जाँदा लगानीकर्ताहरुको मनोवल उच्च हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ विन्दुमा झरेको छ । नेप्सेमा १.०३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.४४ अंकले घटेर ३७९.२३ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये २ मा मात्रै हरियो लागेको छ… पुरा पढौ

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माण बढ्याे

तनहुँ, १३ जेठ । स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएको छ । कूल रु छ अर्ब २९ करोड लागतमध्ये विभिन्न संरचना निर्माणमा हालसम्म रु चार अर्ब ५५ करोड लगानी भइसकेको बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनीले जनाएको छ । बन्दीपुरलाई साहसिक खेल जीपलाइनको हब बनाउन पहल थालिएको भन्दै बन्दीपुर–४ बरालथोकबाट भानु–१ नयाँबस्तीसम्म दुई हजार आठ सय मिटर दूरीमा जीपलाइन निर्माण प्रक्रिया अघि बढाइएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए… पुरा पढौ

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

काठमाडौ, १३ जेठ । नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१÷२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराए। उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरे। पुरा पढौ

सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित

काठमाडौं, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेकाे प्रस्ताव बैठकले बहुमतले पारित गरेको हो । बैठकमा प्रधानमन्त्री दाहालले “राष्ट्रपतिले २०८१ जेठ १ गते मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।… पुरा पढौ

आज अमेरिकी डलर, यूरोसहित अन्यको भाउ स्थिर

काठमाडौं, १३ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । युरोसहित अन्य केहिको भाउ स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ६६… पुरा पढौ

मुलुककाे भुक्तान गर्न बाँकी सार्वजनिक ऋण रु २४ खर्ब

काठमाडौं, १३ जेठ । मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो । “चालु आर्थिक वर्ष २०८०÷८१ को सुरुमा कूल सार्वजनिक ऋण रु २२ खर्ब ९९ अर्ब रहेकामा २०८१ वैशाख मसान्तसम्ममा रु ९८ अर्ब आठ करोड थप प्राप्त भई कूल ऋण रु २३ खर्ब ९७ अर्ब… पुरा पढौ

किमाथाङ्कासहित चीनसँग जाेडिएका १४ नाका पुनः सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा), १२ जेठ । सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ वटै नाका पुनः सञ्चालनमा आएको संयुक्त रूपमा घोषण गरे। नाका सञ्चालनको घोषणा कार्यक्रममा चीनको छेन्ताङ पुगेर फर्किने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । युरोसहित अन्य केहिको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ६६ पैसा… पुरा पढौ

चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव

धुलिखेल, १२ जेठ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ भीमसेनथान मार्गमा तीन दिनदेखि रैथाने खाना महोत्सव सञ्चालन भइरहेको छ । बनेपामा वैशाख पूर्णिमाको अवसरमा हरेक वर्ष लाग्दै आएको चण्डेश्वरी जात्रालाई लक्षित गरी काभ्रे होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको संयुक्त आयोजनामा आयोजित महोत्वस सञ्चालित छ । बनेपा नगरपालिका–५ का स्थानीय सञ्जिता ढकालले जात्रासँगै रैथाने खाना महोत्सवले नयाँ आकर्षण थपेको महसुस भएको बताइन् । वितगमा जात्रा मात्रै हुने गरेकामा यसपटक भएको खाना महोत्सवले मन परेको खानेकुरा रोजेर… पुरा पढौ

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति जुट्याे

काठमाडौं, ११ जेठ । रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति जुटेको छ । सो उद्योग सञ्चालन गर्ने सम्बन्धमा बिहीबार गठित कार्यदलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष प्रतिवेदन पेस गरेको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति एवं सांसद किरणकुमार साहको संयोजकत्वमा गठित कार्यदलले उद्योगीहरूलाई आर्थिक सङ्कट भएको र जग्गा उपयोग गरेर उद्योग चलाउने वातावरण बनाउनुपर्ने बताएबमोजिम उद्योगका नाममा रहेको करिब ७४ बिघा जग्गामध्ये मूल संरचनामा असर नपर्ने गरी र ऋण फरफारक एवं उपकरणहरूको मर्मतसम्भार गरी… पुरा पढौ