आर्थिक 📈

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च

काठमाडौं, १४ जेठ । नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पु¥याउने उद्देश्यले सरकारले सञ्चालन गर्दै आएको गैर–योगदानमूलक सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले सामाजिक सुरक्षातर्फ रु दुई खर्ब ९८ अर्ब ५७ करोड १९ लाख रकम विनियोजन गरेको थियो । सरकारले छुट्याएको कूल बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च हुँदै आएको छ । सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको सङ्ख्या बढेसँगै सोको दायित्व बहनका लागि सरकारलाई पर्ने आर्थिक भार… पुरा पढौ

सुन तोलामा ३ सयले बढ्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, १४ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ।छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ २५ ले बृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रूपैयाँ ३ सयले बढेर तोलाको १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख… पुरा पढौ

आज बागमती सरकारको नीति तथा कार्यक्रम

काठमाडाैं, १४ जेठ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । यसअघि प्रदेशसभामा प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता माथि छलफल पश्चात् पारित भएको थियो। आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यकाे बढ्यो

काठमाडौं, १४ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोसहित अन्य केहिको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ६६ पैसा… पुरा पढौ

आइएमई लाइफको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडाैं, १४ जेठ । आइएमई लाइफ इन्स्योरेन्सकाे सेयरमूल्य नेप्सेमा समायाेजन भएकाे छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनकाे लागि बुकक्लोज गरेपछि नेप्सेमा सेयरमूल्य समायोजन गरेर सेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरिएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार इन्स्योरेन्सको २५ प्रतिशत बोनस सेयर समायोजन गरिएकाे छ । समायोजन गरिएपछि इन्स्योरेन्सको सेयरमूल्य रूपैयाँ ४ सय ४८ कायम गरिएकाे छ। नेप्सेले अघिल्लो कारोबारकाे दिन आइतबार काराेबार भएकाे अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार भएकाे दिन दोस्रो बजारमा… पुरा पढौ

‘स्वास्थ्य बीमितको दायरा विस्तार गर्न आवश्यक’

काठमाडौँ, १४ जेठ । महालेखापरीक्षकको कार्यालयले स्वास्थ्य बीमितको दायरा विस्तारसँगै बीमा शुल्कमा पुनरावलोकन र सह–भुक्तानीको माध्यमबाट स्रोतको विविधीकरणको आवश्यकता औँल्याएको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले सरकारी अनुदानबाट मात्रै यस्तो बृहत् आधार भएको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दा दिगोपना सम्बन्धमा प्रश्न उठ्ने गरेको उल्लेख गर्दै बीमितको दायरा विस्तारसँगै बीमा शुल्कमा पुनरावलोकन, सह–भुक्तानीको माध्यमबाट स्रोतको विविधीकरणका लागि सुझाव दिएको हो । प्रिमियम सङ्कलन र दाबी भुक्तानी, स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ७ मा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान… पुरा पढौ

प्रदूषण शुल्क बापत असुलिएको साढे १९ अर्ब खर्च भएन

काठमाडौं, १४ जेठ । नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क लगाई असुल गर्दै आएको छ । सो व्यवस्थाअनुसार सरकारले आर्थिक वर्ष २०६५÷६६ देखि २०७९÷८० सम्म रु १९ अर्ब ६० करोड २९ लाख राजस्व असुल गरी सञ्चित कोष दाखिला गरिसकेको छ । प्रदूषण शुल्कबापतको यति ठूलो रकम भने प्रयोजनहीन अवस्थामा छ । सो रकम प्रत्यक्ष रूपमा प्रदूषण नियन्त्रण एवं रोकथाम गर्न कार्यमा खर्च नगरेको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले औल्याएको छ… पुरा पढौ

सरकारी बेरुजु रू ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो रू २ खर्ब ३६ अर्ब

काठमाडौं, १३ जेठ । सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु ११ खर्ब ८३ अर्बभन्दा बढी पुगेको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै रु दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख बराबर बेरुजु थपिएको छ । प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु रु छ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ । त्यस्तै, अतिरिक्त… पुरा पढौ

सार्वजनिक संस्थान : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य

काठमाडौं, १३ जेठ । हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा, १५ घाटामा र तीनवटाको कारोबार शून्य देखिएको छ । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’ अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा अस्तित्वमा रहेकामध्ये त्यस्तो अवस्था देखिएको हो । प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक संस्थानको कूल सञ्चालन आय रु पाँच खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रहेकामा गत आर्थिक वर्ष २०७९/८० मा १४ दशमलव ८७ प्रतिशतले वृद्धि भई रु छ खर्ब… पुरा पढौ

चालु आवमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुन्छः अर्थमन्त्री पुन

काठमाडौं, १३ जेठ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेस गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच सभामुख देवराज घिमिरले अनुमति दिएपछि उनले सो सर्वेक्षण पेस गरे । अर्थमन्त्री पुनले भने, “गत आर्थिक वर्षको पूरा अवधि र चालुको आवको आठ महिनासम्मको सङ्घ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक, क्षेत्रगत विकास तथा सुशासनको चित्रण तथा विश्लेषण गरिएको छ ।” मुलुकको आर्थिक, सामाजिक परिसूचकमा सुधार हुँदै गएको उल्लेख गर्दै… पुरा पढौ