आर्थिक 📈

सहकारीमा देखिएको समस्या छिट्टै समाधान हुन्छ : सचिव रेग्मी

काठमाडौं, २४ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान भई सहकारी अभियानले पुनः जीवन पाउनेमा विश्वास व्यक्त गरेका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको ‘सहकारी समस्या र सामाधानका उपाय’ विषयक अन्तरक्रियामा सचिव रेग्मीले यसका लागि साझा प्रतिबद्धता आवश्यक रहेको बताए। “सहकारी सञ्चालकमा स्वनियमको अभाव देखिएको छ, बचतकर्ताको पैसा लिएर भाग्ने घटना आइरहेका छन्”, उनले भने। उनले समग्र सहकारीमा समस्या नभए पनि केही सहकारी… पुरा पढौ

बजेटको प्रभावकारी कार्यान्वयनमा शङ्का छ : सांसद

काठमाडौं, २४ जेठ । विगतका वर्ष जस्तै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा शङ्का रहेको धारणा सांसदहरुले राखेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान’माथिको छलफलमा भाग लिने सांसदहरुले बजेटमाथि मिश्रित प्रतिक्रिया दिँदै प्रभावकारी कार्यान्वयनमा ठूलो शङ्का रहेको धारणा राखे। सांसद उदय शमशेर जबराले बजेटका व्यवस्था कार्यान्वयनमा ल्याउन सकिन्छ कि सकिदैन भन्नेमा शङ्का रहेको बताए। “सबै बजेट राम्रा हुन्छन् । तर त्यसको कार्यान्वयन कति हुन्छ भन्ने प्रश्न हो । कार्यान्वयनका लागि अर्थ मन्त्रालय मात्र… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको बृद्धि, २ अर्ब ३६ करोडको कारोबार

काठमाडौं, २४ जेठ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.३८ अंकले बढेर ३६५.४७ विन्दुमा रहेको छ । १३ उप समूहहरुमध्ये ५ वटामा रातो लागेको छ भने बाँकि ८ वटामा हरियो लागेको छ । यसदिन कुल २६१ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ६५ लाख ४१ हजार ३८८… पुरा पढौ

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

काठमाडौं, २४ जेठ। साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनको भाउमा बृद्धि भएको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले बृद्धि भएको हो भने चाँदीको भाउ स्थिर रहि मंगलबारकै भाउमा कारोबार भईरहेको छ । छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ बुधबारको दरभाउ

काठमाडौं, २४ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर र यूरोको भाउ घटेको छ । अन्य देशको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८८ पैसा बिक्रिदर १३२… पुरा पढौ

सुनचाँदीमा २ प्रतिशत बिलासिता कर लगाउने घोषणाप्रति ब्यवसायीकाे बिरोध

काठमाडौं, २४ जेठ । सरकारले आगामी आर्थिक बर्षको बजेट बक्तब्य मार्फत सुनचाँदीका वस्तुमा २ प्रतिशत बिलासिता कर लगाउने बिषयमा गरेको घोषणाको सुनचाँदी ब्यवसायीहरुले बिरोध गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंको कार्यलयमा मंगलबार वसेको सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटै महासंघको संयुक्त बैठकले तत्काल उक्त कर लगाउने घोषणा फिर्ता गर्न सम्वद्ध निकायमा आग्रह गर्ने र सो को कार्यान्वयन नभए चरणवद्ध आन्दोलनमा जाने निश्कर्ष निकालेको हो ।  नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषणा महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त बैठकले… पुरा पढौ

तनहुँमा कृषकलाई १५३ मौरीसहितको घार वितरण

तनहुँ, २४ जेठ । कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई एक सय ५३ मौरीसहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरेको हो । आँबुखैरेनी–४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदानमा ४६ वटा मौरीसहितको घार प्रदान गरेको हो । कृषकलाई मौरीसहित घार, स्ट्याण्ड, पन्जा, धुवादानी, टोपी, महदानीलगायतका आवश्यक पर्ने सामग्री प्रदान गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारीले जानकारी… पुरा पढौ

सहकारी व्यवस्थापक पोखरेललाई ५९ लाख तिर्न आदेश

धादिङ, २४ जेठ । धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखतबमोजिमको रकम दिलाइ भराइ पाऊँ भनी जिल्ला अदालतमा दिएको मुद्दाको पक्षमा फैसला गरेको छ । विसं २०६९ देखि सहकारीको हिसाब मिलान नभएको र सहकारी घाटामा गएको देखाएर सहकारीका प्रबन्धक पोखरेलले शेयर सदस्यबाट लिएको रकम हिनामिना भएको भन्दै सहकारीका तर्फबाट २०७८ असार ३० गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले २१ पटकको… पुरा पढौ

बजेटले आर्थिक सङ्कट समाधान गर्न सक्दैन : अध्यक्ष ओली

काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले विद्यमान आर्थिक सङ्कटकाे समाधान गर्न नसक्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा भाग लिँदै अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्रलाई शीघ्र सुधारका लागि लिनुपर्ने नीति तथा कार्यक्रम बजेटमा नरहेको भन्दै सङ्कटापन्न नेपाली अर्थतन्त्रको पुनःस्थापनाका लागि योजना नरहेको टिप्पणी गरे। “आगामी आवको बजेट समस्याको पहिचान नगरी प्रस्तुत भएको छ… पुरा पढौ

नेप्सेमा २५.६६ अङ्ककाे बृद्धि, करिब दुई अर्बकाे काराेबार

काठमाडौं, २३ जेठ । साताकाे सेयर काराेबार हुने तेस्राे दिन मंगलबार आज सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्सेमा २५.६६ अङ्ककाे बृद्धि भएकाे छ । आजको कारोबारमा नेप्से परिसूचक एक दशमलव ३५ प्रतिशतले बढेर एक हजार नौ सय २७ दशमलव ६५ विन्दुमा उक्लिएकाे छ । आजको कारोबारमा दुई सय ६९ कम्पनीको ५५ लाख ४१ हजार आठ सय ७८ कित्ता शेयर ३६ हजार एक सय १८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ९८ करोड १० लाख १२ हजार सात सय… पुरा पढौ