कर्पोरेट

सर्वोत्तम सिमेन्टकाे आइपीओमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन

काठमाडाैं, १० मंसिर । सर्वोत्तम सिमेन्ट लिमिटेडले मंसिर ६ गतेदेखि बुक बिल्डिङ्ग प्रक्रियाबाट पहिलोपटक बिक्रीमा ल्याएकाे सेयर (आइपीओ) मा बोलकबोल पेश गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले संस्थागत लगानीकर्ताहरुका लागि सेयर खुलाएकाे हाे । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक बिल्डिङ्ग प्रक्रियाबाट जारि गर्ने अनुमति लिएकाे थियो। यसमा २४ लाख कित्ताकाे शुरु बिक्री मूल्य सीमा ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ कायम गरिएको छ। कम्पनीले परिमार्जित बिक्री मूल्यको सीमामा रहेर बोलकबोलबाट सेयर बिक्री गर्न… पुरा पढौ

४ महिनामा साढे ४ खर्बको व्यापार घाटा

काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल रु चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार बराबरको व्यापारघाटा व्यहोरेको हो । भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल रु पाँच खर्ब ६३ अर्ब छ करोड ८८ लाख ५४ हजार बराबरको वैदेशिक व्यापार गर्दा रु पाँच खर्ब १२ अर्ब ५० करोड ३४… पुरा पढौ

चालु आवको ४ महिनामा साढे १२ अर्बको विद्युत् निर्यात

काठमाडौं, ७ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी रु १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम आर्जन गरेको छ । विद्युत् निर्यात गत आव २०७९÷८० को सोही अवधिको तुलनामा रु चार अर्ब ८६ करोड ४४ लाखले बढी हो । गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत्… पुरा पढौ

ऊर्जा विकासका लागि सार्थक प्रयास हुँदैछ-उर्जामन्त्री बस्नेत

काठमाडौं, ७ मङ्सिर । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले योजनाबद्ध र सार्थक पहल गरिरहेको बताएका छन्। प्राकृतिक स्रोतको समुचित प्रयोग र दिगो विकासका लागि सरकारले गरिरहेको प्रयासमा निजी क्षेत्रको पनि उत्तिकै साथ र सहयोग रहेको उनको भनाइ थियो । दिगो विकासका लागि जलविद्युत् विषयक कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बस्नेतले दिगो विकासका लागि पनि ऊर्जा क्षेत्रको उत्तिकै महत्वपूर्ण योगदान रहने र नेपालले निर्धारण गरेको शून्य कार्बन उत्सर्जनको योजनालाई साकार बनाउन पनि यसैमा… पुरा पढौ

प्रधानमन्त्रीसँग इप्पानले भन्यो- ‘सबै आयोजनाको पीपीए खोलौं, नीजिक्षेत्र मैत्री विद्युत विधेयक जारी गरौं’

काठमाडौं, ६ मंसिर। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सबै जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता (पीपीए) गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलवार प्रधानमन्त्री तथा मन्त्री परिषद्‍को कार्यालयमा बोलाएको निजी क्षेत्रसँगको छलफलमा इप्पान अध्यक्ष कार्कीले १० वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य हाँसिल गर्न सम्भाव्य सबै विद्युत आयोजनाको पीपीए गरेर ऊर्जा दशक अवधिभर केही नीतिहरु निलम्बन गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री दाहालको गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा भारत सरकारले नेपालबाट १० वर्षमा… पुरा पढौ

अर्थतन्त्र सुधारका लागि सरकारका यस्ता छन् निर्णय

काठमाडौं, ६ मङ्सिर । सरकारले मुलुकको अर्थतन्त्रलाई समुन्नत तुल्याउने उद्देश्यले विभिन्न निर्णय गरेको छ । मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने कामबारे सरोकारवालासँग छलफल गरेपछि सरकारले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेका तर समयमै ऋणको साँवाब्याज चुक्ता गर्न नसकेका व्यवसायीलाई कर्जा भुक्तानीमा नेपाल राष्ट्र बैंकमार्फत सहजीकरण गर्ने निर्णय गरेको छ । बैठकले बैंकदरका सम्बन्धमा अध्ययन गरी पुनरावलोकन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियतामा भएको छलफलपछि निर्णयअनुसार सहकारीको नियमन गर्न छुट्टै विशिष्टीकृत… पुरा पढौ

मुक्तिनाथ कृषि कम्पनीले मंसिर ८ देखि सेयर जारी गर्ने

काठमाडौं, ५ मंसिर। मुक्तिनाथ विकास बैंकको मुख्य लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले यही मंसिर ८ गतेबाट सेयर जारी गर्ने भएको छ। कृषिमा लगानी र अनुसन्धान गर्ने उदेश्यले स्थापना भएकाे याे कम्पनीले सर्वसाधारणबाट शेयर जारीपश्चात १४ करोड रकम संकलन गर्नेछ। मुक्तिनाथ कृषि कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ रहेकाे छ। यसको २० प्रतिशतले हुन अाउने बराबरकाे सेयर जारी गर्न लागेको हो। सेयर खरिद गर्ने अवधि मंसिर १२ गतेसम्म राखिएकाे बताइएकाे छ । कम्पनीले रू १०० अंकित मूल्य मै सेयर  जारी गर्नेछ।… पुरा पढौ

भिजन लुम्बिनी उर्जाकाे आइपीओ बाँडफाँड, कतिले पाए सेयर ?

काठमाडौं, ५ मंसिर । भिजन लुम्बिनी उर्जा कम्पनीको सेयर आइपीओ आज बिहान बाँडफाँड गरिएकाे छ । यसमा कुल २ लाख ७ हजार ५२८ जना लगानीकर्ताले सेयर पाएका छन् । योग्य मानिएका ११ लाख ५६ हजार ९२७ आवेदकहरुबीच गाेला हालिएकाे हाे । उनीहरुले १० कित्ताकाे दरले सेयर हात पारेका छन् । जसमा ५ जना लगानीकर्ताले ११ कित्ताका दरले सेयर पाएका छन्। सेयरमा ११ लाख ६१ हजार ५२९ जनाले आवेदन दिएका थिए । उनीहरुमा ४ हजार ६०२ जनाको आवेदन रद्द गरिएकाे सेयर निष्काशन… पुरा पढौ

सडक पूर्वाधार निर्माण एवं लगानीबारे चेम्बर र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं, ४ मंसिर । नेपाल चेम्बर अफ कमर्सले सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर ब्यापार सहजीकरणका लागि चिनियाँ राजदूत समक्ष आग्रह गरेको छ । मुख्य व्यापारिक साझेदार चीनसंगको सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चेम्बरले आग्रह गरेको हो । काठमाडौंको जमलस्थित भवनमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहित पदाधिकारी र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्गबीच दुई मुलुकको व्यापार, लगानी, एवं पर्यटन क्षेत्रमा सहकार्य गर्ने सम्वन्धमा छलफल भएको हो । राजदूत सोङ्गसंगको भेटवार्तामा अध्यक्ष मल्लले भने, चीन… पुरा पढौ

धनगढी उपमहानगरपालिकाले थाल्याे फोहरबाट मल र ग्याँस उत्पादन

धनगढी, ४ मङ्सिर । सुदूरपश्चिमकाे धनगढी उपमहानगरपालिका क्षेत्रमा सङ्कलन हुने कुहिने फोहरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ । उपमहानगरपालिकाबाट फोहरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले वडा नं २ मा स्थापना गरिएको फोहरमैला प्रशोधन केन्द्रमा कुहिने फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरिएको हो । प्रशोधन केन्द्रलाई हाल ५० प्रतिशत क्षमतामा चलाएर जैविक मलका साथै बायो मिथेन ग्यास उत्पादन सुरु गरिएको तालिम केन्द्रका सञ्चालक रविनकान्त पन्तले बताए। उनले भने, “उत्पादित ग्यास र मल हाल मौज्दात राखिरहेका छौँ, व्यावसायिक उत्पादनपछि बजारमा… पुरा पढौ