कर्पोरेट

भुगर्भ सिमेन्टले आइपीओ निष्काशन गर्ने

काठमाडाैं, १४ असार। भुगर्भ सिमेन्ट लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएकाे छ। साे कार्य गर्न कंपनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाइ निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ। भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारण (उद्योग प्रभावित क्षेत्र, नेपाल सरकारको स्वीकृती लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) का लागि रु.१०० दरकाे जारी पूँजीको २० प्रतिशत शेयर जारी गर्न लागेकाे हाे । सो सम्बन्धमा कम्पनी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँग बिहिबार सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता… पुरा पढौ

करोडौं खर्चिएका गण्डकीका ४ विमानस्थल प्रयोगविहीन

गण्डकी, १४ असार । करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल अहिले सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माण गरिएका छन् । तर विमानस्थल चल्ने/नचल्ने कुनै टुङ्गो छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा रु दश करोड, पालुङटारमा रु सात करोड, बलेवामा रु १२ करोड र ढोरपाटन विमास्थलमा रु दुई करोड खर्च भएको छ । मनाङको मनाङ… पुरा पढौ

अब घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ, १३ असार । सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगाी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको भएपनि माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्य बमोजिम घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिएका छन । सरकारले राष्ट्रिय… पुरा पढौ

एलआइसी नेपालकाे साधारण सभा आज बस्दै

काठमाडौं, १३ असार । लाइफ इन्स्याेरेन्स कर्पोरेसन (एलआइसी) नेपालकाे साधारण सभा आज डाकिएकाे छ । साे सभा, नेपाल प्रशाासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ः४५ बजे शुरु हुनेछ ।  सभामा यस पटक लभांश वितरणकाे प्रस्ताव नगरिने भएकाे छ । आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान र नगद प्रवाह लगायतका एजेण्डामाथि छलफल गरिने भएकाे छ । यस्तै, लेखापरीक्षककाे नियुक्ति गर्ने र पारिश्रमिक ताेकिने भएकाे छ ।  कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ ३२ गते बुक क्लोज गरेको थियाे। सेयरधनीहरूले सभामा… पुरा पढौ

नेपालमा लगानी बिस्तार गर्न महासङ्घ अध्यक्ष ढकालले ओपेक फन्डसँग गरे आग्रह

काठमाडौं, १२ असार । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फन्डलाई आग्रह गरेका छन् । अष्ट्रियाको भिएनामा मङ्गलबार ओपेक फन्डका अध्यक्ष अब्दुलहमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटमा अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै ओपेक फन्डका लागि नेपाल नयाँ र ठूलो लगानीको गन्तव्य बन्न सक्ने बताए । अध्यक्ष ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतका बीचमा रहेको नेपालको रणनीतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन… पुरा पढौ

यूनाइटेड अजोड इन्स्योरेन्सकाे हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडाैं, १२ जेठ । यूनाइटेड अजोड इन्स्योरेन्सकाे हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त भएकाे छ । यहि जेठ ३१ गते सम्पन्न यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभाबाट पारित निर्णय बमोजिम इन्स्योरेन्सले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सन्राइज क्यापिटलसँग सम्झौता गरेकाे हाे । उक्त सम्झौतापत्रमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत… पुरा पढौ

अब तीन महिनामै पाइपलाइबाट पेट्रोल आउछ-आयल निगम

वीरगञ्ज (पर्सा), ११ असार । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइप लाइनबाटै ल्याउने तयारीमा जुटेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख बिनितमणि उपाध्यायले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणअन्तर्गतका मुख्य ट्याङ्क निर्माण सकिएकाले अन्य प्राविधिक कामलाई… पुरा पढौ

माथिल्लो त्रिशूली-१ हाइड्राेकाे निर्माणले पायाे तिव्रता

रसुवा, १० असार । निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण तीव्र रूपमा अगाडि बढेको छ । आमा छोदिङ्मो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना जिल्लाकै सबैभन्दा ठूलो आयोजना हो । यो दुई सय १६ मेगावाट क्षमताको छ । सो जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । सन् २०१९ देखि निर्माण सुरु भएको सो जल विद्युत् आयोजनाको सुरूङ खन्ने काम ६५ प्रतिशत सकिएको छ । आयोजनाको पावर हावस तथा ट्रान्सफर्मर राख्ने स्थलको… पुरा पढौ

मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि ९ अर्ब जुट्यो

म्याग्दी, १० असार । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । आइएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६ दशमलव ३ मेगावाट क्षमताको आयोजनामा नबिल बैंक लिकाे अगुवाइमा छ । वाणिज्य बैंकले रु नौ अर्ब १२ करोड लगानी गर्ने भएका हुन् । हाइड्रो सपोर्ट प्रालि प्रवद्र्धक रहेको यस आयोजनाको बाँध अन्नपूर्ण–३ सुकेबगरमा र विद्युत् गृह अन्नपूर्ण–२ ठूलोबगर क्षेत्रमा प्रस्ताव गरिएको छ ।… पुरा पढौ

आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ: अर्थसचिव मरासिनी

काठमाडौं, ९ असार । अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृृद्धिदर ७ प्रतिशतसम्म पु¥याउन सकिने बताएका छन् । पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ, हामीले ६ प्रतिशतको मात्रै लक्ष्य राखेका छौं, त्योभन्दा पनि बढी हाँसिल गर्ने गरि काम गर्न सकिने स्थिति बनिरहेको छ, मरासिनीले भने, । उनले अहिले अर्थतन्त्र सही मार्गमा अघि बढेको र आर्थिक गतिविधि बढ्ने स्थिति बनिसकेको बताए । तर, त्यसलाई तीव्रता दिन र अर्थतन्त्रमा चाँडो सुधार ल्याउन हाल चलिरहेको भाष्यमा सुधार ल्याउन आवश्यक… पुरा पढौ