कर्पोरेट

धनगढी उपमहानगरपालिकाले थाल्याे फोहरबाट मल र ग्याँस उत्पादन

धनगढी, ४ मङ्सिर । सुदूरपश्चिमकाे धनगढी उपमहानगरपालिका क्षेत्रमा सङ्कलन हुने कुहिने फोहरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ । उपमहानगरपालिकाबाट फोहरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले वडा नं २ मा स्थापना गरिएको फोहरमैला प्रशोधन केन्द्रमा कुहिने फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरिएको हो । प्रशोधन केन्द्रलाई हाल ५० प्रतिशत क्षमतामा चलाएर जैविक मलका साथै बायो मिथेन ग्यास उत्पादन सुरु गरिएको तालिम केन्द्रका सञ्चालक रविनकान्त पन्तले बताए। उनले भने, “उत्पादित ग्यास र मल हाल मौज्दात राखिरहेका छौँ, व्यावसायिक उत्पादनपछि बजारमा… पुरा पढौ

राष्ट्रिय आर्थिक बहसका लागि महासङ्घद्वारा सुझाव माग

काठमाडौं, ४ मङ्सिर । नेपाल उद्योग वाणिज्य महासङ्घले सदस्यहरूसमक्ष विद्यमान आर्थिक सङ्कटका समाधानका लागि सुझाव माग गरेको छ । विद्यमान सङ्कट समाधानका उपायहरू खोज्ने क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घले अघि सारेको राष्ट्रिय आर्थिक बहसको शृङ्खलाअन्तर्गत महासङ्घले सुझाव मागेको हो । महासङ्घको तेस्रो कार्यकारिणी बैठकले प्रस्ताव गरेअनुसार विद्यमान आर्थिक सङ्घटको समाधानका उपाय खोज्ने क्रममा गत असोज २५ गते सरोकारवाला सबै सम्मिलित राष्ट्रिय आर्थिक बहस सम्पन्न गरेको थियो । काठमाडौँमा सम्पन्न सो बैठकमा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीले अध्यक्षता गर्ने गरी उच्चस्तरीय… पुरा पढौ

कर सप्ताहमा आन्तरिक राजस्व कार्यालय भरतपुरकाे सचेतनामूलक कार्यक्रम

चितवन, ३ मङ्सिर । आन्तरिक राजस्व कार्यालय चितवनले १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको कर सप्ताहको पहिलो दिन करदातालाई सम्मान तथा सुझाव सङ्कलन गरिएको हो । कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराईका अनुसार सम्मानित करदातासँग कार्यालयको सेवा, सुविधा र करदातालाई परेको समस्याको बारेमा छलफल गरिएको हो । मङ्सिर ४, ५ र ६ गते उद्योगी व्यवसायीसँग करदाता शिक्षा, कर परिचालन, सरोकारवाला निकायसँग समन्वय र सहकार्यका विषयमा अन्तक्र्रिया गरिने… पुरा पढौ

हेटौडा-ढल्केबर-इनरुवा प्रसारण लाइन शीघ्र निर्माण सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं, २ मङ्सिर । मुलुकभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध कायम रहेको छ । झन्डै नौ वर्षअघि देखि निर्माण सुरु भएको सो आयोजनामा भइरहेको अवरोधका कारण अझैसम्म सम्पन्न हुन सकिरहेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्रसारण लाइनको तारमुनिको जग्गाको मुआब्जा वितरणका लागि मात्रै रु पाँच अर्ब बराबरको बजेट आवश्यक रहेको छ । यस्तै, निर्माण व्यवसायीलाई थप रु पाँच अर्ब बराबरको… पुरा पढौ

नेपाल वेयरहाउजिङ्गले मंसिर १० देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं १ मंसिर । नेपाल वेयरहाउजिङ्ग कम्पनीले मंसिर १० गतेदेखि सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर जवारि गरि बाँडफाँड गरिसकेपछि अब सर्वसाधारणका लागि ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर खुलाउने स्वीकृति लिएकाे थियाे । पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरुकाे लागि १ करोड ३७… पुरा पढौ

टिकटकलाई करको दायरामा ल्याउनुपर्थ्यो : क्यान

काठमाडौं, २९ कात्तिक । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भनेको छ । क्यानले आज एक विज्ञप्ति निकालेर साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने विकल्प बनेकामा त्यसलाई नियमन गर्दा उपयुक्त हुन्थ्यो भन्दै सूचना र सञ्चार प्रविधिको विकासले अवसर र चुनौती दुवै ल्याउने वास्तविकतालाई दृष्टिगत गरी निर्णयमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ । “नेपालमा उपलव्ध सबैखाले सामाजिक सञ्जालको सुव्यवस्थित प्रयोगका लागि सरकारले… पुरा पढौ

आगामी मङ्सिर १ गतेदेखि जयनगर जनकपुरधाम रेल सेवा सञ्चालन हुने

काठमाडाैं, २९ कात्तिक । नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ । भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो । मङ्सिरदेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने हुँदा यात्रुको सुविधालाई ध्यानमा राखी हालको समयतालिकामा परिवर्तन गरिएको उहाँको भनाइ छ । दैनिक आउजाउ गरी छपटक सञ्चालन भइरहेको रेल भङ्गाहा (बिजलपुरा)–जयनगर खण्डमा… पुरा पढौ

पाल्पाका व्यवसायीलाई फूलमाला बिक्री गर्न भ्याइनभ्याइ

पाल्पा, २८ कात्तिक । तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार सुरु भएदेखि नै फूलबारीमा ग्राहक आफैं पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन् । यतिबेला हाम्रो आधुनिक कृषि फार्म रामपुर पाल्पामा सयपत्री फूल खरिद गर्न विभिन्न ठाउँबाट ग्राहक पुग्ने गरेका छन् । तिहारको चहलपहलले फूल टिप्ने र बिक्री गर्दैमा समय बितेको पत्तो नभएको व्यवसायी दिलबहादुर थापा बताउनुहुन्छ । “तिहार सुरु भएदेखि नै फूलमाला खरिद गर्न ग्राहक आउन थाल्नुभएको हो, बिहानदेखि साँझसम्म फूलवारीमा… पुरा पढौ

लक्ष्मी पूजाको दिन विद्युतकाे माग १ हजार ४३८ मेगावाट रेकर्ड, पिक आवरमै ५१७ मेगावाट भारत निर्यात

काठमाडाैं, २७ कात्तिक । यस वर्ष तिहारको लक्ष्मी पूजाको दिन देशभर विद्युत्काे माग उच्च भएकाे छ । प्राधिकरणले १४ सय ३८ मेगावाट रेकर्ड गरिएको जनाएकाे छ । नेपाल विद्युत प्राधिकरणले लक्ष्मी पूजाको दिन साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४ सय ३८ मेगावाट रेकर्ड गरेको जनाएकाे छ । गत वर्ष लक्ष्मी पूजाको दिन १३ सय ५ मेगावाट रेकर्ड गरिएको थियो। यस पटक प्राधिकरणले उच्च माग १३ सय ५७ मेगावाट पुग्ने प्रक्षेपण गरेर आपूर्ति व्यवस्थापन मिलाएकाे जनाएकाे… पुरा पढौ

गोल्डस्टार कम्पनीद्वारा जाजरकोटका भूकम्प पीडितलाई ३५ लाख बराबरकाे १० हजार थान जुत्ताचप्पल सहयोग

काठमाडाैं, २६ कात्तिक । गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको  छ । किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पलहरु सहयोग प्रदान गरेको हो । गत कार्तिक १७ गते शुक्रबार जाजरकोटमा केन्द्रविन्दु बनाई गएका भुकम्पमा भएको मानविय क्षतिप्रति गोल्डस्टारले हार्दिक श्रद्धान्जली अर्पण गरेको छ । यसका साथै कम्पनीले  भूकम्पपीडित समुदायलाई महत्वपूर्ण सहयोग प्रदान गर्ने अग्रसरता लिएको… पुरा पढौ