विकास

बन्दीपुर केबलकार वैशाख १ गतेदेखि सञ्चालनमा आउने

दमौली, ७ असोज । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ । विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए। “दुई वर्ष त कोभिड–१९ र बन्दाबन्दीका कारण परियोजनाको काम नराम्ररी प्रभावित भयो”, उनले भने, “त्यसयता पनि निर्माण सामग्री समयमै आउन नसक्दा काम ढिलाइ हुँदै आयो । तर… पुरा पढौ

डोल्पामा बन्दैछन दुई जलविद्युत् आयोजना

जाजरकोट, ७ असोज । डोल्पाको जगदुल्ला नदीमा १ सय ६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् र ८२ दशमलव ३ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना निर्माण हुने भएकाे छ । एउटै नदीबाट २ आयोजना निर्माणका लागि प्रक्रिया अघि बढाइएको बताइएकाे छ । जगदुल्ला निर्माण गर्न ठेक्का प्रक्रिया थाल्ने तयारी भइसकेकाे छ । ‘जगदुल्ला ए’ का लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ । जगदुल्ला जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक प्रकाश अधिकारीका अनुसार निर्माण सम्पन्न भएपछि १ सय २२ मेगावाट विद्युत् उत्पादन हुनेछ… पुरा पढौ

बेगनास-रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सम्पन्न गर्न २० अर्ब लाग्ने

पाेखरा, ६ असोज । नेपाल विद्युत् प्रधिकरण, इञ्जीनियरिङ सेवा निर्देशनालय आयोजना विकास विभागले पोखराको लेखनाथस्थित बेगनास–रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि हालसम्म गरिएको वातावरण तथा सामाजिक अध्ययन प्रगति विवरण सार्वजनिक गरेको छ । विभागले वातावरण तथा सामाजिक क्षेत्रमा हालसम्म भएका अध्ययन प्रगतिका बारेमा पोखरामा सरोकारवालासँग अन्तक्र्रियात्मक कार्यक्रम गरी सार्वजनिक गरेको हो । नेपालमै पहिलो प्रयोगमा बेगनास–रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि प्राधिकरणको रु २० अर्ब खर्च लाग्ने प्राधिकरणका उपनिर्देशक रामजी भण्डारीले जानकारी दिए। उक्त जलासययुक्त आयोजनाबाट… पुरा पढौ

पाँचखालमा सघन सहरी विकास कार्यक्रम लागू

काभ्रेपलाञ्चोक, ६ असोज । पाँचखाल नगरपालिकामा सघन सहरी विकास कार्यक्रम लागू गरिएको छ । यसका लागि सहरी विकास मन्त्रालयद्वारा प्रशासनिक प्रक्रिया अघि बढाइएको हो । सरकारले ग्रीन स्मार्ट–सिटी निर्माणार्थ गत वर्ष फागुनमा मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गतको उक्त कार्यक्रम लागू गर्न रु ५० करोड बजेट विनियोजन गरेको थियो । सोही कार्यक्रमअन्तर्गत मन्त्रालयले देशका ४४ नगरलाई छनोट गरेकामध्ये पाँचखाल नगर पनि परेको हो । कार्यक्रम लागू गर्न सहरी विकास तथा पूर्वाधार निर्माण कार्यालयले टेण्डर आह्वान गरिसकेको छ । पाँचखाललाई प्राप्त बजेटमध्ये ५०… पुरा पढौ

मध्यपहाडी राजमार्गले फेरियो दैलेखको भविष्य

दैलेख, ६ असोज । जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन दश वर्ष अघि दैलेखका बासिन्दाको लागि कल्पनाको विषय थियो । अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमुकामका बासिन्दाले कल्पनानै गर्ने कुरा भएन । पूर्वी क्षेत्र भगवतीमाई गाउँपालिकाबाट सुरु भएको मध्यपहाडी राजमार्गले सदरमुकामको मुटु नारायण नगरपालिका, भैरवी गाउँपालिका, दुल्लू नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका हुँदै आठवीस नगरपालिकाका धेरै भूभाग छोएर अछाम जोडिएको छ । जिल्लाभर एक सय २५ किलोमिटर सडक पहाडी राजमार्गले ओगटेको छ… पुरा पढौ

सात वर्षमा पनि कालोपत्र सकिएन चाबहिल–जोरपाटी–थली–साँखु सडक

काठमाडौं, ३ असोज । तलमाथि यात्रा गर्दा कालोपत्र भइसकेको सडक, बीचमा केही भागमा अझै चार पाँच वटा साना ठूला पानी जमेको ताल भेटिँदा लाग्छ यो किन बनेन ? कागेश्वरी मनोहरा नगरपालिका–६ तिवारीटोलको यो अवस्था एक दशकअघिदेखि यस्तै छ । जहिले पानी जम्ने यो सडकको समस्या कसैले समाधान गर्न सकेका छैनन् । यही मार्गका धेरै काम भइसक्दा पनि यहाँको अवस्था भने सुध्रिएको छैन । सडकको उपलब्ध चौडाइमा कालोपत्र गर्नु भनी सरकारले निर्णय गरेको लामो समयसम्म पनि चावहिल–जोरपाटी–वाग्मती–साँखु सडकका विभिन्न खण्डका काम… पुरा पढौ

विमानस्थल निजगढमै उपयुक्त : विज्ञ समूह

काठमाडौं, २ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवालाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई प्रतिवेदन हस्तान्तरण गरे। सर्वोच्च अदालतको परमादेशअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयानुसार गठित विज्ञ समूहले अध्ययन प्रतिवेदन तयार गरेको हो । नेपालको दूरगामी विकास तथा… पुरा पढौ

जनकपुरधामका अधिकांश सडक कालोपत्रे

जनकपुरधाम, ३१ भदौ । जनकपुरधाम उपमहानगरपालिकाले आफ्ना अधिकांश सडक फराकिलो र कालोपत्र बनाएको छ । यसका कारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुप नै परिवर्तन भएको छ । मधेस प्रदेशको राजधानी घोषणा हुनुअघिसम्म अतिक्रमण र जीर्ण रहेका नगर क्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्र भएपछि नगर क्षेत्रको स्वरुप फेरिएको हो । 'केही वर्षअघिसम्म एकातिर नगर क्षेत्रका अधिकांश सडक अतिक्रमणमा परेका थिए भने अर्कातिर सडकमा ग्राभेल र खाल्डाखुल्डी भएर जीर्ण बनेको थियो', जनकपुरधाम उपमहानगरपालिका–४ का स्थानीय किशोर झाले… पुरा पढौ

डोल्पा जोड्ने सडकमा मोटर गुड्ने पुल निर्माण

म्याग्दी, ३० भदौ । गण्डकीको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला जोड्ने सडकमा मोटर गुड्ने पुल निर्माण गरिएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा १ सय २० मिटर लामो मोटर गुड्ने पुल निर्माण गरिएको हो । तत्कालीन जिल्ला विकास समिति मुस्ताङले ठेक्का लगाएको पुल निर्माणकार्य सुरु भएको ७ वर्षमा सम्पन्न भएको बताइएको छ । एक्लेभट्टी–पाक्लिङ सडक पुल निर्माणका लागि विसं २०७२ असार ३१ गते एलाइट शङ्करमाली जेभीसँग १२ करोड १३ लाख ८५ हजारमा ठेक्का सम्झौता… पुरा पढौ

चौताराको मिनी रङ्गशाला निर्माणमा ढिलाई, ३ वर्षमा ३३ प्रतिशत मात्रै प्रगति

सिन्धुपाल्चोक, २७ भदौ । सिन्धुपाल्चोकको सदरमुकाम चौताराको टुँडिखेलमा अत्याधुनिक ‘मिनी’ रङ्गशाला निर्माण थालिएको ३ वर्षमा ३३ प्रतिशत मात्रै काम भएको छ। बागमती प्रदेश सरकारको गौरवको आयोजनाअन्तर्गत सार्वजनिक निर्माण कार्यान्वयन एकाइ, काभ्रे मार्फत ४१ करोड ६२ लाख लागतमा रङ्गशाला निर्माण सुरु गरिएको हो । निर्माण थालिएको तीन वर्षमा अपेक्षाअनुसार काम अघि बढ्न सकेको छैन। जिल्लामा खेलकुद गतिविधिलाई लक्षित गरेर निर्माण सुरु गरिएको रङ्गशालाको काम साढे २ वर्षमा सकिनेगरी सम्झौता गरिएको थियो । ठेकेदार कम्पनीको लापर्वाहीले सम्झौता सकिएको पाँच महिनासम्ममा पनि जम्मा… पुरा पढौ