विकास

राम्दीमा पक्की पुल बनाउन प्रक्रिया थालियो

वालिङ, २४ भदौ । गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बनाउने प्रक्रिया थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बनाइने भएको हो । विसं २०२८ मा भारतले निर्माण गरिदिएको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाई नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो । हाल सञ्चालनमा रहेको ९३ मिटर लामो पुलभन्दा पाँच–सात मिटर तल अर्को पुल बनाउने गरी सडक… पुरा पढौ

सिरहाको कमला नदीमा झोलुङ्गे पुल निर्माण सुरु

सिरहा, २३ भदौ । सिरहा नगरपालिका–१३ मल्हनियाँदेखि धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठाल गाउँ जोड्नेगरी कमला नदीमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । १ हजार ५ सय मिटर लम्बाइको उक्त झोलुङ्गे पुल नेपालकै लामो हुने दावी गरिएको छ । यसअघि सबैभन्दा लामो झोलुङ्गे पुल १ हजार ४ सय ५६ मिटरको कञ्चनपुरको दोधारा चाँदनीस्थित महाकाली नदीमा निर्माण गरिएको छ । तराई–मधेसको लाइफलाइन मानिएको हुलाकी सडकअन्तर्गत रहेको कमला पुल २०६८ सालमा निर्माण गर्न पप्पु कन्स्ट्रक्सन र लुम्बिनी बिल्डर्सले ठेक्का पाएको थियो । काम… पुरा पढौ

फेरियो भैरहवा, पहिले नाक खुम्च्याउनेहरु अहिले घुम्न लालायित

भैरहवा, २२ भदौ । जिल्ला सदरमुकाम भएको कारण केही सरकारी कार्यालय बाहेक अन्य कुनै चहलपहल नभएको भैरहवा लामखुट्टे, डुबान, फोहरलगायतको कारण यहाँ आउन मानिस नाक खुम्च्याउथे । सरकारी कार्यालयका कर्मचारी सकेसम्म भैरहवा आउन चाहन्नथे । बसाइँसराइको प्रभाव पनि भैरहवामा न्यून थियो । तर अहिले भैरहवाको रुप फेरिएको छ । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), बेलहिया–बुटवल व्यापारिक मार्ग, भैरहवा–तौलिहवा फराकिलो सडक, नगरको भित्री क्षेत्रमासमेत फराकिलो तथा हरियाली बाटो, आकर्षक प्रवेशद्वार, तारे होटल, ‘सपिङ मल’, क्रिकेट रङ्गशालाले भैरहवाको आकर्षण… पुरा पढौ

कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्र गरिँदै

गलकोट, १७ भदौ । चालु आर्थिक वर्ष २०७९÷८० मा कालोपत्र सुरु गर्ने गरी कालीगण्डकी करिडोरको बागलुङ खण्ड ठेक्का प्रक्रियामा गएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गुल्मीको हर्मिचौरबाट बागलुङको मालढुङ्गासम्मको ५५ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का आह्वान गरिएको हो । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय, पाल्पाका अनुसार चालु आवमै कालोपत्र गर्ने गरी हर्मीचौरबाट बलेवा विमानस्थल र वलेवा विमानस्थलबाट मालढुङ्गाको दुई खण्डमा विभाजन गरेर ठेक्का आह्वान गरिएको छ । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय पाल्पाका कार्यालय प्रमुख कल्पना अधिकारीका अनुसार… पुरा पढौ

प्रदेश १ मा चार वर्षमा २ सय १८ किमी सडक कालोपत्र

मोरङ, १५ भदौ । प्रदेश सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमार्फत् चार वर्षमा २ सय १७.७२ किलोमिटर कालोपत्र सडकको निर्माण भएको छ । उक्त मन्त्रालयका सूचना अधिकारी इञ्जिनीयर ललित चौधरीका अनुसार प्रदेश नं १ का १४ जिल्लामा विगत चार वर्षमा उक्त सडक निर्माण भएको हो । प्रदेश सरकार स्थापनाको चार वर्षमा आर्थिक वर्ष २०७५-७६ मा २६.१८ किमी, २०७६-७७ मा ५२.२१ किमी, २०७७-७८ मा ४०.६१ किलोमिटर र आव २०७८-७९ मा ९८.७२ किलोमिटर कालोपत्र निर्माण सम्पन्न भएको उनले जानकारी दिए । सडक… पुरा पढौ

साढे १३ अर्ब लागतमा सेती र मादी खोलामा आकर्षक पुल निर्माण गरिने

काठमाडौं, १५ भदाै । सरकारले पृथ्वी राजमार्ग विस्तारका क्रममा सेती खोला र मादी खोलामा आकर्षक पुल निर्माण गर्न प्रक्रिया अघि बढाएको छ । चार लेनमा सडक विस्तार भइरहेकामा पुल पनि सोही चौडाइमा निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । मादी खोलामा चार लेनको नयाँ पुल बनाउन प्रक्रिया अघि बढिसकेको विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए। उनका अनुसार हाल रहेको पुल पुरानो भइसकेको र आयु कम भएको छ । नयाँ निर्माण गर्दा आधुनिक प्रविधिसँगै हेर्दा आकर्षक पुल निर्माण गर्न लागिएको हो… पुरा पढौ

महाकाली करिडोर सडक १२ वर्षमा ३० किमी मात्रै कालोपत्र

महेन्द्रनगर, १३ भदौ । कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति कछुवा गतिमा छ । विसं २०६६ देखि थालनी भएको निर्माण १२ वर्ष बितिसदा ३० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । उक्त योजनाको सुरुआत बिन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा कामका लागि ठेक्का भए पनि रुख कटानको प्रक्रियाले काम नै सुरु हुन… पुरा पढौ

महेन्द्रपुल क्षेत्रका व्यवसायीसँग भाेट माग्दै पवन प्रजापती समुह

पोखरा १२ भदाै। पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी अध्यक्ष तथा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापति सहितको समुहले आज महेन्द्रपुल क्षेत्रका व्यवसायीहरुकाे घर पसलमा पुगेर भाेट मागेका छन । बजारको पार्किङ्ग व्यवस्थापनकाे बिषयमा पटक पटक पोखरा महानगर पालिका र ट्राफिक व्यवस्थापनसँग छलफल गर्दा पनि समस्या समाधान नभएको भन्दै आफ्नो कार्यकालमा जसरी पनि पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई थियो । उनले आवश्यकता हेरेर सडक पार्किङ्लाई पालाे सिस्टम गर्ने विषयमा पनि पहल गर्ने उनको भनाई… पुरा पढौ

कालीगण्डकी नदीमा बागलुङ-पर्वत जोड्ने अर्को झोलुङ्गे पुल थपिँदै

बागलुङ, ७ भदौ । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि फेरि अर्को झोलुङ्गे पुल निर्माण गरिने भएको छ । लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ-पर्वत जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौर गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो । उक्त पुल ७ करोड लागतमा निर्माण हुन जनाइएको छ । दुई वर्षमा निर्माण सक्नेगरी सस्पेन्सन ब्रिज… पुरा पढौ

बागमती प्रदेशले कृषिका लागि छुट्यायो ७० करोड

काठमाडौं, ५ भदौ । बागमती प्रदेशमा कृषि उत्पादन, प्रशोधन र बजारीकरणका लागि ७० करोडको बीउ पुँजी विनियोजन गरिएको छ । प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले १० लाखदेखि १ करोडसम्मको बीउ पुँजी उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको हो ।    मन्त्रालयले उक्त योजना अन्तर्गत परियोजनाको लागतका आधारमा लागतको बढीमा २० प्रतिशतसम्म बीउ पुँजी दिने प्रावधान राखेको छ । यसका लागि यसै महिनादेखि काम अघि बढाइने र किस्ताबन्दीमा रकम फिर्ता गर्नेगरी बीउ पुँजी दिइने मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिए… पुरा पढौ